logo

एयरब्यागको समस्यापछि आफ्ना कार फिर्ता गर्दै माज्दा

बेइजिड., असार २४
सवारीनिर्माता कम्पनी माज्दाले आफ्ना सवारीहरुमा प्रयोग गरिएको एयरब्यागमा देखिएको समस्याको कारण आफ्ना दुई लाख ७० हजार सवारीहरु फिर्ता गर्ने निर्णय गरेको छ । टाकाटा कम्पनीले निर्माण गरेको उक्त एयरब्यागहरु फुट्ने सम्भावना अत्यधिक रहेको पाइएसँगै कम्पनीका आफ्ना सवारीहरु फिर्ताको निर्णय गरेको हो । माज्दाका सवारीहरुमा प्रयोग गरिएको एयरब्यागमा प्रयोग गरिएको रसायनहरुको कारण उक्त एयरब्यागहरु फुट्ने सम्भावना बढी रहेको देखिएको हो । टाकाटा कम्पनीका एयरब्यागहरुमा देखिएको समस्या समाधानको लागि यसअघि पनि विश्वका केही सवारीनिर्माता कम्पनीहरुले आफ्नो सवारीहरु फिर्ताको निर्णय गरेका थिए । माज्दाले सन् २००७ भन्दा अगाडि उत्पादन गरेका केही मोडलहरुमा देखिएको समस्याको कारण माज्दा कम्पनीले आफ्नो सवारीहरु फिर्ताको लागि यस किसिमको योजना ल्याएको हो । पछिल्लो केही वर्षयता अमेरिकामा एयरब्यागमा देखिएको खराबीको कारण पाँच करोड सवारीहरु फिर्ता भइसकेका छन् । एयरब्यागमा देखिएको समस्याको कारण अहिलेसम्म २२ जना मानिसहरुको ज्यान गएको पाइएको छ भने एक सय ८० भन्दा बढी मानिसहरु घाइते भएको विवरण आइसकेको छ । टाकाटा कम्पनीको उत्पादनहरुमा देखिएको समस्यापछि यो कम्पनीलाई चिनियाँ स्वामित्वमा रहेको अमेरिकी कम्पनीले खरिद गर्ने निर्णय गरेको थियो । सन् २०२५ मा देखिएको टाकाटाको समस्याको कारण उसले विश्वव्यापीरुपमा आफ्ना उत्पादनहरु फिर्ताको निर्णय गरेको थियो । टाकाटाको विषयमा देखिएको यस किसिमको समस्याको कारण उसको व्यापारिक क्षेत्रमा पनि भारी गिरावट आएको देखिएको थियो । आर्थिक अवस्था निकै कमजोर रहेको र विश्वव्यापीरुपमा आफ्ना उत्पादनहरु फिर्ता गर्नु परेको समस्याको कारण टाकाटा कम्पनीका अधिकारीहरुले कम्पनी बिक्रीको निर्णय गरेका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ईयू र जापानबीच अहिलेसम्मकै ठूलो व्यापारिक सम्झौता

युरोपियन युनियन (ईयू) र जापानको बीचमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता भएको छ । विश्वको करिब...

तेलको मूल्यमा निरन्तर गिरावट

तेलको मूल्यमा बुधबारको बजारमा पनि गिरावट आएको छ । अमेरिकाको उत्पादन तथा आपूर्तिमा वृद्धि तथा मागको नतिजा केही...

एस१० ल्याउने तयारीमा सामसुङ

दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले आगामी वर्ष आफ्नो एस सेरिजको १० औं संस्करण विश्व बजारमा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै