logo

सरकारी लगानीको हेटौँडा सिमेन्ट तीन वर्षदेखि नाफामा

दिपक पराजुली
हेटैंडा, असार २५
नेपालमा अहिले निजी क्षेत्रबाट सिमेन्ट कारखानाहरु खोल्ने क्रम तीव्र भई प्रतिस्पर्धा गर्नुपरेको अवस्थामा पनि सरकारी लगानीको हेटौंडा सिमेन्ट पनि लगातार तीन वर्षदेखि नाफामा रहेको छ । सरकारी लगानीका उद्योगहरु घाटा जाने वा बन्द नै भएको सुन्नमा आइरहँदा यो उद्योग भने सिंगो नयाँ कुशल व्यवस्थापन र कर्मचारीहरुको मिहिनेतको कारण आव २०७०/०७१ देखि लगातार फाइदामा गएको हो । २०३२ साल असोज १३ गते स्थापना भएको यो उद्योगले व्यावसायिक उत्पादन भने २०४२ सालदेखि मात्र गरेको हो । प्रतिदिन उत्पादन क्षमता सात सय ५० टन रहेको यस उद्योगमा स्थायी कर्मचारी तीन सय ४६ जना रहेका छन् भने करिब ७० को हाराहारीमा ज्यालादारी मजदुरहरु रहेका छन् । सुरुमा यो उद्योग घाटामा सञ्चालन भए पनि नयाँ व्यवस्थापन आएपछि भने फाइदामा गएको कम्पनीको विवरणमा देखिएको छ । कम्पनीको सेयर पुँजी एक सय ५० करोड रहेको छ भने चुक्ता पुँजी ९० करोड ६८ हजार रहेको छ । कम्पनीले अहिले नागरिक लागानी कोषमा ६३ करोड १६ लाख ४२ हजार जम्मा गर्नुको अतिरिक्त विभिन्न बैंकहरुमा समेत मुद्दती खातामा ४५ करोड रहेको र यो अहिलेसम्मकै ऐतिहासिक सफलता भएको महाप्रबन्धक प्रेम शंकर सिंहले बताए । कम्पनी आव २०६९/०७० मा ९५ लाख ४६ हजार र २०७०/०७१ मा तीन करोड ४२ लाख २८ हजार घाटामा रहेकोमा आव २०७१/०७२ मा पाँच करोड ३२ लाख ४७ हजार, २०७२/०७३ मा चार करोड ६५ लाख ५१ हजार र २०७३/०७४ मा १५ करोड ४९ लाख पाँच हजार नाफामा रहेको छ । यो समयमा चरम नाकाबन्दीको कारण इन्धन र कोइलाको अभावमा पाँच महिना उद्योग बन्दको बाबजुद पनि उद्योगलाई नाफामा लान सकिएकोमा महाप्रबन्धक सिंह यसलाई सफलता मान्छन् ।
घाटा उद्योग नाफामा लानु ठूलो चुनौती रहेको, कच्चा पदार्थ, इन्धनमा बचत गर्नुका साथै उत्पादन वृद्धि गरी उत्पादन लागत घटाउनु नै मुख्य कारण देखिन्छ । पहिला २७ प्रतिशत कोइला खपत भएकोमा अहिले २१ प्रतिशत मात्र खपत भइरहेको उनको भनाइ छ । पहिला सिमेन्ट प्रतिटन उत्पादन गर्दा २४० देखि २५० किलो कोइला खपत हुने गरेकोमा अहिले उत्पादनमा भएको वृद्धिको कारण प्रतिटन २०० देखि २१० किलोसम्म कोइला खपत भई प्रतिटन ४० किलो कोइला बचत छ । अब आगामी दिनहरुमा विदेशी सिमेन्ट कारखानाहरुसँग प्रतिस्पर्धा गर्नको लागि पुराना मेसिन र प्रविधिहरुको विस्थापित गरी गरेर त्यसको ठाउँमा अत्याधुनिक मेसिनहरु र नयाँ प्रविधि ल्याई ७५० मेट्रिक टन क्षमतालाई वृद्धि गरी दुई हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य रहेको महाप्रबन्धक सिंहले बताए । कम्पनीलाई अझ प्रतिस्पर्धी बनाउन आगामी पाँच वर्षसम्मकै सम्पूर्ण कार्ययोजना बनाई विश्लेषण गर्ने काम भइरहेको उनले बताए । आव २०७४/०७५ मा फाइदा १२ करोड ७५ लाख ४९ हजार रहेकोमा उत्पादन क्षमता वृद्धि भई प्रतिदिन दुई हजार मेट्रिक टन उत्पादन गर्दा २०७८/०७९ मा दुई अर्ब ८८ करोड ४४ लाख ५३ हजार फाइदा हुने देखिएको छ । पहिला जहिले पनि ग्राहकको रोजाइमा हेटौँडा सिमेन्ट परे पनि मागअनुसार उत्पादन गरी पूर्ति गर्न नसक्दा जहिले पनि अभाव हुने गरेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपाल र चीनको पर्यटन प्रवर्द्धन गर्ने सम्झौता

नेपाल र चीनको द्विपक्षीय आर्थिक, व्यापारिक तथा पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन...

नेपाल मुद्रण उद्योग महासंघको नयाँ कार्यसमिति चयन

नेपाल मुद्रण उद्योेग महासंघको तेस्रो महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनले आगामी दुई वर्षका लागि...

रोटरी नेपाल साक्षरता अभियान !

रोटरी नेपाल साक्षरता अभियान, रिजन ७ ले इ–लर्निङ प्रोजेक्ट (जि.जि. १७५७२१२) अन्तर्गत पूर्वाञ्चल क्षेत्रमा रहेको एक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै