logo

बुद्ध एयरको नयाँ एटीआर जहाज काठमाडौँमा

काठमाण्डौं, असार २१
निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एटीआर–७२–५०० नयाँ विमान भित्र्याएको छ । फ्रान्सको जहाज निर्माता एटीआर कम्पनीबाट खरिद गरिएको उक्त विमान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै बुद्धका नौवटा एटीआर विमान पुगेका छन् । यीमध्ये छ एटीआर–७२ र दुई एटीआर–४२ हुन् । बुद्धसँग दुई बिचक्राफ्ट विमान पनि छन् । फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, ओमन हुँदै विमान काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ । त्यस्तै अर्को प्रतिस्पर्धी निजी वायुसेवा कम्पनी यति एयरलाइन्ससँग एटीआर–७२ एक र एटीआर–४२ विमान छन् । अर्को चाँडै भित्र्याउने कम्पनीको तयारी छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले थपिएका एटीआर–७२ विमानबाट आन्तरिक गन्तव्यमा उडान भरिने जानकारी दिए । बुद्धले हाल १३ गन्तव्यमा उडान भरिरहेको छ । बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले यही असार १५ गतेदेखि नेपालगञ्जबाट भारतको वाराणसी सिधा उडान सुरु गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्न्याप अन ब्राण्डका ग्यारेज उपकरण नेपाली बजारमा

स्न्यापअन ब्राण्डका ग्यारेज उपकरणको आधिकारिक बिक्रेताको रुपमा श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ्ग कन्सर्न रहेको...

शिखर शुजले ल्यायो सयभन्दा बढी मोडलका जुत्ता

जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छठलगायतका चाडबाडलाई लक्षित गरेर एक...

‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेता पुरस्कृत

ओप्पोले नेपाली चाड तीजका अवसरमा आयोजित ‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै