logo

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलिया पक्राउ

काठमाण्डौं, असार २१
प्रहरीले यातायात व्यवस्थाको कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलियालाई पक्राउ गरेको छ । महागनरीय प्रहरी प्रभाग, बलम्बुले यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा छापा मारी सेवाग्राहीलाई दुःख दिने बिचौलियाहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा झापाको कनकाइ नगरपालिकाका कृष्णप्रसाद थपलिया, कलंकीका करिण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरको जावलाखेलका प्रकाश तन्डुकार, चन्द्रागिरीका अपार रिजाल, सातदोबाटोका कन्चन राई, रातोपुलका बालकृष्ण खत्री र इमाडोलका पवन तामाङ रहेका छन् । यातायात व्यवस्था कार्यालय, मोटर साइकल शाखा गुर्जुधारामा सेवाग्राहीहरुले कार्यालयबाट सिधै सेवा लिन नसक्ने परिस्थिति रहेको तथा बिचौलियाहरूले दश गुणाभन्दा बढी रकम लिएर काम गरिदिने गरेको, सिधै कार्यालयमा जान बिचौलियाहरूले नै रोक्ने गरेकोले सर्वसाधारणलाई ठूलो अन्याय भएको छ भन्ने सेवाग्राहीको गुनासो आएपछि प्रहरीले मंगलबार दिउँसो उक्त कार्यालयमा छापा मारेको थियो ।
महानगरीय प्रहरी प्रभाग बलम्बुबाट विशेष प्रहरी टोली परिचालन गरी ‘अपरेशन’ गर्दा सेवाग्राहीहरूलाई जबरजस्ती तानिरहेको र यातायात कार्यालयमा जान अवरोध गरिरहेको अवस्थामा आठ जना बिचौलियाहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान गरी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जनाएको छ । थानकोट वृत्तबाट सार्वजानिक अपराधमा म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिचौलियाहरुले विभिन्न सेवाको लागि आएका सेवा ग्राहीलाई छिटो छरितो काम गरिदिने भनी रकम माग गर्ने गरेका थिए । उनीहरुले सेवा ग्राहीहरुलाई बीच बाटोमा रोकी कार्यालयमा सिधै सम्पर्क गर्न नदिने गरेको प्रहरीले बताएको छ । बिचौलियाहरुले सेवाग्राहीसँगबाट सरकारी दस्तुरभन्दा बढी रुपैयाँ माग गरी सेवाग्राहीलाई ठग्ने गरेको प्रहरीको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपाल र चीनको पर्यटन प्रवर्द्धन गर्ने सम्झौता

नेपाल र चीनको द्विपक्षीय आर्थिक, व्यापारिक तथा पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन...

नेपाल मुद्रण उद्योग महासंघको नयाँ कार्यसमिति चयन

नेपाल मुद्रण उद्योेग महासंघको तेस्रो महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनले आगामी दुई वर्षका लागि...

रोटरी नेपाल साक्षरता अभियान !

रोटरी नेपाल साक्षरता अभियान, रिजन ७ ले इ–लर्निङ प्रोजेक्ट (जि.जि. १७५७२१२) अन्तर्गत पूर्वाञ्चल क्षेत्रमा रहेको एक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै