logo

महाशीलाका कृषकलाई विद्युतीय मिल वितरण

फलेवास, पर्वत, असार २४
कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले कृषकलाई विद्युत्बाट सञ्चालन हुने मिल वितरण गरेको छ । थोरै समय र थोरै लागतमा धेरै अन्नपात कुटनीपिसानी गर्न सकिने मिल वितरण गरिएको हो । गाउँपालिकाले स्थानीय कृषक समूहहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा उक्त मिल उपलब्ध गराएको हो । धान कुट्न, कोदो, मकै, जौ, फापर, गहुँजस्ता खाद्यान्न बाली पिस्नका लागि प्रयोगमा ल्याउन सकिने उक्त मिलप्रति पछिल्लो समय ग्रामीण क्षेत्रका बासिन्दाको आकर्षणसमेत बढ्दै गएको छ ।गाउँगाउँमा विद्युत् विस्तार भएसँगै डिजेलबाट सञ्चालन हुने मिल भने पूर्णरुपमा विस्थापित भएका छन् । घरको पिँढीमै राखेर कुटनीपिसानी गर्न सकिने उक्त मिल यस वर्ष महाशीलाले १२ वटा वितरण गरेको छ । अहिले उक्त मिलको बजार मूल्य प्रतिगोटा रु ३८ हजार रहेकामा ढुवानी खर्चसहित कृषकलाई रु १९ हजारमा उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । उक्त गाउँपालिकाले यसअघि ५० प्रतिशत अनुदानमा कृषकलाई मिनिपावरटिलर यान्त्रिक हलो पनि वितरण गरेको थियो । चालु आर्थिक वर्षको बजेटले गाउँपालिकाका छवटै वडाका बासिन्दा लाभान्वित हुने गरी २४ वटा मिनिपावरटिल वितरण गरेको थियो ।
मोदीको बजेट झण्डै साढे ३६ करोड - पर्वतको मोदी गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष ०७५/०७६ का लागि रु ३६ करोड ३५ लाख ५० हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गत आवमाभन्दा झण्डै रु एक करोड कमको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ रु तीन करोड ७४ लाख बजेट विनियोजन गरिएको छ भने पूँजीगततर्फ रु ११ करोड २२ लाख २५ हजार विनियोजन गरिएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कञ्चनपुर धान जोनः उपकरणदेखि अनुदानसम्म

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई...

छ सय ११ मेट्रिकटन रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११।२ मेट्रिकटन...

रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११ दशमलब २०० मेट्रिक टन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै