logo

आत्मनिर्भर बन्दै मुक्तहलिया समुदायका महिला

कञ्चनपुर, असार २३

कञ्चनपुर भीमदत्तनगरपालिका– ६ सुकासालका मुक्तहलिया समुदायका महिला डकर्मी सम्बन्धी तालीम लिएपछि आत्मनिर्भर बन्दै गएका छन् ।

दैनिक मजदुरी गरेर रु चार सय कमाउँदै आएका महिला तालीम पश्चात रु पाँच सयदेखि रु सात सयसम्म कमाउन थालेका हुन् ।

साँझ बिहानको खानाको जोहो गर्न र बालबालिकाको विद्यालय तथा लताकपडा खर्च जुटाउनका लागि श्रीमान्ले भारतमा मजदुरी गर्दै आएका छन्, पुष्पा कोलीले भने, “त्यसबाट जीवका धान्न निकै मुस्किल छ ।”

मुक्तहलिया महिलाको जीवनस्तरमाथि उठाउनका लागि सञ्चालित दुई महिने तालीममा सहभागी भएपछि ज्यालामा बढोत्तरी भएको उहाँले बताए ।

डकर्मीको कार्य गर्ने सीप नहुदा मजदुरी गर्नुपर्ने विगतको बाध्यता रहेपनि हाल तालीम लिएपछि इँट्टा राख्ने, गाह्रो राख्ने र पिल्लर बाँध्ने कार्य गर्नसक्ने भएको उहाँले बताए ।

यस कार्यले ज्याला बढेपछि परिबारको खर्च चलाउन उहाँलाई सहज भएको छ । तालीमका सहभागी जानकी टमटाका श्रीमान् समेत भारतको नयाँदिल्लीमा रोजागरीमा हुनुहुन्छ, घर बासका लागि मात्रै जग्गा भएका टमटाका परिवारको खर्च भारतकै कमाइले चल्दै आएको छ ।

श्रीमान्को कमाइले मात्रै चार जना परिवारको जीविका चलाउन मुस्किल हुन थालेपछि आफूले तालीम लिएपछि डकर्र्मीको कार्य गर्न थालेको बताउँदै जानकीले भनिन्, “श्रीमान्ले भारतबाट कमाउने पैसा भन्दा बढी डकर्मी पेशामा आवद्ध भएपछि कमाउन थालिएको छ ।”

उहाँले भनिन्, “महिलाले घरको कामकाज मात्रै गर्नुपर्दछ भन्ने मान्यतालाई तोड्दै महिलाले पनि पुरुष सरह कार्य गर्न सक्छ, श्रीमान्कै कमाइमै भर पर्नुभन्दा आफ्नै खुट्टामा उभिनुपर्दछ ।”

मजदुरी गर्दै आएका श्रीमान् भन्दा तालीमले गर्दा बढी पैसा ज्यालाबापत पाउन थालेको कलावती कामीले भने, “श्रीमान्लाई समेत अहिले तालीम लिनका लागि दबाब दिन थालेको छु ।”

घरको आर्थिक अवस्था कमजोर भएर सुना सार्किले बिचमै पढाइ छाडे पनि व्यावसायिक सीप सिकेर आत्मनिर्भर बन्नका लागि डकर्मीको तालीम लिनुभएको छ ।

प्रारम्भिक तालीम लिएर मात्रै पुग्दैन उहाँले भन्नुभयो, “थप तालीम पाए प्रशिक्षक बनेर आर्थिक रुपमा विपन्न वर्गका समुदायका व्यक्तिलाई तालीम दिई दक्ष बनाउने इच्छा भए पनि त्यो पूरा हुन पाएको छैन, निःशुल्क तालीम दिने सहयोगी संस्थाको खोजीमा छु ।”

आइएलओको आर्थिक सहयोगमा सञ्चालित ब्रिज परियोजना अन्तर्गतमुक्त हलियाका २५ जना महिलाले छ महिना अघि डकर्मीका तालीम लिएका हुन् । तालीम लिएकामध्ये थोरै महिला मात्र डकर्मी पेशामा आवद्ध भएका छन् ।

मुक्तहलियाका १२५ महिलालाई स्वरोजगार बनाउनका लागि केशशृङ्गार, मोबाइल मर्मत, मोटरसाइल मर्मत, पेन्टिङ र डकर्मी लगायतका तालीम दिइएको मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारले बताए ।

तालीम लिएका अधिकांश स्वरोजगारमै आर्थिक रुपमा आत्मनिर्भर बन्न थालेको उहाँको भनाइ छ ।

अनुदानमा एक हजार बिरुवा

शुक्लाफाँटा नगरपालिकामा फलफूल बगैंँचा स्थापनाका लागि ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको छ ।

नगरपालिकाको कृषि शाखाले अनुदानमा किसानलाई आँप, लिची, कटहर, मेवा, कागती, अनारलगायतका एक हजार बिरुवा वितरण गरेको हो ।

चार बिघा जग्गामा आधादर्जन बढी किसानलाई नमूना फलफूल बगैचा स्थापनाका लागि बिरुवा अनुदानमा उपलब्ध गराइएको कृषि शाखाका प्रमुख वीरबहादुर कुँवरले बताउनुभयो । “फलफूल उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि किसानलाई फलफूलका बिरुवा वितरण गरेका छौं उहाँले भने ।

यसैगरी, शाखाले टिस्युकल्चर गरिएका पाँच हजार केराका बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । बिरुवा व्यावसायिक केराखेती गर्न उत्सुक १७ जना किसानलाई नौ जातका केराका विरुवा वितरण गरेको हो ।

केराका बिरुवा खरिदका लागि कृषि शाखाले रु एक लाख र किसानले रु एक लाख रकम लगानी गरेको कृषि शाखाका प्रमुख कुँवरले बताए । अनुदानमा उपलब्ध गराइएका केराका बिरुवा तीन बिघा पाँच कठ्ठा जग्गामा किसानले रोपेको उहाँले बताए ।

अनुदानमा उपलब्ध गराइएका केराले दश महिनाको अवधिमा रु १५ लाखभन्दा बढीको उत्पादन दिइने दाबी उहाँको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कञ्चनपुर धान जोनः उपकरणदेखि अनुदानसम्म

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई...

छ सय ११ मेट्रिकटन रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११।२ मेट्रिकटन...

रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११ दशमलब २०० मेट्रिक टन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै