logo

भूमि खण्डीकरणले कृषि उत्पादनमा चुनौती

काठमाण्डौं, असार २५
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले एकीकृत कृषि खेती प्रणालीमार्फत उत्पादन, सामाजिक परिचालन र बजारीकरणमा समेत सहकारीले योगदान दिनुपर्ने बताएका छन् । उनले नेपालका अधिकांश भूमि खण्डीकरण र टुक्राटुक्रा अवस्थामा रहेका कारण कृषि उत्पादनमा चुनौती रहेको बताए । उनले ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय सहकारी दिवस र २५ औं राष्ट्रिय सहकारी सहकारी महासंघ दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै जमिन खण्डीकरणको समस्याका कारण कृषि क्षेत्रमा आमुल परिवर्तन गर्न समस्या आइरहेको बताए । प्रत्येक वर्ष जुलाईको पहिलो शनिबार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यसै अवसरमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त आयोजनामा सहकार्यमार्फत दिगो समाज भन्ने मूल नाराका लागि नेपालमा पनि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो । मन्त्री खनालले पछिल्लो समय नेपालका युवाहरुमा व्यावसायिक कृषितर्फ आकर्षण बढेको बताउँदै कृषिको लगानी डुब्दैन भन्ने प्रत्याभूति राज्यले गराउन सक्नुपर्नेमा जोड दिए । उनले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको महत्वपूर्ण योगदान हुने बताए ।
पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीले समृद्ध मुलुक निर्माणका लागि सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताए । उनले दिगो विकास लक्ष्य प्राप्तिमा सरकार र निजी क्षेत्रको जत्तिकै सहकारीको पनि जिम्मेवारी रहेको औंल्याए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीले हात झिकेको खण्डमा दिगो विकासका लक्ष्य हासिल गर्न नसकिने बताए । उनले जल, थल र अकासको संरक्षणमा देशभरिका सहकारीकर्मीहरुलाई लाग्न जोड दिए । उनले भने, ‘७ सय ६१ वटा सरकार रहेकाले उनीहरुलाई रिजाउन सहकारीलाई चुनौती भएको छ । त्यसैले सबै स्थानीय तहमा सहकारी डेक्स र सहकारी अधिकृत राख्नुपर्छ । तबमात्र यो समस्या समाधान हुन्छ ।’ उनले सात वटै प्रदेशमा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्र र केन्द्रमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको आवश्यकता रहेको बताए । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका कन्ट्री डाइरेष्टर रेनाउड मेयरले नेपालको सहकारी अभियान जनसम्पर्क गर्ने उत्कृष्ट मञ्च बन्न सफल भएको बताए । उनले नयाँ नेपाल निर्माणका लागि संविधानले एक महत्वपूर्ण खम्बाका रुपमा सहकारीलाई स्वीकार गरेको अवस्थामा दिगो विकास लक्ष्य हासिल गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए । सहकारी क्षेत्रलाई प्रत्यक्ष लाभ हुने गरी बजार व्यवस्थाको विकासमा युएनडीपीले दुई परियोजना सञ्चालन गरिहरेको जानकारी दिए । उनले साना किसानको उत्पादन वृद्धि र बजारीकरणका लागि युएनडीपीले सहकारीसँग मिलेर कार्य गर्ने बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलेले दिगो विकास लक्ष्य हासिल गर्न बनेको समन्वन समितिमा पछिल्लो समयदेखि सहकारीको अनिवार्य सहभागिता गराइएको बताए । सहकारीले यी लक्ष्य हासिल गर्न लगानी र सचतेनाको भूमिकामा महत्वपूर्ण योगदान दिने बताउँदै योजना आयोगले सहकारीसँग सहकार्य गर्ने बताए । महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले आर्थिक र सामाजिक रुपान्तरणका लागि सहकारी एकमात्र नमूना संयन्त्र रहेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न हरेक देशको सहकारी अभियानले योगदान दिएको बताइन् । पूर्वमन्त्री गणेश शाहले स्मार्ट प्रविधिबाट सहकारी संघ/संस्था सुसज्जित हुनुपर्नेमा जोड दिए । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटा, मन्त्रालयका सहसचिव रघुराम विष्टलगायतले सहकारीले दिगो विकास लक्ष्य प्राप्तिमा खेल्न सक्ने भूमिकाको विषयमा चर्चा गरेका थिए ।

चितवन बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट :- राष्ट्रिय सहकारी महासंघले जिल्ला बचत तथा ऋण सहकारी संघ लि. चितवनलाई यस आर्थिक वर्षको उत्कृष्ट सहकारी संघबाट सम्मान गरेको छ । ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा महासंघले देशभरिका तीन सय २१ जिल्लास्तर संघबाट चितववको बचत तथा ऋण सहकारी संघलाई उत्कृष्ट चयन गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी, राष्ट्रिय सहकारी महासंघ र संयुक्तः राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त आयोजना मनाइएको ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रत्येक प्रदेशका एक सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिएको थियो । प्रदेश १ बाट झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था, प्रदेश २ बाट साना किसान कृषि सहकारी सस्था, प्रदेश ३ बाट मन्थली बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट चयन भए । त्यसैगरी गण्डकी प्रदेशबाट सिवाईसी बचत तथा ऋण सहकारी संस्था, प्रदेश ५ बाट पञ्चनगर महिला कल्याण सहकारी संस्था, कर्णाली प्रदेशबाट जनसेवा कृषि सहकारी संस्था र प्रदेश ७ बाट सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था कैलालीलाई पुरस्कृत गरिएको थियो । उत्पादनतर्फ भने चितवनको भण्डारा दुग्ध उप्पादन सहकारी संस्था उत्कृष्ट हुन सफल भयो । उत्कृष्ट सहकारी संघ/संस्थालाई कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले प्रमाणपत्र प्रदान गरेका थिए । सोही अवसरमा एक केन्द्रीय संघसहित विभिन्न १० जिल्लास्तरीय सहकारी संघलाई कप्प्युटरसमेत प्रदान गरिएको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै