logo

गोलभेँडाको मूल्य नपाउँदा किसान मारमा

बनियानी, झापा, असार २२
गोलभेंडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद गरेको गोलभेँडा व्यापारीले रू ४० मा बिक्री गरिरहेका छन् । बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिएका पाँचथर अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो रु ६ देखि रु ८ सम्ममा गोलभेंडा बिक्री गरेको बताउ । उनले भने, “यसपाली गोलभेंडा पर्याप्त उत्पादन भएको छ, उचित मूल्य पाइएको छैन ।” व्यापारीले विभिन्न बहाना बनाएर किसानलाई उचित मूल्य दिन मान्दैनन् । तरकारी व्यापारी रामभुषण शाह प्रतिकिलो गोलभेँडा रू ४० मा बिक्री गरिरहेको बताउछन् । उनले खुद्रा व्यापारीलाई रू १५ देखि रु १८ सम्ममा प्रतिकिलो गोलभेँडा बिक्री गरिरहेको बताए । तरकारी खरिद गर्न आएकी विर्तामोड–३ की चन्द्रकला आचार्य व्यापारीले भनेकै मूल्यमा किन्नुपर्ने बाध्यता भएको बताउछिन् । “मूल्य सूची छैन, एउटा पसमा गयो, एउटा मूल्य हुन्छ अर्कोमा गयो अर्कै”, उनले भनिन, ߮“एउटै तरकारीको पसलैपिच्छे फरक फरक मूल्य छ ।” जिल्लाका अधिकांश बजारमा यस्तै समस्या छ । व्यापारीले आफूखुशी मूल्य निर्धारण गरेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन् । किसानले लगानीको प्रतिफल पाउन सकेका छैनन् । कृषिथोक केन्द्रमा तरकारीको मूल्य निर्धारण गर्ने दरिलो निकाय नहुँदा व्यवसायीले आफै मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कञ्चनपुर धान जोनः उपकरणदेखि अनुदानसम्म

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई...

छ सय ११ मेट्रिकटन रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११।२ मेट्रिकटन...

रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११ दशमलब २०० मेट्रिक टन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै