logo

सारिन ग्यास आक्रमणमा संलग्न सात जनालाई मृत्युदण्ड

टोकियो, असार २४
करिब २३ वर्ष पहिले जापानमा राजधानी टोकियोको भूमिगत रेलमार्गमा विष्फोट गराउने समूहका समूह नेतासहित सातजनालाई मृत्युदण्ड दिइएको छ । १३ जनाको ज्यान लिनेगरी स्नायु प्रणालीमा असर गर्ने घातक ग्यास (सारिन) को प्रयोग गरी गराइएको विष्फोटनमा जिम्मेवार रहेको अभियोगमा ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरासहित छ जनालाई मृत्युदण्ड दिइएको शुक्रबार जापानी न्यायमन्त्री योको कामिकावाले बताए । ओम् शिन्रिक्योको अर्थ सर्वोच्च सत्य बताउने उक्त धार्मिक संस्थाले सन् १९८० को दशकमा बौद्ध, हिन्दू तथा इसाई धर्मका मतलाई मिलाएर केही नयाँ धार्मिक अवधारणाको विकास गरेको मानिन्छ । उक्त समूहका संस्थापक शोको आसशाराले आफूलाई क्राइस्ट र बुद्धपछि पहिलो पटक ‘ज्ञान प्राप्त भएको’ बताउने गरेका थिए । सन् १९९५ मा भएको सारिन ग्यास आक्रमणमा सम्लग्न दोषीमाथि भएको यो पहिलो मृत्युदण्डको सजाय हो । उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो भने हजारौँ विषालु ग्यासका कारण विरामी परेका थिए । यसै घटनामा सम्लग्न छ जनामाथिको मुद्दाको अझै निर्णय आउन बाँकी छ । जापान मृत्युदण्डलाई निरन्तरता दिने विश्वका केही विकसित मुलुकमध्ये एक मानिन्छ । विश्वव्यापी रूपमा मृत्युदण्डको प्रावधानलाई लिएर आलोचना हुने गरेपनि स्थानीय स्तरमा उक्त प्रावधानको पक्षमा राम्रो जनमत रहेको बताउने गरिन्छ । सारिन हमलामा मारिएका व्यक्तिहरूका आफन्त तथा घाइतेहरूले ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरालाई दिइएको मृत्युदण्डको स्वागत गरेका छन् । “मैले शान्तपूर्वक नै प्रतिक्रिया जनाएको छु । तर मलाई महशुस भएको छ कि संसार विःतारै उज्ज्वल बनिरहेको छ’, सारिन हमलामा घाइते भएका एक फिल्म निर्देशक आत्सुसी साकाहाराले भने । ‘म धेरै वर्षसम्म पीडामा थिएँ’, उनले भने, ‘उक्त घटनालाई सधैँका लागि बिर्सन असम्भव नै छ
तर दोषीलाई दिइएको मृत्युदण्डले एक किसिमको राहत मिलेको छ ।’ उक्त घटनामा पति गुमाएकी सिजुई ताकाहासीले आसाहरालाई दिइएको मृत्युदण्ड पूर्णरूपले सही भएको बताए । ताकाहासीले भने, ‘निश्चय नै उनले मृत्युदण्ड पाउनु नै पर्थ्यो । त्यसैले म उनको मृत्युका लागि दुःख मान्नुपर्ने कुनै कारण रहेन ।’ ओम् शिन्रिक्योले सन् १९८९ मा जापानमा धार्मिक संस्थाको मान्यता पाएको थियो र उसका अनुयायीहरू उल्लेख्य संख्यामा विश्वभरि थिए । उक्त संस्था आफ्नो उचाइमा हुँदा दशौँ हजार समर्थक भएको बताइने गर्छ । तर विस्तारै उक्त समूह विश्व समाप्त हुने अवधारणातर्फ लाग्यो र विश्वव्यापी युद्धका कारण पृथ्वी मासिने र आफूहरूमात्रै जीवित रहने विश्वास गर्न थाल्यो । सन् १९९५ को आक्रमणपछि उक्त सम्प्रदाय भूमिगत भयो र ’एलेफ’ र ’हिकारी नो वा’ भनेर पुनः नामकरण गरी संगठन विस्तारमा लाग्यो । ओम् शिन्रिक्योलाई संयुक्त राज्य अमेरिका र अन्य कैयौँ देशहरूले आतंकवादी संगठनको सूचीमा राखेका भएपनि जापानमा वैध मानिन्छन् । तर जापानले तिनलाई ‘खतरनाक धर्म’ मानेर निगरानी गर्ने गरिएको पाइन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ब्लुमबर्गले दिए एक अर्ब ८० करोड डलर चन्दा

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्वप्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स...

खशोग्जी हत्याका टेप सुन्नै सकिन्न : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका...

अफगान तालिबानसँग कतारमा वार्ता

अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको तालिबानी अधिकारीले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै