logo

काठमाण्डौको सडकमा ट्राफिक वुलिङ्ग

काठमाडौ असार २३

किन भनेको ठाउँमा नरोकेको ? तँलाई चिट काटुम ?  बाईक कन्ट्रोल गर्न सक्दैनस् कि क्याहो ?  लाईसेन्स ले, किन ढिलो ?  यो एकतर्फि संवाद कमल पोखरी चोक र कुमारी मन्दिरविच पर्ने सडकको विचमा एक जना जवानले मोटरसाईकल चालकलाई आज शनिवार विहान साढे छ वजेतिरको हो । संवाददाताको मोटरसाईकल कमल पोखरी ट्राफिक कार्यालयबाट खटिएका ट्राफिक प्रहरी हवल्दार दीपेन्द्र पाण्डेको नेतृत्वमा खटिएको प्रहरी कर्मचारीहरुले चेकिङ्गका लागि रोकेपछि सुनेको शव्दवाणि हो यो । कुरो वुझ्न समय लागेन मोटर साकल चालक एक अधवैशे युवाको मोटर साईकलविच सडकमा रोक्न संकेत गरेपछि चालकले सडक किनारामा लैजादै गर्दा ट्राफिक प्रहरीले ह्याण्डलमा अल्झाई दिएर कन्ट्रोल नभएर रोकिए पछिको रहेछ । थर्काउँदै भन्दै थिए जवान सार्वजनिक मुध्दा चलाई दिउँला नि ? होसको दवाई खाने । विचरा कालो निलो हुँदै चालक पाँच नम्वर प्रदेशतिरको लवजको भाषामा माफि माग्दै भन्दै थिए ससससरि सर सरि । मैले छेउमा रोक्न खोजेको तपैले अल्झाई दिनु भयो । यि मेरा लाईसन र विलबुक । संवाददातालाई प्रहरीको यो शैलि ठिक नलागेर फोटो खिच्न लाग्दा एक जवानले दूर्व्यव्यवहार समेत गरेका थिए ।

राजधानी शहर काठमाण्डौमा मात्र दैनिक पाँचदेखि सातवटा साना ठूला सवारी दुर्घटना ट्राफिक प्रहरीको कारण हुने गरेको एक अध्ययनले देखाएको छ । जसबाट चालक तथा प्रहरी दुवै पिडित भएको पाईएको छ । जुन वाहिर नल्याउने गरेको  र चालकको दोष देखाएर चालकलाई पिडित वनाएर रकम अशुल्ने समेत गर्ने गरेको पाईएको छ । यत्तिसम्मकि पिडित भनिएको प्रहरी सुविधा सम्पन्न प्रहरी अस्पताल हुँदा हुँदै महंगो असपतालमा भर्ना भएको देखाएर नक्कली विल वनाएर चालकसँग अशुली गर्ने गरेको समेत पाईएको छ । भने तीस प्रतिशत सडक जाम ट्राफिक प्रहरीकै कारण हुने गरेको एक अध्ययनले देखाएको छ । सडक जामको अर्को कारण भनेको अव्यवस्थित पार्किङ्ग अर्थात यात्रु झार्ने र ओराल्ने विसौनिका कारण अधिक रहेको पाईएको छ । सडक लेन अनुशाशन पालना नगर्नु, जथाभावि रोकिदिनु, पछाडिको यात्रुवाहक सवारीलाई अगाडि जान नदिने मनसायले ओभरटेक गर्न असजिलो हुने गरि रोकि दिनु अर्को सडक जामको समस्या रहेको पाईएको छ । अधिक सवारी चापका कारण जाम हुने समस्या भने अत्यन्तै न्यून १० प्रतितशत रहेको पाईयो । ट्राफिक प्रहरीहरुले हात हल्लाएर तथा सिट्ठि फुकेर गर्ने ट्राफिक कन्ट्रोल पध्दतिभन्दा ट्राफिक लाईट पध्दति सहज, सरल र थप प्रभावकारी हुने कुरा समेत सर्वेक्षणले देखाएको छ ।

नेपाल सरकारले ट्राफिक प्रहरीलाई सडक ट्राफिक नियन्त्रणको जिम्मा दिएको छ । सडकमा तल्ला स्तरका तथा अदक्ष कर्मचारीहरु मात्र सडकमा उतारिदिंदा सवारी चालकहरुप्रति ट्राफिक वुलिङ्ग तथा यात्रुहरु अपमानित महशुश हुने शव्द चयन तथा व्यवहार गर्ने गरेको गुनाशो सरोकारवाला निकायको छ । नियमनकारी निकाय नहुनु र प्रहरिको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्ने ठाउँ एकिन नहुँदा जनगुनाशोको सम्वोधन हुन नपाएको स्थानिय एक कानून व्यवसायीको गुनाशो रहेको छ भने हाकिमहरु अफिसमा सुतेर वस्ने अनि हल्दार जवानहरुमात्र पठाएसी दूर्व्यवहार नभएर के हुन्छ त? एक पैदल यात्रि महिलाको गुनाशो थियो । चकिङ्ग गर्ने ठाउँ खुल्ला हुँनु पर्ने,  चेकिङ्ग गर्ने ठाउँ सकेसम्म सिधाबाटोमा हुँदा उपयुक्त हुने,  चेकिङ्ग गर्ने स्थानभन्दा केहि अगाडि चेकिङ्गको साईनवोर्ड तथा जनाउदिने वेड राख्दा चालक थप चनाखो हुने समय पाउने र रोक्न पनि सहज हुने यक माईक्रो वसको चालकले वताए ।

भनसुनमा ट्राफिक सेवामा प्रवेश गर्नु, लामो समयदेखि एउटै सेवामा अथवा एकै स्थानमा कार्यरत हुनु, र अनुगमन नियमन तथा आन्तरिक कारवाहि नहुनु ट्राफिक प्रहरीको समस्या रहेको एक जानकार उपल्ला दर्जाका प्रहरी अधिकृत वताउँछन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन

सत्तारुढ दल नेकपाले सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन...

एक लाख घुससहित तीन पक्राउ

एक लाख रुपैयाँ घुससहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीन जनालाई अख्तियारले पक्राउ गरेको छ...

विप्लवद्वारा वार्ता अस्वीकार

विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै