logo

नेशनल मेडिकल कलेजलाई छ करोड कर छुट

काठमाण्डौं, असार २४
वीरगञ्ज महानगरपालिकाले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई छ करोड रुपैयाँ करछुट दिएको छ । वीरगञ्ज महानगरपालिकाले बसुरुद्दिन अन्सारीको कलेजलाई घरजग्गा तथा एकीकृत सम्पत्ति करमा एकैपटक छ करोड छुट दिएको हो । कलेजले आर्थिक वर्ष २०७३/०७४ सम्मको घरजग्गा कर तथा चारवर्षदेखि लागू गरिएको एकीकृत सम्पत्ति करबापत महानगरलाई १० करोड ३८ लाख ११ हजार तिर्नुपर्ने थियो । महानगरको दोस्रो नगरसभाले अन्सारीको कलेजले चार करोड ९४ लाख ७८ हजार दुई सय ६९ रुपैयाँ ४२ पैसा बुझाउनुपर्ने निर्णय गरेको हो । लामो सयमसम्म कर नतिरेको कलेजले महानगरले छ करोड रुपैयाँ करछुट गरेपछि असार १५ गते तीन करोड ५९ लाख १४ हजार तीन सय ५७ रुपैयाँ पाँच पैसा कर बुझाएको छ । यसअघि कलेजले करबापत २०७१ माघ ३ गते एक करोड २९ लाख ३२ हजार र २०७२ साउन ७ गते छ लाख ३१ हजार रकम बुझाएको थियो । वि. सं. २०६० सालदेखि वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीमा सञ्चालित कलेजले विभिन्न बहानामा घरजग्गा कर, व्यवसाय कर तिर्न अटेर गर्दै आएको थियो । तत्कालीन वीरगञ्ज नगरपालिकाले २०६७, २०६८, २०७० सालमा र त्यसपछि पनि पत्र पठाएर कर तिर्न आग्रह गर्दा समेत नेशनल मेडिकल कलेजले कर तिरेको थिएन ।
कलेजले कर तिर्न अटेर गरेपछि तत्कालीन कार्यकारी अधिकृत पिताम्बर अधिकारीले २०७४ साल असार २३ गते संघीय मामिला मन्त्रालयको सुशासन शाखालाई समेत कलेजले कर नतिरेको जानकारी गराएका थिए । तत्कालीन उपमहानगरपालिका कार्यालयले २०७० जेठ २९ गते पनि कलेजलाई पत्र पठाएर सात करोड ६१ लाख ८४ हजार तिर्नुपर्ने जनाएको थियो । त्यतिखेर कलेजलाई पत्र पठाउने नगरपालिकाका राजस्व शाखाका वरिष्ठ अधिकृत लालबाबु राउत अहिले प्रदेश नं २ का मुख्यमन्त्री हुन् । लामो समयदेखि कर तिर्न अटेर गरेको कलेजले महानगरलाई कलेजले तिर्नपर्ने कर पुनर्मूल्याङ्कन गर्न आग्रह गरेको र पुनर्मूल्यांकन गर्दा कलेजले तिर्नुपर्ने कर कम देखिएको महानगरले बताएको छ । २०७४ साल माघ ७ गते नगरसभाबाट उपमेयरको नेतृत्वमा तीन सदस्यीय पूनर्मूल्यांकन समिति गठन भएको थियो । उपमेयर शान्ति कार्कीको नेतृत्वमा बनेको समितिले बुझाएको प्रतिवेदनअनुसार असार १० गते बसेको दोस्रो नगरसभाले उक्त प्रतिवेदनलाई अनुमोदन गरेर करछुट दिइएको महानगरले जनाएको छ । अन्सारी नेकपाका नेता समेत हुन् ।          (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या

आवश्यक जनशक्ति नहुँदा स्थानीय तहका न्यायिक समितिले उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनन् । नयाँ...

निःशुल्क आँखा शिविर

एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण...

एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै