logo

यस कारण आवश्यक छ, नेपालमा औद्योगिकीकरण

गम्भीर बहादुर हाडा
अल्पविकसित अथवा विकासोन्मुख देशमा प्राकृतिक साधनहरूको उपयोग भएको हुँदैन । जस्तै खनिज पदार्थ, वन, सौर्य शक्ति, जलसम्पदा तथा प्राकृतिक साधनहरूको उपलब्ध भएको हुन्छ । विकासशील देशहरूमा उपलब्ध भएका प्राकृतिक साधन तथा स्रोतहरूको उपयोग नै हुन नसकी अथवा केवल अर्ध उपयोग मात्रमै दुरूपयोग भइरहेका हुन्छन् । यस्ता मुलुकहरूमा उपलब्ध हुन सक्ने कतिपय प्राकृतिक साधन तथा स्रोतको अनभिज्ञताको कारण त्यस्ता देशहरू साधन तथा स्रोत हिन जस्ता बन्न पुगेका हुन्छन् । नेपाल जलस्रोतमा विश्वमा दोस्रो धनी देश हो मानिए पनि धेरै कम मात्र विद्युत् शक्तिको विकास गर्न सकेको छ । अल्पविकसित मुलुकहरूमा उपलब्ध भएका प्राकृतिक साधनहरूलाई उपयोग गर्न नसकेको खास कारणहरूमा उच्च प्रविधिको अभाव, अदक्ष जनसमुदाय, पुँजीको अभाव नै हुन् । प्रो. कुरिहाराको विचारधाराअनुसार ‘अल्पविकसित मुलुकहरू प्रचुरमात्रामा प्राकृतिक साधन सम्पन्न मुलुकहरू हुन् । तर आवश्यक प्रविधि र पुँजीको अभावमा तिनीहरूलाई विकास गर्न सकिएको हुँदैन र तिनीहरू साधन र स्रोत नभएका गरिब मुलुकहरू जस्ता देखिन्छन् ।’ वर्तमानमा प्राकृतिक सम्पदाहरूमा अल्पविकसित मुलुकहरूले अर्थपूर्ण उपयोग गर्न सके पनि भविष्यमा क्रमशः आफ्नो अर्थतन्त्र मजबुत बनाउन सकिन्छ । भारतमा कृषियोग्य भूमिमध्ये नौ करोड एकड भूमि बाँझो रहन गएको छ भने त्यहाँ खान नपाएर वर्षेनी हजारौं मानिसहरू मरिरहेका छन् । नयाँ औद्योगिक नीति २०६७ मा उल्लेख गरिएअनुसार परम्परागत तथा अन्य घरेलु उद्योगको व्याख्या गरेअनुसार परम्परागत सीप र प्रविधि प्रयोग गर्ने, स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधिमा आधारित औजार उपकरण उपयोग गर्ने, देशको कला र संस्कृतिसँग सम्बद्ध र १० किलोवाटसम्म विद्युत् शक्ति प्रयोग गर्ने उद्योग व्यवसायलाई परम्परागत तथा अन्य घरेलु उद्योग भनिन्छ । परम्परागत तथा अन्य घरेलु उद्योग भन्नाले निम्न शीर्षकहरु यसअन्तर्गत पर्दछन् । ह्यान्ड लुम, पेडल लुम, सेमी–अटोमेटिक लुम, कपडा वार्पिङ, परम्परागत प्रविधिबाट गरिने रंगाइ, छपाइ, सिलाइ –तयारी पोसाकबाहेक) र बुनाइ । ऊन र रेशममा आधारित हाते बुनाइका राडी पाखी, गलैंचा, पस्मिना, पोसाक । हाते कागज र सोमा आधारित वस्तु । परम्परागत कलामा आधारित वस्तु परम्परागत मूर्तिकला तामा, पित्तल, ढलौट, काँस र जर्मन सिल्भरजस्ता धातुबाट हस्तनिर्मित भाँडावर्तन तथा हस्तकलाका सामान । फलामबाट बनेका हस्तनिर्मित भाँडा वर्तन तथा घरायसी प्रयोगका चक्कु, चुलेसी, खुकुरी, हँसिया, कुटो र कोदालोजस्ता परम्परागत औजारहरु । सुन, चाँदीबाट हस्तनिर्मित गरगहना, वस्तु, भाँडा वर्तनहरु –बहुमूल्य, अर्धबहुमूल्य तथा साधारण पत्थर जडान भएकासमेत । स्वदेशमा उपलब्ध किमति, अर्धकिमति तथा साधारण पत्थर कटाई उद्योग । ग्रामीण ट्यानिङ÷छालाबाट हस्तनिर्मित वस्तुहरु । जुट, सवाइ घाँस, चोया, बाबियो, सुती धागो, अल्लो आदि प्राकृतिक रेशामा आधारित उद्योग । पत्थरकला (ढुंगा कुँदी बनाइएका सामानहरु) । पौभा, थाङ्का चित्र र अन्य परम्परागत चित्रकला । मुकुन्डो तथा परम्परागत संस्कृति दर्शाउने पुतली र खेलौना । परम्परागत संस्कृति, बाजागाजा र कला दर्शाउने विभिन्न प्रकारका हस्तकलाका वस्तु । काठ, हाड, सिङ तथा माटो, चट्टान र खनिजका कलात्मक वस्तुहरु । सेरामिक्स तथा माटाका भाँडाकुँडा ।
कृषि क्षेत्रमा यान्त्रीकरण गर्न औद्योगिक विकासले निकै मद्दत गर्दछ । कृषि कार्यको लागि आवश्यकीय औजारहरू पनि उद्योगबाट तयार गरिन्छन् । यसरी औद्योगिक विकासले कृषिको दु्रततर विकास गर्न सहयोग गर्दछ । ठूला उद्योगको विकासले आधुनिक किसिमबाट कृषि उत्पादन गर्नलाई चाहिने रासायनिक मल, आधुनिक कृषि औजारहरू, कीटनासक औषधि आदिको उत्पादन गरी कृषि विकास कार्यमा सहयोग पु¥याउने गर्दछ । नेपालको व्यापार घाटा वर्षेनी बढ्दैछ । यसले देशको आर्थिक विकासमा ठूलो समस्या खडा गरेको छ । निरन्तर बढ्ने नेपालको व्यापार घाटाको मुख्य कारण यहाँ दैनिक आवश्यकताका वस्तुहरूको पूर्ति पनि विदेशबाट पैठारी गरी पूरा गर्नु हो । अतः बढ्दो व्यापार घाटाको पूर्ति गर्न नेपालमा औद्योगिक विकासबाट मात्र सम्भव छ ।
औद्योगिक विकासले देशको आयात घटाएर निर्यातमा वृद्धि गर्दछ जसले गर्दा विदेशी मुद्राहरुको सजिलैसँग आर्जन गर्न सकिन्छ । यसैले वैदेशिक व्यापारमा सन्तुलन ल्याउँछ । विदेशी मुद्रा प्राप्तिको एउटा प्रमुख साधन श्रमलाई औद्योगिकीकरण गर्नु हो । औद्योगिक सरसामानहरु विभिन्न देशमा निर्यात गरी धेरै विदेशी मुद्रा कमाउन सकिन्छ । ठूला उद्योगबाट उत्पादित वस्तुहरुले देशलाई आत्मनिर्भर बनाउने हुनाले देशको अमूल्य धन खर्च गरी विदेशबाट वस्तुहरु आयात गर्नुपर्ने बाध्यतालाई कम गर्छ । साथै स्वदेशमा उत्पादित वस्तुहरु विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नसमेत मद्दत मिल्छ । फलतः यसले विदेशी मुद्रा सञ्चय र वृद्धि गराउँछ । देशको विभिन्न भागमा विद्यमान शिथिल राष्ट्रिय साधनहरुको आर्थिक उपयोग पनि औद्योगिकीकरणले गर्दछ । यसले गर्दा देशको चौतर्फी विकास हुन्छ । नेपालमा जङ्गल, जलशक्ति, खनिज वस्तु आदि । धेरै किसिमका प्राकृतिक साधनहरु छन् । ठूला उद्योगहरुको विकासले ती सबै प्राकृतिक साधनहरुको राम्रो विकास गर्न सकिन्छ । राष्ट्रिय साधनहरु खेर जान पाउँदैन । औद्योगिकीकरणले आधुनिक हात हतियार निर्माण गर्दछ । अतः युद्धकालमा देशले शत्रुको सामना गर्न समर्थवान् हुन्छ । देशलाई विदेशी आक्रमणबाट रक्षा गर्न पर्याप्त औद्योगिकीकरणको जरुरत छ । आधुनिक किसिमका शस्त्र–अस्त्र हात हतियार सबै औद्योगिक विकासबाट नै उत्पादन गर्न सकिन्छ । यसैले देशलाई बाहिरी आक्रमणबाट रक्षा गर्नको निमित्त पनि औद्योगिक विकासको जरुरत पर्दछ । देशको विकास कार्यको लागि नभई नहुने निर्माण सामग्रीहरु, मेसिन कलपुर्जाहरु तथा खानीको विकास साना उद्योगबाट सम्भव हुँदैन । तसर्थ ठूला उद्योगको विकासबाट सिमेन्ट, फलाम, विभिन्न खानीहरु, मेसिन कलपुर्जाहरु आदि किसिमको विकासका लागि चाहिने आधारभूत अत्यावश्यक निर्माण सामग्रीको उत्पादन गराई देशलाई विकास कार्यमा अगाडि बढाउँदछ । एकथरी अर्थशास्त्रीहरुको भनाइअनुसार अल्पविकसित देशले सबैभन्दा पहिले आधारभूत उद्योगहरुको विकासमा जोड दिने हो भने देशको आर्थिक विकास गर्न सुगम हुन्छ । आधारभूत उद्योगको स्थापना गर्दा भने ठूलोस्तरमा नै गर्नुपर्ने हुन्छ । अर्थात् आधारभूत वस्तुहरु देशमा उत्पादन गर्न मझौला तथा ठूला उद्योगहरुको आवश्यकता पर्दछ ।
भू–वैज्ञानिक सर्भेक्षण तथा अनुसन्धान कार्यअन्तर्गत यस विभागले देशको सम्पूर्ण पुग्न सकिने विशेषत चुरे पहाड, महाभारत शृङ्खलाको सम्पूर्ण भाग र उच्च हिमाली क्षेत्रको केही भागहरूको प्रथम चरणको भौगर्भिक सर्भेक्षण कार्य पूरा गरी दोस्रो चरणको नक्साङ्कन सुरू गरेको छ । व्यवस्थित सहरी विकास र फोहर मैला व्यवस्थापनका लागि भू–इन्जिनियरिङ तथा भू–वातावरणीय अन्वेषण कार्य काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, हेटौंडा, धरान, विराटनगर, सुर्खेत, नेपालगञ्ज, जनकपुर र धनगढीको सर्भेक्षण कार्य सम्पन्न भएको छ । हिमाली शृङ्खलाको भूकम्पीय अध्ययन गर्न साइस्मिक स्टेसन स्थापना गरी भूकम्पको निगरानी तथा रेकर्ड गरी डाटाहरू सङ्कलन गर्ने र उक्त डाटाहरूको विश्लेषण गरी सोको आधारमा भविष्यमा आउन सक्ने भूकम्पहरूको पुनरावृत्ति समय र हिमालयको बनोटबारे अनुसन्धान गर्ने काम भइरहेको छ ।
विगतमा राजनैतिक संक्रमण, बन्द हडताल र विद्युत् आपूर्तिमा कमीको कारण औद्योगिक उत्पादनको विकासले गति लिन सकेको छैन । पछिल्लो समयमा विद्युत् आपूति सहज भए पनि औद्योगिक वस्तुको उत्पादन र उत्पादकत्व प्रतिस्पर्धी हुन सकेको छैन । दुई दशकअघि कुल गाहस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान करिब १० दशमलव शून्य प्रतिशत रहेकोमा घट्दै गएर चालू आर्थिक वर्षमा पाँच दशमलव चार प्रथितशतमा सीमित हेने अनुमान छ । चालू आर्थिक वर्ष २०७४/२०७५ को प्रथम आठ महिनासम्म उद्योग विभागमा दर्ता भएका उद्योग संख्याको आधारमा ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १३ दशमलव छ प्रतिशत, २२ दशमलव दुई प्रतिशत र ६४ दशमलव दुई प्रतिशत रहेको छ । यस्तै कुल लगानीको आधारमा ठूला मझौला र साना उद्योगको अशं क्रमशः ८५ दशमलव आठ प्रतिशत, नौ दशमलव तीन प्रतिशत र चार दशमलव नौ प्रतिशत छ । प्रतिउद्योग औसतमा ७७ जनालाई रोजगारी प्राप्त हुनेगरी प्रस्ताव भएको छ । चालू आर्थिक वर्षको प्रथम आठ महिनासम्ममा दर्ता भएका उद्योगमध्ये प्रदेश नं. ३ मा दुई तिहाइ उद्योग रहेका छन् भने सबैभन्दा कम उद्योग कर्णाली प्रदेशमा रहेका छन् । उद्योगको लगानीको आधारमा सबैभन्दा बढी लगानी प्रदेश न ३ मा भएको छ । भने सबैभन्दा कम लगानी प्रदेश नं. ७ मा भएको छ । उत्पादनमूलक उद्योग कृषि तथा वन्यजन्तु उद्योग, सेवा उद्योग ऊर्जामूलक उद्योग पर्यटन विकास र निर्माण उद्योग प्रदेश नं. ३ मा सबैभन्दा बढी दर्ता भएका छन् खनिज उद्योगको संख्या प्रदेश नं. ५ मा सबैभन्दा बढी छ । सूचना, प्रविधि र प्रसारणमा आधारित उद्योग प्रदेश नं. ३ मा मात्र दर्ता भएका छन् । चालू आर्थिक वर्षको प्रथम आठ महिनासम्ममा दर्ता भएका उद्योगमध्ये संख्याको आधारमा उत्पादनमूलक उद्योगको हिस्सा ३८दशमलव नौ प्रतिशत रहेको छ । सेवामूलक उद्योगको अंश २७ दशमलव आठ प्रतिशत र पर्यटन उद्योगको अंश २१ दशमलव शून्य प्रतिशत रहेको छ । बाँकी हिस्सा अन्य क्षेत्रका उद्योगको रहेको छ । चालू आर्थिक वर्षको प्रथम आठ महिनासम्म लगानीको प्रतिबद्धताको हिसाबले कुल औद्योगिक लगानीको ५४ दशमलव एक प्रतिशत लगानी ऊर्जामूलक उद्योगमा र दोस्रो ठूलो लगानी २४ दशमलव एक प्रतिशत उत्पादनमूलक उद्योगमा रहेको छ । कृषि तथा वनजन्य उद्योगमा कुल लगानीको एक दशमलव पाँच प्रतिशत मात्र प्रतिबद्धता रहेको छ । विगत पाँच वर्षमा सञ्चालनका लागि स्वीकृति प्राप्त उद्योगको विश्लेषण गर्दा आर्थिक वर्ष २०७०/७१ देखि २०७२/७३ सम्म उद्योगमा पुँजी लगानीको अवस्था घट्दो क्रममा रहेको थियो । भने आर्थिक वर्ष २०७३/२०७४ बाट बढ्दै गई चालू आर्थिक वर्षको प्रथम आठ महिनामा पुँजी लगानीको प्रतिबद्धता उत्साहप्रदरुपमा वृद्धि भएको छ ।
वर्तमान चौधौं योजना २०७३/२०७४ र २०७५/२०७६ मा उद्योग
सोच :- अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदानमा वृद्धि गरी आर्थिक रूपान्तरण र सुदृढ अर्थतन्त्रको निर्माण । लक्ष्य औद्योगिक क्षेत्रको विकास र विस्तारद्वारा रोजगारीमा वृद्धि, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रको अभिवृद्धि गर्नेे ।
उद्देश्य
१. उद्योग क्षेत्रको उत्पादन वृद्धि गरी कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान बढाउनु ।
२. औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी वृद्धि गरी रोजगारीको अवसर सिर्जना गर्नु ।
३. औद्योगिक वस्तुहरूको निर्यात वृद्धि गरी व्यापार घाटामा कमी ल्याउनु ।
रणनीति
१. उद्योगहरूलाई आवश्यक पर्ने पूर्वाधारको व्यवस्था गर्न नीति निर्माण र कार्यान्वयनमा जोड दिने ।
२ स्थानीय स्रोत एवं सीपको उपयोग गरी लघु, घरेलु, साना, मझौला तथा ठूला उद्योगको स्थापना र सञ्चालनलाई प्रभावकारी बनाउने ।
३. अन्तरप्रदेश तथा प्रदेश र सङ्घबीचको औद्योगिक अन्तरसम्बन्ध सुदृढ गरी सन्तुलित विकासमा उद्योग क्षेत्रको योगदान बढाउने ।
४. गैरआवासीय नेपालीहरूलाई लगानीमा प्रोत्साहन गर्न नीतिगत व्यवस्था गर्ने ।
५. लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक नीति तथा ऐनको परिमार्जन र तर्जुमा गर्ने ।
६. तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी गुणस्तरयुक्त एवं प्रतिस्पर्धात्मक औद्योगिक वस्तुको निर्यातलाई बढावा दिने ।
आर्थिक विकासको संवाहक उद्योग क्षेत्र भएको हुँदा लगानीको मार्ग प्रशस्त गर्न निजी क्षेत्रको भूमिकालाई अघि बढाउनु आवश्यक छ । त्यसैले उदार तथा बजारमुखी अर्थतन्त्रका लागि आवश्यक पर्ने नीतिगत र संस्थागत क्षमतामा वृद्धि गर्नु आवश्यक छ । नीति असल हुँदाहुँदै पनि कार्यान्वयन कमजोर रह्यो भने अपेक्षित प्रतिफल प्राप्त गर्न सक्दैन । औद्योगिक लगानीको लागि अन्य कुराहरूका अतिरिक्त सुरक्षाको प्रत्याभूति पहिलो शर्त हो । विश्वव्यापीकरणको माध्यमबाट नजिकिएको विश्वमा आर्थिक गतिविधिहरूले अन्तरदेशीय सीमा–अवरोधहरूलाई पार गरिसकेको हुँदा पुँजी तथा प्रविधिको प्रवाह निर्वाधरूपमा हुन सक्छ । तर, यसको लागि लगानी सुरक्षाका साथै लगानी मैत्रीपूर्ण वातावरणको सिर्जना गर्नु सर्वाधिक महत्वपूर्ण चुनौती रहेको छ । नेपालको औद्योगिक विकासमा बदलिंदो परिवेशअनुरूप विद्यमान नीतिहरूमा आवश्यक सुधार लगानी–मैत्री वातावरणको सिर्जना, पुँजीको व्यवस्थापन, औद्योगिक अनुसन्धान तथा विकासलगायत औद्योगिक विकासलाई सहयोग हुने सुधारात्मक कार्यहरूको विस्तार चुनौतीपूर्ण रूपमा रहेको छ । यसको साथसाथै शान्ति सुरक्षाको बिग्रँदो स्थिति क्रममूल्य अभिवृद्धि हुने उद्योगमा बढी लगानी, गुणस्तरमा उचित नियन्त्रणको कमी जस्ता प्रमुख आन्तरिक कारण र अन्तर्राष्ट्रिय जगतमा देखा परेको आर्थिक मन्दी तथा आतंककारी घटनाहरूले औद्योगिक उत्पादनमा नकारात्मक असर पारेको छ । प्रमुख निर्यात उद्योगहरूमध्ये गुणस्तरयुक्त पारस्परिक ऊनी वस्तुबाट तयार पारिएका गलैंचाको उत्साह वद्र्धन निकासी भइरहेकोमा गुणस्तरहीन ऊनको प्रयोग, नक्कली गलैंचाको पैठारी र नेपाली ऊनी निकासीमा हुने कालोबजारी स्थिति, बालश्रम आदिको कारणबाट गलैंचा उद्योगमा प्रतिकूल प्रभाव पारेको छ । त्यस्तै राष्ट्रिय विकासका लागि उच्चतम प्रतिफल हासिल गर्न प्रतिस्पर्धात्मक र खुला बजारको विकास र निजी क्षेत्रको भूमिका आधिकारिक बनाउनु पर्ने हुन्छ । निजी क्षेत्रलाई औद्योगिक विकासमा सक्रिय बनाउन सकेको छैन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...

नेपाली समाज र महिला

भनिन्छ, महिला यो धर्तीका सृष्टिकर्ता हुन् त्यतिमात्र होइन महिला वात्सल्यकी खानी हुन् । बालबालिकाको पहिलो...

विकासका लागि सञ्चार किन आवश्यक छ ?

साधारण बोलीचालीमा सञ्चार भन्नाले उस्तैउस्तै दुई व्यक्तिबीच भएको सूचना प्रवाह हो । सञ्चार भन्नाले कुनै...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै