logo

फड्को मार्दै तरकारीखेती

ललितपुर, असार २४
एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ । तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ । तरकारीखेतीमा पढेर, बुझेर र प्रविधिको ज्ञान भएका युवा आउने क्रम बढिरहँदा तरकारीखेतीमा विकास पाइएको निर्देशनालयमा कार्यरत वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए । ठूलो क्षेत्रफलमा र ठूलो लगानीमा तरकारीखेती गर्ने किसानको संख्या बढिरहेको छ । उनले भने “नेपाल धेरैखालका तरकारीमा आत्मनिर्भरसमेत बन्दैछ ।” एक दशक पहिलेसम्म पनि अरुले गरेको देखासिकी गर्ने किसान धेरै थिए । अहिले शिक्षित र तालीम प्राप्त किसानको वर्चस्व वर्षैनी बढ्दैछ । अधिकृत जोशीका अनुसार नयाँ पुस्ताले तरकारीखेतीमा प्रविधिको प्रयोग बढाएका छन् र उत्पादन पनि ह्वात्तै बढेको छ । एक दशकयता थोपा सिँचाइ, प्लाष्टिक पोखरी, कौसीखेती र कतिपय युवाले हावामा गरिने खेतीसमेत थालेका छन् । तरकारीखेतीमा यो एक दशकमा उत्पादन र प्रविधिको प्रयोगका हिसाबले ठूलो फड्को मारेको उनको भनाइ थियो । देशभित्रै तरकारीको माग र उत्पादन दुवै बढिरहेको छ । एक दशक पहिलेसम्म ग्रामीण भेगमा काउलीको तरकारी खानका लागि दशैँ कुर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अधिकृत जोशीले भने, “अन्नसँग तरकारी साट्ने चलन दुर्गम जिल्लामा पाइन्थ्यो तर अहिले यस्तो अवस्था छैन ।” लसुन र प्याजबाहेक अधिकांश तरकारीमा देशभित्रैको उत्पादनले धान्ने अवस्था रहेको निर्देशनालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कञ्चनपुर धान जोनः उपकरणदेखि अनुदानसम्म

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई...

छ सय ११ मेट्रिकटन रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११।२ मेट्रिकटन...

रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११ दशमलब २०० मेट्रिक टन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै