logo

बिजुलीको मूल्य बढाउने भारतीय प्रस्ताव तीन महिना धकेलियो

काठमाण्डौं, असार २४
भारतीय पक्षले नेपाललाई आफ्नो देशबाट लैजाने बिजुलीको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि गर्न प्रस्ताव गरेको छ । भारतीय प्रस्ताव नेपाली पक्षले अस्वीकार गरेको कारण कम्तीमा तीन महिना भारतबाट नेपालमा आयात भइरहेको बिजुलीको मूल्यवृद्धि नहुने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार र शुक्रबार भएको दुई देशको विद्युत् आदान प्रदान समिति (पीईसी)को बैठकमा भारतले मूल्यवृद्धिको प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावलाई बैठकमा सहभागी नेपाली टोलीले अस्वीकार गरेको थियो । पीईसीको अर्को बैठक तीन महिनापछि गर्ने सहमति गर्दै बैठक सकिएको प्राधिकरणको तर्फबाट जारी हस्तलिखित प्रेसनोटमा उल्लेख गरिएको छ ।नेपालले भारतबाट अहिले पनि विद्युत्को उच्च माग हुने समयमा करिब चार सय ५० मेगावाट बिजुली खरिद गर्दै आएको छ । उक्त बिजुलीमध्ये तीन सय मेगावाटभन्दा बढीको मूल्य यही पीईसी कमिटीले तोक्ने गरेको छ । शुक्रबार सम्पन्न बैठकमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले नेतृत्व गरेका थिए । प्राधिकरणले न्यूनतम भारु पाँच रुपैयाँ ५५ पैसा र अधिकतम् भारु छ रुपैयाँ ४५ पैसामा विद्युत् खरिद गर्दै आएको छ ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारणलाइन र टनकपुर १३२ केभी प्रसारणलाइनबाहेकका अन्य प्रसारणलाइनबाट आयात भइरहेको विद्युत्को मूल्य बढी तिर्दै आएको छ । प्राधिकरणले विहार, उत्तर प्रदेशलगायतबाट प्रतियुनिट ८.८८ मा खरिद गर्ने गरेको छ । कुल ११ केभी क्षमताको प्रसारणलाइनमा प्रतियुनिट १०.३२ पैसा (भारु ६.४५), ३३ केभी प्रसारणलाइनमा प्रतियुनिट ९.६० पैसा (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ पैसा (भारु ५.५५) मा विद्युत् खरिद गरिरहेको छ । यसैबीच, नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि थप तीनवटा प्रसारणलाइन निर्माण हुने भएको छ । धनगढी–पालिया, सम्पत्तिया÷आनन्दनगर, मैनासिंह र नानपारा–नेपालगञ्ज प्रसारण लाइन निर्माणका लागि नेपाल सरकार र भारतको उत्तर प्रदेशका सम्बन्धित निकायबीच समन्वय गरी अगाडि बढाइने भएको छ । ती प्रसारणलाइन निर्माणका लागि आवश्यक प्राविधिक तयारी गरी दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा निणयार्थ पेश गरिने भएको छ । तर भारतले धनगढी–पालिया प्रसारणलाइन निकुञ्ज क्षेत्रबाट तान्नुपर्ने भएकाले थप अध्ययन जरुरी रहेको उल्लेख गरेको छ । नेपालले हाल कुशाहा–कटैया, जोगवनी, गण्डक–रामनगर, नानपारा, सुदूरपश्चिमका लाली, तादी, जौलीजिबीलगायत विन्दुबाट विद्युत् आयात गरिरहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपालमा सबैभन्दा बढी राजश्व कर बुझाउनेमा सिप्रदी र सिद्धार्थ शमशेर जबरा अगाडि

आ.व. २०७३/७४ मा व्यक्तिगत आय अन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर जबरा र कम्पनि अन्तर्गत...

अधिकारीलाई नागरिक अभिनन्दन मङ्सिर १ मा

नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा आगामी मङ्सिर १ गते नागरिक अभिनन्दन हुने...

जीपी कोईराला फाउण्डेशन दोलखाको अध्यक्षमा श्रेष्ठ

जीपी कोईराला फाउण्डेशन दोलखाको अध्यक्षमा युवा समाजसेवी राकेश श्रेष्ठ चयन भएका छन्...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै