logo

मुसिकोट नगरमा धमाधम सुधारका काम

गुल्मी, असार २२
स्थानीय तहको निर्वाचनसँगै जनप्रतिनिधिको आगमनले जिल्लाका गाउँनगरहरुमा सुधारका काम धमाधम रुपमा हुनथालेका छन् । जनप्रतिनिधिहरुले गुल्मीका थुप्रै स्थानीय तहका गरिब विपन्नहरुलाई उचित वासको व्यवस्था मिलाउन अभियान नै सुरु गरेका हुन् ।क्षेत्र नम्वर–१ म वस्ती सुधारको गत आर्थिक वर्षमा खासै चर्चा नपाए पनि क्षेत्र नम्वर २ मा भने सबै स्थानीय निकायमा खरको छानारहित घर बनाउने अभियान सुरुदेखि नै चलिरहेको छ । आगामी आवमा यसले थप तीव्रता पाउने देखिएको छ । सबै स्थानीय तहले गाउँमा जस्तापाता वितरण गरिसकेका छन् भने मुसिकोट नगरपालिकाबाट यस्तो शुभकाम सुरु भइसकेको छ । 
विकट थलोबाट अभियान सुरु :- मुसिकोट नगरपालिकाको सबैभन्दा विकट र सदियौंदेखि पछाडि परेको गाउँबासी हुन वडा नम्बर ९, साविक, अर्लाङ्गकोटको उर्लेनीमा रहेको दलित बस्ती । जुन बस्तीको आफ्नै ऐतिहासिक कथा छ । समुन्द्री सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेको हिलेको लेककै काँखमा आजभन्दा ५० वर्षअघिसम्म फलाम खानी सञ्चालन थियो । त्यही खानीकै छेउँ जंगलमा हालको उर्लेनी गाउँमा बाग्लुङ्गबाट फलाम खानी उत्खनन गर्न ती विश्वकर्मा समुदायका दलितहरुलाई ल्याइएको थियो । स–साना खरका झुपडीमा दिनभरी खानीमा काम गर्ने र साँझ बिहान वास मात्रै दिएर राखिएका उनीहरु खानी उत्खनन गर्न छाडिए पछि बेखर्ची बन्न पुगेका थिए । त्यही दयनीय अवस्थामा प्रतिनिधि सभा सांंसद् तथा हालका मन्त्री गोकर्णराज विष्टसहित मुसिकोट नगरपालिकाको टोलीले सहयोग गर्न थालेका छन् । उक्त गाउँमा ३३ घरधूरी समुदाय रहेका छन् । वामगठबन्धनका उमेदरवार गोकर्णराज विष्ट, मुसिकोट नगरपालिका मेयरका उमेदवार सोमनाथ सापकोटा लगायतका नेताहरुले चुनावमा गरेको प्रतिबद्धताअनुसार नै गाउँमा सुधारका काम अगाडि बढाइएको हो । गाउँमा अहिले सफा खेला मैदान र विद्यालय छन् भने पहिला धुलै फुर्सै त्यो चौरमा खेल्ने बालिकाहरु त्यहाँ स्थापना गरिएको देउराली प्राविमा स्कुल ड्रेशमा चिटिक्क परेर जाँदै गरेका भेटिन्छन् । विद्यालयमा २२ जना पूरै दलित समुदायकाविद्यार्थी अध्ययनरत छन् ।
अहिले ३३ घरधुरीलाई निलो रंगका जस्तापाता वितरण गरिएको छ भने १८ वटा चिटिक्क परेका घरहरु निर्माण भइ सकेका छन् । अरु बन्दै गर्न थालेको त्यस बस्ती सुधार कार्यक्रमका अध्यक्ष नन्दबहादुर विकले बताए । बनिसकेका घरहरुले त्यसगाउँको कुरुपतामा सुन्दरता थप्दै लगेको छ । दशैंसम्ममा त्यस गाउँमा थप सुन्दरता थपिने वडाध्यक्ष नरेशराज खरेलले बताए । त्यस टोलसहित उनको वडा नम्बर ९ मा यस आर्थिक वर्षमा ४५ वटा वस्ती सुधारका घरहरु बन्ने र अरु बाँकी करिब डेढ सयवटा खरका छाना आगामी दुई वर्ष भित्र बनाइने उनले जानकारी दिए । गाउँमा अहिले एक गाग्रो पानीका लागि दुई घण्टासम्मको उकालो ओरालो गर्ने त्यहाँका बासिन्दाका अहिले त्यही मुहानको पानी लिफ्ट गरेर माथि घर घरमा आइपुगेको छ । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरणले साविकको जिल्ला विकास समिति र अर्लाङ्गकोट गाविस समेतको साझेदारीमा कुना खरिया लिफ्टिङ्ग सिस्टम खानेपानी योजना सम्पन्न गरे पछि घर घरमा धाराको सुविधा उनीहरुले पाएका हुन् । त्यस परियोजनाका फिल्ड संयोजक कृष्ण विश्वकर्मालगायतका रहेका थिए ।
फलामखानी ब्युँतिने आशा :- त्यस गाउँका ७४ वर्षीय वृद्ध तिलबहादुर विश्वकर्मा र अर्का ६४ वर्षीय गोमबहादुर विश्वकर्मामा आजभन्दा ५० वर्र्षअघिसम्म सञ्चालनमा रहेको फलाम खानीका जीवित साक्षीहरु हुन् । उनीहरुका अनुसार खारेर फलाम बनाएपछि डोकोमा राखेर बेच्न पठाइन्थ्यो । उक्त फलाम गाउँ गाउँमा लगेर कहिले सुका धार्नी, मोर धार्नी त पछि रुपैयाँ धार्नीसम्म बेच्ने गरेको उनीहरुले सम्झिए । ३३ घरधुरीमध्ये नयाँ पिढीमा नन्द बिकले मात्रै आरने काम गर्छन् । ती वृद्धहरुका अनुसार साबिकको त्यसै अर्लाङ्गकोटको दाङसिङ्ग भन्ने गाउँको पारिपट्टि तामाखानी पनि रहेको उनीहरु बताउँछन् ।उनीहरु दुवै खानी पुनः ब्युँतिने आशामा रहेका छन् ।
अब समृद्धि :- गाउँ अब समृद्ध बन्नेमा प्रायः सबै ढुक्क देखिन्छन् । व्यवस्थित घर, शौचालय, धारा र विद्युत्ले आफूहरुको सपना पूरा हुँदै गएकाले अब समृद्धि आएको उनीहरुले सम्झिनथालदेका छन् । ग्राउड एप्पल, टिमुर लगायतको राम्रो सम्भावना यस क्षेत्रमा रहेको छ । त्यस नगरपालिकामा सोमनाथ सापकोटा मेयर छन् । उनले जतातै रकम नछरेर विशेष विशेष बस्ती छनौट गर्दै नमूना बस्ती बनाउँदै लैजाने बताए । उनका अनुसार नगरमा दशैंसम्म तीनवटै वडामा टिनका छानाले सुन्दरता थपेको देख्न पाइनेछ । त्यसबाहेक खानेपानीलगायतका समस्या पनि समाधान गर्दै जाने उनले बताए । यता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णरज विष्टले पनि क्षेत्र नम्वर २ भरी नै बढीमा आगामी तीन वर्षसम्ममा खरको छानारहित बस्ती विकास गर्ने गरी काम भइरहेको बताएका छन् । बस्ती सुधारको स्रोत अहिले स्थानीय निकाय भए पनि योजनाहरु बनाउने कुरामा सबै तहका जनप्रतिनिधिहरुबीच एकरुपता भइरहेको उनको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जुवा खेल्नेहरु प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यलयले जुवा खेल्दै गरेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । सदरमुकाम चैनपुरमा रहेको...

तेल बोक्ने ट्यांकर चालक र हेल्परले आजदेखि काम नगर्ने

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै आज आइतबारदेखि आन्दोलनलाई...

दुई हजार तीन सय ४५ भूकम्पपीडित थपिए

भूकम्पपीडितको संख्या फेरि थप भएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मङ्सिर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै