logo

धान उत्पादन र खपतमा एसिया किन अगाडि ?

विश्वनाथ खरेल
विश्वभर करिब ९० प्रतिशतभन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । यसरी संसारभरमा ६० करोड मेट्रिक टनको हाराहारीमा धान उत्पादन हुने अनुमान छ । धान उत्पादक राष्ट्रहरुमध्ये सबैभन्दा बढी क्षेत्रफल, उत्पादन र उत्पादकत्व भएको देश चीन हो । त्यसपछि अरु विश्वमा धान उत्पादन गर्ने प्रमुख राष्ट्रहरु क्रमशः भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम आदि रहेका छन् । यसर्थ संसारका विकासोन्मुख मुलुकहरुमा ८४ करोड जनसंख्या कुपोषणले ग्रस्त छन् जसमा २० करोड बालबालिका पर्दछन् र चारवर्ष मुनिका एक करोड ४० लाख केटाकेटी भोकमरीले गर्दा प्रत्येक वर्ष मर्ने गरेका छन् । त्यसैले संयुक्त राष्ट्र संघले सन् २०१५ सम्म विश्वभर एक अर्ब कुपोषणको मारमा परेको जनसंख्यालाई आधामा झार्ने लक्ष्य किटान गरेको थियो र यो लक्ष्य पूरा गर्न कृषिको भूमिका महत्वपूर्ण छ । अर्काेतिर हेर्दा संसारभर ९० प्रतिशतभन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । यसरी अन्टारटिकाबाहेक विश्वको एक सय १३ वटा देशहरुमा धानको खेती गर्ने गरिन्छ । अमेरिकाको कृषि विभाग (युएसडीए) ले हालै जनाएअनुसार विश्वभर करिब चार सय ८१ मिलियन टन चामल उत्पादन भएको थियो । विश्वभर नब्बे प्रतिशतभन्दा बढी धान उत्पादनको साथै खपतसमेत एसियाली देशहरुमा हुने गरेको छ र धान, चामलको व्यापार त छदेखि सात प्रतिशत मात्र हुने गरेको छ ।धान, चामल निर्यात गर्ने प्रथम राष्ट्रमा थाइल्यान्ड पर्ने गरेकोे छ । संसार र एसियाको धानको सरदर उत्पादकत्व क्रमशः ३/९ र ४/० टन प्रतिहेक्टर छ ।
देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय छ । हाम्रो देशमा कृषि परापूर्व कालदेखि नै जीवन निर्वाहका लागि एक आधारभूत पेसाको रुपमा रहिआएको छ । विश्व अर्थतन्त्रमा अरु क्षेत्रको विकास र विस्तारसँगै कृषि क्षेत्रको अंश क्रमशः कम हुँदै गएको भए पनि कृषि क्षेत्रको उत्पादनको आकार भने बढ्दै गएको छ । देशको अर्थतन्त्रमा कृषि क्षत्रले ओगटेको छ । आर्थिक वर्ष २०७४/०७५ अनुसार नेपालमा १४ लाख ६९ हजार पाँच सय ४५ हेक्टरमा धानखेती भई ५१ लाख ५१ हजार नौ सय २५ मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने तीन हजार पाँच सय छ किलोग्राम प्रतिहेक्टर रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन एक दशमलव ४९ प्रतिशतले न्यून भएको थाहा हुन आएको छ । आर्थिक दृष्टिकोणले भन्ने हो भने नेपालमा धान उत्पादन एक खर्ब रुपैयाभन्दा बढीको उत्पादन हुने गर्दछ । आर्थिक वर्ष २०७३/०७४ अनुसार नेपालमा १५ लाख ५२ हजार चार सय ९६ हेक्टरमा धानखेती भई ५२ लाख ३० हजार तीन सय २७ मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने तीन हजार तीन सय ६९ किलोग्राम प्रतिहेक्टर रहेको थियो । त्यसै गरी विभिन्न अनलाइनमा प्रकाशित तथ्यांकबमोजिम आर्थिक वर्ष २०७४/०७५ र २०७३/०७४ मा विश्वभर चामल उत्पादन क्रमशः चार सय ८५ मिलियन टन र चार सय ८४ मिलियन टन उत्पादन भएको थाहा हुन आएको छ । विश्वभर सबैभन्दा बढी धान उत्पादन गर्ने एघार देशहरुमा क्रमशः चीन, भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल, जापान र पाकिस्तान पर्दछन् । विश्वभर सबैभन्दा बढी धान उत्पादन गर्ने दश देशहरुमा क्रमशः चीन, भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान पर्दछन् । हाम्रो देशको कुरा गर्ने हो भने विशेषगरी तराई क्षेत्रले धान उत्पादनमा प्रमुख स्थान ओगटेको छ । नेपालको कुल खाद्यान्न बाली उत्पादनमा धानको योगदान ५० प्रतिशतभन्दा बढी रहेको छ र धानले नेपालमा कृषि गार्हस्थ्य उत्पादनमा करिब २० प्रतिशतजति योगदान दिँदै आएको छ । बढ्दो जनसंख्यालाई, घट्दो खेतीयोग्य जमिनबाट अनुसन्धानद्वारा विकसित नयाँ जात एवं सफल प्रविधिहरु उपयोग गरी ज्ञान, विज्ञानको आधारमा प्रतिहेक्टर प्रतिदिनको उत्पादकत्व वृद्धिद्वारा हातमुख जोडाउन एवं खाद्य एवं पोषण सुरक्षित गर्नको लागि धानले एक प्रमुख भूमिका खेलिरहेको र खेल्ने पनि छ । मौसमी अनुकूलतामा बढी निर्भर रहेको कृषि क्षेत्रको पछिल्लो दश वर्षको वृद्धिदर भने अपेक्षाकृत रुपमा सन्तोषजनक रहन सकेन । अधिल्ला गत वर्षको भूकम्प र भारतीय नाकाबन्दीका कारणले गर्दा विगतका अधिल्ला वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको वार्षिक वृद्धिमा शून्य दशमलव ७७ प्रतिशत हुने अनुमान गरिएको थियो । विगत वर्षहरुमा कृषि क्षेत्रको वार्षिक वृद्धिदर अपेक्षाकृत सन्तोषजनक हुन सकेको थिएन । कृषि क्षेत्रबाट प्राप्त हुन गएको रोजगारी अवसर र मुलुकलाई समष्टिगत रुपमा प्रदान हुने खाद्य सुरक्षाको कारण अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय रहन गएको हो । कृषि क्षेत्रलाई व्यवसायीकरण तथा विविधिकरण गरी तुलनात्मक लाभ एवं प्रतिस्पर्धाको सक्षम बनाउनु आवश्यक छ ।
कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि गरी बहुसंख्यक कृषक समुदायको जीवनस्तरमा सकारात्मक सुधार ल्याउन कृषि विकासका कार्यक्रमहरु केन्द्रित रहेका छन् । खाद्यान्न बालीहरु धान, मकैं, गहुँ, जौ, कोदो, फापर आदिमा भएको उत्पादन र उत्पादकत्व वृद्धिले नेपालको खाद्य सुरक्षामा टेवा पुगेको छ । हाम्रो राष्ट्रिय आय विदेशी मुद्रा आर्जन विदेश व्यापार र रोजगारी प्रदान गर्ने सन्दर्भमा कृषिको सर्वोपरि महत्व छ । हाम्रो देशमा भने बीसवर्षे दीर्घकालीन कृषि योजनाले धानलाई विशेष प्राथमिकतामा राखेको छ । अब देशमा चैते, भदैया, वर्षे, हिउँदे आदि गरी वर्षैभरि धानखेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ । धानखेतमा माछा पालन गर्दा प्रतिहेक्टर पाँच सय २९ किलोग्राम माछाको साथै धानको उत्पादन पनि १२ प्रतिशतले बढेको छ । कृषि विकास मन्त्रालयले आर्थिक वर्ष २०७२/०७३ मा धानको उत्पादन आर्थिक वर्ष २०७३/०७४ को तुलनामा करिब २१ दशमलव ६६ प्रतिशत अर्थात करिब नौ लाख ३१ हजार दुई सय ४९ मेट्रिक टनले बढ्न गई गतवर्षको करिब ४२ लाख ९९ हजार ७८ मेट्रिक टनबाट करिब ५२ लाख ३० हजार तीन सय २७ मेट्रिक टन हुने अनुमान गरिएको थियो ।
सन् १९५० मा नेपालमा १२ लाख ९५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्थ्यो भने त्यतिखेर धानको उत्पादन २४ लाख ६० हजार मेट्रिक टन थियो  । मुलुकको ७५ जिल्लामध्ये ४० देखि ४५ जिल्लामा आफ्नै उत्पादनले खान नपुग्ने कुरा सरकारी तथ्यांकले देखाएको एकातिर छ भने अर्कोतिर बढ्दो जनसंख्याको भारले गर्दा ६० वर्ष अगाडि ८० लाख जनसंख्या थिए भने अहिले वृद्धि भई दुई करोड ८५ लाखभन्दा बढी पुगेको अनुमान छ । किसानहरुमा सबैभन्दा बढी आवश्यक खाद्य वस्तु धानको खेतीप्रति वितृष्णा बढ्दै गएको छ । किसानहरुले धानखेतीलाई नोक्सान मात्र पार्ने खेतीको रुपमा परिभाषित गर्न थालेका छन् । नदीनाला, मलिलो माटो, मिलेको हावापानी भएको हुँदा नेपाल धानमा आत्मनिर्भर हुने सम्भावना धेरै रहेको छ । यद्यपि देशमा धान खेतीको सम्भावना पनि राम्रो छ । समग्रमा भन्नुपर्दा विश्वका आधाभन्दा बढी यानी तीन अर्ब ५० करोड जति जनसंख्याको खाद्यान्नको प्रमुख आधार नै धान, चामल रहेको छ । वास्तवमा धानले एसियालीहरुलाई एकैसाथ ल्याउन सेतुको कामगरिरहेको एकातिर छ भने अर्कोतिर देशमा उत्पादन भएको चामल भारतबाहेक अरु देशहरुमा निकासी भएको आँकडा पाइँदैन । आम्दानी, रोजगारी, औद्योगिकीकरण र खाद्य सुरक्षाका दृष्टिले कृषि महत्वपूर्ण क्षेत्र हो । कृषि क्षेत्रमा धानको महत्व र योगदान सबभन्दा बढी छ । दुई वा तीनै छाक भात खानुपर्ने बानीका कारण अन्य खाद्य बालीभन्दा धानको माग र खपत बढी हुन्छ । नेपालमा प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यक पर्ने भए पनि सरदर ५२–५३ लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ । यस हिसाबमा प्रतिवर्ष आठ–दश लाख मेट्रिक टन धानको कमी हुन्छ । यसले गर्दा वर्षेनी अर्बौं रुपियाँको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ ।
यो अवस्थाले कृषि क्षेत्रमा भइरहेको लगानीले अपेक्षित प्रतिफल दिन नसकेको देखाउँछ । सरकारले धानलाई उच्च प्राथमिकतामा राखे पनि आधुनिक प्रविधिको प्रयोग सीमित मात्रामा मात्रै प्रयोग भइरहेकाले उत्पादन र उत्पादकत्व कम छ । मुुलुकभर करिब १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती गरिन्छ । यो कुल खेतीयोग्य जमिनको आधा भए पनि एक चौथाइ क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा छ । अन्य देशको तुलनामा नेपालको हावापानी धानखेतीका लागि उपयुक्त रहेको मानिन्छ तर धानको उत्पादकत्व तीन दशमलव पाँच प्रतिशत मेट्रिक टन प्रतिहेक्टर रहेको छ, जुन अन्य धेरै मुलुकको तुलनामा निकै कम हो । तर, मुलुकले नपुग हुने चामल भारतबाट आयात गरिनै रहेको छ । मुलुकको प्रमुख बालीका रुपमा रहेको धानको अनुसन्धान, उत्पादन र प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । मुलुकको अधिकांश क्षेत्र पहाडी भू–भागको रुपमा रहेको नेपालको कुल क्षेत्रफल एक करोड ४७ लाख १८ हजार एक सय हेक्टर मध्ये केबल २१ प्रतिशत भू–भाग अर्थात ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य र छ हजारभन्दा बढी नदीनाला छन् । त्यस्तैगरी खेतीयोग्य भूमिको ३४ दशमलव ५२ प्रतिशत अर्थात १० लाख ६७ हजार हेक्टर भूमि सिञ्चित रहेको अनुमान छ । यसरी अधिकांश खेती गरिने क्षेत्रफलबाट अतिरिक्त उत्पादन नभई प्रतिइकाइ उत्पादन स्थिरतामै रहनु निश्चय पनि सोचनीय कुरो हो यसको प्रमुख कारण कहिलेकाहीँ मौसमको प्रतिकूलताले बढी ह्रास हुने गर्दछ । तर, सिँचाइ सुविधा नभएर बाँझै राख्नुपर्ने स्थिति छ । बाँकी खेत आकाशे वर्षामा भरपर्नुपर्छ । जबकि एक दशमलव २५ प्रतिशतका दरले वर्षेनी बढिरहेको जनसंख्यालाई भरणपोषण गर्न कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनलाई बृहत्रुपमा हेर्ने हो भने सबैभन्दा बढी योगदान खाद्यान्न बालीमा धानको २१ प्रतिशत रहेको अनुमान छ । देशको केही भागमा मात्र बाह्रमासे सिँचाइ छ भने अधिकांशमा मौसमी सिँचाइ मात्र छ केही दशक अधिसम्म धान निर्यात गर्ने नेपालले अहिले आफैलाई ठीक्क हुने उत्पादन गर्छ । कुल खेतीयोग्य जमिनको ३४ प्रतिशतभन्दा कम जमिनमा सिँचाइ सुविधा प्राप्त भएको कारणले नेपालको कृषि व्यवस्था मूलतः मनसुनमा निर्भर रहेको स्पष्ट हुन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न पाएका...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै