logo

वनस्पतिको उपयोग र पर्यटन आकर्षण

निनाम लोवात्ती कुलुड.
भनिन्छ, विश्वमा अझै पनि आठ हजारभन्दा बढी प्रकारका वनस्पतिहरु पाइन्छन् । स्मरणीय छ । सुरुमा विश्वमा लगभग १३/१४ हजार प्रकारका वनस्पतिहरुको अस्तित्व रहेको विश्वास गर्छन्, वनस्पति विज्ञहरु । तीमध्ये अधिकांश वनस्पतिहरु यो पृथ्वी रहेका जीवित प्राणीहरु मानव, घस्रने जीवजन्तु, उभयचर, जङ्गली जनावर, घरपालुवा जनावर तथा पशुपन्छीलगायतका जीवात्माहरुले प्राण धान्नका लागि खाने खाद्यपदार्थको रुपमा नभई नहुने आहारविहारको प्रमुख स्रोतको रुपमा रहेको छ । हुन पनि पशुपन्छी, चरा–चुरुङ्गी, घस्रने जीवजन्तुलगायतका धर्तीमा रहेका जति पनि प्राणीहरु छन् । ती सबैले खाने घाँस, झारपातलगायतका वनस्पतिहरु मान्छेले पनि खान हुन्छ । तर, स्वभावैले यो धरतीमा रहेका विभिन्न जीवजन्तु र जीवात्माहरुमध्ये मानिस अलि बुद्धिमान् भएकोले मानिसले खाद्यपदार्थलाई परिष्कृत गरेका छन् । अथवा भनौं मानिसले यो धरतीमा पाइने खाद्यपदार्थहमध्ये पनि खेतीपाती गर्न सजिलो, सहजै उपलब्ध हुने, मीठा–मसिनोे, पोषिलो, स्वादिलो, छिटो पाक्ने अन्नबाली, सागसब्जी, मरमसला, घरपालुवा जनावर, पन्छीहरुको खेतीपाती र पालनपोषण गरे । खोइ र, यो प्रसंग यही छाडौं ।
नेपालमा पनि माथि उल्लिखित वनस्पतिहरुको कुरा गर्दा तीमध्ये अधिकांश वनस्पतिहरुको अस्तित्व रहेको छ । त्यति मात्रै होइन, नेपालमा त प्राचीनकालदेखि नै हाम्रा ऋषिमुनिलगायत विभिन्न जातजातिका अगुवाहरु जस्तै सेलेमोप, मोप, नोक्छो, युमा, साम्बा, फेदाङमा, धामी–झाँक्री, लामा, वैद्यलगायत जान्ने बुझ्नेहरुले परम्परागत रुपमा यी विभिन्न खालका वनस्पतिहरुलाई मानवलगायत घरपालुवा जनावरहरुमा नभई नहुने जडीबुटी अर्थात् औषधिकोरुपमा प्रयोग गर्थे/गर्दै आएका छन् । अहिले पनि ग्रामीण भेगका अधिकांश मानिसहरु गाउँ–घरमा कुकुरले टोकेमा, सर्पले ठुँगेमा, घाँस–दाउरा गर्न, खेताला–गोठाला गर्न, वन–जङ्गल जाँदा लडेर वा ठोक्किएर खुट्टा भाँचिएमा घाउ वा चोटपटक लागेमा अस्पताल वा स्वास्थ्यचौकीमा होइन, ग्रामीण भेग/गाउँ–घरमै उपचार गर्न जान्ने अगुवाहरुकहाँ विश्वास गरेर उपचार गर्न जान्छन् । माथि उल्लिखित सेलेमोप, मोप, नोक्छो, युमा, साम्बा, फेदाङमा, धामी–झाँक्री, लामा, वैद्यहरुले परम्परागत रुपमा गाउँ–घरमै पाइने झारपात र अन्य जडीबुटीले त्यस्ता बिरामीहलाई उपचार गर्छन् । यसरी विश्वमा पाइने हजारौं हजार वनस्पतिमध्ये फूल फुल्ने प्रजातिका वनस्पतिहरुमा पनि तीन सय १२ प्रजातिका फूल फुल्ने वनस्पति त नेपालमा मात्रै पाइन्छ । यसको मतलबमाथि उल्लिखित तीन सय १२ प्रकारका फूल फुल्ने वनस्पति नेपालका अमूल्य प्राकृतिक निधि हुन् । स्मरणीय छ, हाल विश्वमा पाँच हजार तीन सय नौ प्रकारका फूल फुल्ने वनस्पतिको अस्तित्व विद्यमान रहेको छ । जसमा नेपालकोराष्ट्रिय फूल लालीगुराँस पनि पर्छ । हुन पनि नेपालमा ३२ प्रकारका गुराँस प्रजातिका फूलहरु पाइने गरेको छ । त्यसमध्ये पनि नेपालको लालीगुराँसको राजधानी मानिने तीन जुरे–मिल्के–जलजले (टीएमजे) तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्लाको सिमाना क्षेत्रमा मात्रै २८ प्रकारका गुराँस प्रजातिका फूलहरु पाइन्छ ।
यसरी नेपालमा पाइने वनस्पतिजन्य प्राकृतिक स्रोतहरुको कुरो गर्दा लेउ, झ्याउ, उन्यु, ढुसीजन्य पदार्थ, फूल नफुल्ने अन्य वनस्पतिहरु पनि नेपालमा प्रशस्तै पाइन्छ । जस्तै उन्यु पाँच सय ८०, ढुसी दुई हजार चार सय ६७, झ्याउ एक हजार दुई सय १३, सल्लाको रुख ३३, लेउ एक हजार एकलगायत वनस्पतिहरु नेपालमा रहेका छन् । माथि नै उल्लेख गरिसकिएको छ कि प्राचीनकालमा हाम्रा ऋषिमुनिलगायत विभिन्न जातजातिका अगुवाहरुजस्तै सेलेमोप, मोप, नोक्छो, युमा, साम्बा, फेदाङमा, धामी–झाँक्री, लामा, वैद्यलगायत जान्ने बुझ्नेहरुले परम्परागतरुपमा नेपालमा पाइने विभिन्न प्रकारका वनस्पतिहरुलाई मानवलगायत घरपालुवा जनावरहरुमा औषधिको रुपमा प्रयोग गर्थे/गर्दै आएका छन् । त्यस्तै अहिलेको आधुनिक युगमा पनि सरकारको मातहतमा रहेको सिंहदरबार वैद्यखाना, भारतीय बहुराष्ट्रिय कम्पनी डाबर नेपाल, पतञ्जली, हिमालयन हर्बललगायत नेपालका कैयौं निजी औषधि कम्पनीहरुले नेपालमा पाइने वनस्पतिजन्य जडीबुटीबाट औषधि बनाउने र बिक्रीवितरण गर्ने गर्दै आएका छन् । यसरी हेर्दा नेपालमा पाइने वनौषधि र जडीबुटीहरुलाई नेपाल सरकार, सामुदायिक वन, निजी क्षेत्र र व्यक्तिहरु समेत लागेर अझ व्यापकरुपमा संरक्षण, संवद्र्वन गर्ने र जडीबुटी खेती र औषधि उत्पादनमा जोड दिनुपर्ने देखिन्छ । यसो गर्नसके नेपालीको प्रतिव्यक्ति आयमा पनि बढोत्तरी हुनसक्छ ।
यसरी हेर्दा हाम्रो देश नेपाललाई विश्वकै फूल फुल्ने र नफुल्ने वनस्पतिजन्य स्रोतमा धनी देश मान्न सकिन्छ । हुन त हालका दिनमा नेपालका रहेका वनस्पतिजन्य स्रोतमध्ये ६० प्रतिशत सङ्कटापन्न अवस्थामा रहेको वनस्पतिविज्ञहरुको भनाइ रहेको छ । उता नेपाल सरकार वन मन्त्रालयअन्तर्गत रहेको वनस्पति विभाग पनि नेपालमा रहेका अतिसङ्कटापन्न १६ प्रकारका वनौषधिजन्य वनस्पतिहरुको संरक्षण र संवद्र्धन गर्नमा डटेर लागेको छ । यसरी केवल नेपालको मात्रै नभएर विश्वकै वनस्पतिजन्य प्राकृतिक सम्पदाहरुको संरक्षण र संवद्र्धन गर्न हामी सबै मिलेर र एक भएर लाग्नुपर्ने देखिन्छ । योबाहेक वनस्पतिजन्य प्राकृतिक सम्पदाहरुको संरक्षणको अर्को विकल्प छैन । साथै हामीले यी वनस्पतिजन्य प्राकृतिक स्रोतहरु विदेशी तथा स्वदेशी पर्यटकलाई देखाएर र यसको महत्व बुझाएर आय–आर्जन गर्ने गतिलो स्रोतको रुपमा पनि प्रयोग गर्न सकिने सम्भावना छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न पाएका...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै