logo

अर्थको पत्रविरुद्ध प्रहरीको पत्र

काठमाण्डौं, असार २४
अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रले सुरक्षा निकायभित्र द्विविधा उत्पन्न गराइदिएको छ । गृहमन्त्रालयको मिति २०७५ असार ६ गतेको १३१२ नं. चलानी रहेको गलत अर्थ लाग्ने चिठीको प्रत्युत्तर अर्थ मन्त्रालयले असार १४ गते दिँदा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र गृहमन्त्रालयअन्तर्गतका दुई प्रहरी निकाय र राष्ट्रिय अनुसन्धानमा विगत एक हप्तादेखि द्विविधा उत्पन्न भएको हो । अर्थमन्त्रालयले कर्मचारी र प्रहरीको उपचार खर्चबापतको खर्च दिन नसकिने निर्णय भएको भन्दै गत असार १४ गते प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको थियो । असार १५ गतेदेखि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीहरु राजीनामा पत्र बुझाउन मुख्यालय धाउन थालेपछि प्रहरी प्रधान कार्यालयले म्यासेज गलत गएको भन्दै आफ्ना मातहतलाई कर्मचारीलाई अर्को पत्र काटेर सर्कुलर जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीको उपचारबापतको खर्च कटौती नगरेको भन्दै एक जना निर्वाचनमा घाइते बनेका प्रहरीको उपचार खर्च मात्रै अब दिन नसकिने निर्णय गरेको बताएको छ । दोस्रो संविधानसभाको निर्वाचन २०७४ मा सुरक्षार्थ अछाम जिल्लाको साँफेबगर नगरपालिकाको वडा नम्बर ३ को दयारगाडा भन्ने स्थानमा ड्युटीमा खटिँदा प्रहरीका जवान हिक्मत विश्वकर्मा घाइते भएका थिए । घाइते विश्वकर्माको उपचार खर्च निकासाको लागि प्रहरीले गृहमन्त्रालयमार्फत प्रक्रिया अघि बढाएको थियो । प्रहरीको अस्पताल हुँदाहुँदै थप उपचार खर्च दिन नसकिने भन्ने आशयको पत्र अर्थ मन्त्रालयले गृहमन्त्रालयमा पठाएको थियो । तर हालसम्म अवकाश हुँदा कर्मचारीहरुले बुझ्ने एक महिनाबराबरको एक्काईस महिनाको उपचारबापतको पैसा नपाउने भन्ने गलत अर्थ लाग्दा पेन्सन पाकिसकेका कर्मचारीहरु राजीनामा बुझाउँदै अवकाश जानथालेका थिए । राजीनामामा जानेको चाप बढ्न थालेपछि चुरो कुरा पत्ता लागेको हो । वर्षातको सुरुसँगै राजीनामाको प्रेसर बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै कर्मचारीहरुलाई सर्कुलर नै गरेका थिए । हाल करिब २० हजार हाराहारी पेन्सनका लागि योग्य भएका सरकारी कर्मचारीहरु कार्यरत छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या

आवश्यक जनशक्ति नहुँदा स्थानीय तहका न्यायिक समितिले उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनन् । नयाँ...

निःशुल्क आँखा शिविर

एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण...

एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै