logo

लिची खेतीमा हुगीका किसानको आकर्षण बढ्दो

पाल्पा, असार २०
पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको छ । व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट निकासी भएको हो । किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा लिची खेती गर्न थालेसँगै जीवनस्तर माथि उठेपछि यहाँका किसानहरु आकर्षित बनेका हुन् । किसानले फलाएको लिचीलाई प्रतिकिलो रु ७० मा बोटबाट नै खरिद हुँदै आएपछि किसान खुशी छन् । पाल्पाको हुगीमा उत्पादन हुने लिची पोखरा, स्याङ्जा, रुपन्देही र पाल्पाको स्थानीय बजारमा खपत हुँदै आएको छ । हुगीमा उत्पादित लिची राम्रो भएकाले बजारका लागि समस्या नहुने लिची किसान मीनप्रसाद अर्यालले बताए । पहाडी जिल्ला पाल्पाको हुगीमा उत्पादित लिची नेपालको उत्कृष्ट रहेको यहाँका किसानको दाबी छ । हुगीमा उत्पादित लिचीको दाना बियाँ सानो हुने र लिचीको सेतो भाग बाक्लो, रसिलो हुने भएकाले यहाँको लिचीको बजार राम्रो रहेको लिची व्यवसायी दिनेश अर्यालले बताए । उनले हुगीबाट तानसेन जाने सिधा बाटो नहुँदासम्म आफूले स्याङ्जाको गल्याङ्मा लिची बोकेर बजारको खोजी गरेको बताए । कालीगण्डकी कोरिडर विस्तार भएपछि यहाँका किसान यातायातको पहुँचमा छन् ।
लिची खेती गरेका अर्जुनदेव पन्त करिब २०० बोटबाट अहिले दुई लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् । सोही स्थानका जोगबहादुर पछाई, जंगबहादुर सार्की, दुर्गाप्रसाद अर्याल, मीनप्रसाद अर्याल, बाबुराम पछाई, दानबहादुर पछाई, दीपक पछाई, अर्जुन पछाईले गाउँमा ठूलो मात्रामा लिची उत्पादन गर्न सफल भएका छन् । लिची खेतीबाट वार्षिक रु ५० हजारदेखि दुई लाख ५० हजार आम्दानी गर्ने करीब २० जनाभन्दा बढी किसान रहेका छन् । समतल र गर्मी मौसममा लिची राम्रो हुने गर्दछ । किसान पछिल्लो वर्ष लिचीखेतीतर्फ आकर्षित भएपछि आयस्रोत बढेको र रु पाँच हजारदेखि ५० हजारसम्म आम्दानी गर्ने करीब १०० घरपरिवारभन्दा बढी रहेको व्यवसायी अर्यालले जानकारी दिए । मकै उत्पादन गर्दै आएका यहाँका किसानले आगामी दिनमा मकैको बारीमा व्यावसायिक लिची खेती गर्ने सोचमा रहेका छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै