logo

नेपाली राजनीतिमा युवाको भूमिका

नन्दलाल खरेल
सामान्यरुपमा हेर्दा युवा भन्नाले जवानीले नछोडेको तर बुढ्याइँले नछोएको भन्ने बुझिन्छ । मानव जीवनको सबैभन्दा गतिशील अवस्था युवा हो । युवा इतिहासका सर्जक युगका अग्रगामी तागत, क्रान्तिका वाहक तथा देशका रक्षक हुन् । त्यतिमात्र होइन युवा आर्थिक उत्पादन र विकासका मेरुदण्ड पनि हुन् । युवा स्वयंमा कुनै वर्ग होइन । मानव जीवनको एउटा उमेर समूहको तप्का हो । माओले युवातर्फ सङ्केत गर्दै भनेका थिए, ‘संसार तिमीहरुकै हो किनकि तिमीहरु उदाउँदो सूर्य हौ भने हामी अस्ताउँदो’ माओको भनाइले पनि माओ युवाको भूमिकाप्रति कति आश्वस्त थिए भन्ने स्पष्ट हुन्छ । विश्वव्यापीरुपमै युवा कसलाई भन्ने दुविधाहरु आए पनि हाम्रो युुवा तथा खेलकुद मन्त्रालयले (१५–२९) वर्ष सम्मका व्यक्तिलाई युवा मानेको देखिन्छ । नेपालमा जनसंख्याको झण्डै ४० प्रतिशत युवाहरुले ओगटेको छ । विद्यार्थी, किसान, मजदुर, महिला, शिक्षक, लेखक, कलाकार, डाक्टर, बुद्धिजीवी, उद्योगपति, कर्मचारी, पत्रकार, समाजसेवी, राजनैतिक नेता, कार्यकर्ता आदि क्षेत्रमा रहेको ठूलो हिस्सा युवाहरुको नै छ । देशको प्रायः सबै क्षेत्रहरुमा युवाहरुको भूमिका जिम्मेवारीको स्तरले मुलुकको भाग्य र भविष्य निर्धारण गर्दछ ।
हाम्रो समाज ढुंगे युग, दास युग, सामन्ती निरङ्कुशता, एकात्मकता पछौटेपन हुँदै पुँजीवादी लोकतन्त्र, संघीयता, आधुनिकताको नयाँ युगमा सङ्क्रमणको अवस्था छ । वर्गीय समाजमा हरेक चिज वर्गीय हुने भएकोले वर्गबाट आएका हुन्छन् । यसअनुसार युवाहरुको पक्ष समर्थनका हिसाबले वा वर्ग संर्घषका क्रममा उनीहरुको भूमिका आधारमा बुझ्नुपर्दछ । राजनीतिक दलको मेरुदण्ड भनेकै युवाशक्ति हो । राजनीतिक दलमा युवा नहुँदो हो त सबै राजनीतिक दल अपांग हुने थियो होला । राजनीतिक दलको नेतृत्वले मुलुकको नेतृत्व गर्ने जिम्मेवार युवाशक्तिको काँधमा सुम्पिदिएको भए आज मुलुक र नेपाली जनताको मुहार परिवर्तन हुने थियो कि ? नेपालको नवऔपनीवेशिक र अर्धसामन्ती अवस्थाका कारण कृषिको औद्योगिकीकरणमा समस्या खडा भएको छ । जसको परिणाम ठूलो संख्यामा शिक्षित, अर्ध–शिक्षित युवाहरु भयानक ठूलो बेरोजगारीको चपेटामा परेका छन् । हाल दैनिक १२ देखि १५ सयभन्दा बढी युवाशक्ति कामको खोजीमा खाडी तथा अन्य मुलुकहरुमा गइरहेका छन् । यो शक्ति विदेशिनु राष्ट्रिय हिसाबले राम्रो होइन । वैदेशिक रोजगारी स्वदेशमा राष्ट्रिय उद्योग विकास नहुँदासम्म र रोजगारी नहुँदासम्मको अल्पकालीन विकल्प मात्र हो । यसरी देश उकालो लाग्दैन, देशभित्रै रोजगारी र उत्पादन बढाएर युवा शक्ति पलायन हुनबाट रोक्नुपर्छ । भारत, पाकिस्तन, बंगलादेश जस्ता दक्षिण एसियाली मुलुकबाट वैदेशिक रोजगारीमा जाने मानिसको संख्या कुल जनसंख्याको करिब तीन प्रतिशत छ तर नेपालबाट झण्डै १५ प्रतिशत जनसंख्या वैदेशिक रोजगारीमा परनिर्भर छ । यो लाजमर्दो कुरा हो ।
आज देशमा बेरोजगारी, महँगी, भ्रष्टाचार, कमिसनतन्त्र, लैंगिक हिंसा, राष्ट्रघात, चोरी डकैती, हत्या, हिंसा, राजनैतिक भ्रष्टाचार, क्षेत्रीय असमानता, आदि विषयले मुलुक आक्रान्त छ । मुलुकको यो अत्यन्त दयनीय र जटिल अवस्थामा हामी युवाहरुको विशेष भूमिकाको माग गरेको छ । १०४ वर्षे राणा शासनको अन्त्यको संघर्षमा सर्वप्रथम चार युवा सहिदहरु गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दको बलिदान उल्लेखनीय छ । २००७ सालको राजनीतिक क्रान्ति, २०३६ सालको आन्दोलन, २०४६ सालको जनआन्दोलन –१, माओवादीद्वारा सञ्चालन गरिएको सशस्त्र संघर्ष, ०६२/६३ को जनआन्दोलनमा युवाहरुको वरिता, सौर्य, बलिदान, आत्मउत्सर्गका शृङ्खला सर्वथा स्मरणिय छ । विगतमा भएको प्रायः सबै आन्दोलनका नेतृत्वकारी शक्ति अहिले सत्ताका सञ्चालक बन्न पुगेका छन् । विगतमा उनीहरुले गरेका वाचा र प्रतिबद्धताप्रति पिठ्युँ फर्काएका छन् र यथास्थितिवादी बन्न पुगेका छन् । मुलुकमा रोजगारीको अवसर नहुँदा कामको लागि विदेश जाने युवा संख्याको तथ्यांक डर लाग्दो छ । पछिल्लो हरेक वर्षमा रोजगारीका लागि पलायन हुने युवाको संख्या छ लाखभन्दा बढिरहेको तथ्याङ्कले देखाउँछ । सरकारले हालसम्म रोजगारीका लागि एक सय १० भन्दा बढी मुलुक खुला गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा बढी कतार, दोस्रोमा साउदी अरब र तेस्रो स्थानमा मलेसिया गएका छन् । विदेश पलायन हुने युवा विभिन्न म्यानपावरका दलालबाट ठगिने गरेका छन् । यो क्रम घट्नुको सट्टा बढ्दो छ । कतिपय म्यानपावर कम्पनी र सरकारका सम्बन्धित निकायको मिलिभगतमा यस्तो कार्य हुँदा समस्या घट्नुको सट्टा बढेको हो । नेपाली कामदारका लागि सबैभन्दा उत्तम मानिएको पहिलो गन्तव्य मलेसियामा रोजगारीको लागि थप अवसर सिर्जना भएसँगै विदेश पलायन हुनेको संख्या बढेको हो । मलेसियामा कामदारले तिर्दै आएको लेबी पनि कम्पनीले नै तिर्ने गरेको निर्णयसँगै अझै यो संख्या बढ्ने अनुमान विगतको छ । अहिले नेपालीका लागि पहिलो गन्तव्य बनेको कतारमा भने कामदारले बढी दुःख गर्नुपर्ने हुन्छ । मलेसियासहित कतार, साउदी अरब, दुबई, ओमन र बराइनमा कामदार पठाउँदा म्यानपावर कम्पनीले फ्री भिसा र टिकट उपलब्ध गराउनुपर्ने व्यवस्था छ । म्यानपावर कम्पनीले यी देशमा कामदार पठाउँदा सेवा शुल्कबापत मात्र १० हजार रुपैयाँ लिनुपर्ने व्यवस्था छ । तर, म्यानपावर कम्पनीले कामदारसँग १० देखि १५ गुणा अर्थात् एकदेखि एक लाख ५० हजारसम्म लिइरहेका छन् । सरकारी निकायमा पेस गर्ने कागजका लागि भने १० हजार रुपैयाँको रसिद काट्ने गरेका छन् ।
नेपालको अर्थतन्त्रको एक तिहाइ आधार रेमिट्यान्स देखिएको छ । यसलाई सधैँ यही अवस्थामा राख्नु हुँदैन । किनभने यसले मुलुकलाई पर निर्भरता बढाउनेछ । वैदेशिक रोजगारी स्वदेशमा राष्ट्रिय उद्योग विकास नहुँदासम्म र रोजगरी नहुँदासम्मको अल्पकालीन विकल्प मात्र हो । हाल दैनिक झण्डै एक हजार पाँच सय युवा हरेक दिन विदेशिने गरेका छन् । । कुल जनसख्या युवाशक्ति विदेशिनु राष्ट्रिय हिसाबले राम्रो होइन । नेपालले आफ्नो उत्पादनशील जनसख्याको लाभ लिएर ३७ वर्षभित्र विकास गरेन भने त्यसपछि काम गर्न नसक्ने वृद्ध समाजमा रुपमान्तरित हुने राष्ट्रिय योजना आयोग र युनिसेफले संयुक्तरुपमा गरेको अध्ययनको प्रतिवेदनले जनाएको छ । युवाहरु स्वभावले विद्रोही हुन्छन् । अहिले प्रतिक्रियावादी राज्य सत्ताले युवाहरुको विद्रोही स्वभाव र चेतनालाई मत्थर र कमजोर पार्ने तथा शोषणकारी राज्यसत्तालाई बचाइ राख्न पाश्चात्य पुँजीवादी छाडा, यौनवादी उच्छृङ्खल संस्कृति तथा सामन्ती संस्कृतिलाई बढावा दिने गलत नीति अवलम्बन गरेको छ । युवाहरुको सिर्जनात्मक, विद्रोही स्वभाव, अन्याय अत्याचारका विरुद्ध लड्ने ताकतलाई निराश ऊर्जाहीन, विदेश पलायन बनाउने राज्य सत्ताको कसरत अन्ततः दिवा सपना हो । अर्कोतिर देशका झण्डै ४० लाख युवालाई वैदेशिक रोजगारीका नाममा विदेश पलायन गराएर क्षणिकरुपमै भए पनि शोषणकारी राज्य सत्ताको रक्षा गर्ने कुत्सित चाल चलेको छ । देश चलाउने मुख्य मेरुदण्ड युवा शक्तिलाई देशमै रोजगारी सिर्जना गर्नुको सट्टा रेमिट्यान्सबाट देश चलाउने घृणित, नालायक नीतिले देश संसारकै सबैभन्दा कंगाल राष्ट्रको रुपमा दर्ज भएको छ ।
शिक्षामा भएको निजीकरण र व्यापारीकराणको नीतिले दुई खाले युवा जनशक्ति उत्पादन गर्ने काम गरेको छ । यो नीतिले शोषक र धनी वर्गका लागि मात्र शिक्षा दिने तर बहुसंख्यक ग्रामीण तथा गरिब वर्गका युवाहरुलाई शिक्षाबाट वञ्चित गर्ने र विदेशीको गुलाम बन्न बाध्य बनाउने षड्यन्त्र सबैका लागि छर्लङ्ग छ । विद्यार्थी समुदाय सबैभन्दा सचेत, जागरुक, संगठित र संघर्षशील समूह हो । राज्यको गलत शिक्षा नीतिले ठूलो संख्यामा शिक्षित बेरोजगार उत्पादन गरिरहेको छ । शिक्षा क्षेत्रमा भएको विकृति, विसंगति हटाउँदै शिक्षालाई श्रमसँग जोड्ने उत्पादमुखी, वैज्ञानिक, व्यावहारिक बनाउन तथा शैक्षिक क्षेत्रभित्र पर्याप्त पूर्वाधारहरु प्रयोगशाला, छात्रावास । खेलकुद सामग्री आदिको प्राप्तिका लागि युवा विद्यार्थी स्वयं संगठित हुनुपदर्छ । विशेषतः परीक्षा प्रणाली अत्यन्तै अवैज्ञानिक प्रकारको भएकोले त्यसभित्रको उत्तीर्ण शिष्टम खारेज गरी ग्रेडिङ सिस्टम लागू गर्न व्यापक विद्यार्थीलाई सचेत बनाउँदै जानुपर्दछ । विद्यार्थी युवाहरुमा भएको ऊर्जा, उत्साहलाई नेपालको साम्यवादी आन्दोलन र वर्ग संघर्षमा सहमति बनाउँदै माक्र्सवाद, लेलिनवाद, माओविचार धाराका वैज्ञानिक सिद्धान्तद्वारा शिक्षित बनाउँदै लानुपर्दछ । सामान्तवादी तथा पुरुषप्रधान समाजका कारण नेपाली युवा महिलाको अवस्था अत्यन्तै निरीह र चिन्ताजनक छ । पुरुषमाथि आश्रित अवस्थाले महिलाहरुलाई अर्ध दासताको जञ्जिरमा बाँधेको छ । जन्मैदेखि महिलामाथि भेदभाव सुरु हुन्छ र परिवारमा छोराछोरीबीचमा भेदभावपूर्ण स्कुलिङ थोपरिन्छ । महिलाहरुको स्वतन्त्र गतिविधिमा अंकुश लगाउँदै सामान्य वैयक्तिक स्वतन्त्रतालाई छिन्ने काम गरिन्छ । महिलाहरुको सम्पत्तिमाथिको अधिकारमा व्यावहारिकरुपमा हक स्थापित गर्ने कुरा चुनौतीपूर्ण छ । त्यसैले पुरुषप्रधान सामन्ती समाजको अन्त्य र न्यायपूर्ण जनवादी सत्ता स्थापनाका लागि महिला आन्दोलन उठाउन पहल गर्नुपर्दछ ।
आज मुलुकमा अल्पसंख्यक तथा पिछडिएका जनजातिहरु राई, लिम्बु, तामाङ, मगर, दनुवार, सन्थाल, राउटे, चेपाङ, जिरेल आदि जातिका युवाहरु शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक अवस्थाबाट अत्यन्तै पिछडिएका छन् । कथित ठूला दलहरुका भोट बैंकको रुपमा प्रयोग गर्दै उनीहरुमाथि नै शोषण र अत्याचार लाद्ने काम गरेका छन् । जनजातिका आफ्ना मौलिक भाषा, संस्कृतिलाई साम्राज्यवादी हस्तक्षेप तथा राज्यको भेदभावपूर्ण नीतिका कारण लोप हुँदै गएको छ । त्यसको विरुद्ध व्यापकरुपमा जनजातिहरुलाई संगठित गर्न र संघर्षमा सहभागी गराउनुपर्दछ । देशमा दलित तथा दलित युवाहरुमाथि हुने गरेको छुवाछुत, भेदभाव, शोषण, दमन, उत्पीडनको कथा अत्यन्तै भयावह र डरलाग्दो छ । उनीहरुमाथि सामाजिक सम्मान दिलाउन तथा छुवाछुत प्रथालाई अन्त्य गराउन कडाभन्दा कडा सघंर्षको आवश्यकता पर्दछ । आज राज्यले युवाहरुलाई पथभ्रष्ट व्यक्तिवादी नालायक र दास मनोवृत्ति विकास गराउन तथा विद्रोही चेतलाई समाप्त पार्न गरेका सम्पूर्ण हत्कण्डालाई चिर्नु अहिलेको आवश्यकता हो । युवाहरुलाई सर्वहारावादी विश्व दृष्टिकोण र नैतिकता विकास गराउन जोड दिनुपर्दछ ।
अन्त्यमा सरकारले युवालाई विदेश पठाएर गर्व गर्नेभन्दा देशभित्र रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनुपर्छ । कृषिको औद्योगीकरण गर्नुपर्छ । रोजगारी वितरणमा स्वदेशीलाई प्राथमिकता दिनुपर्छ । आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवाह गुर्नपर्छ । त्यति मात्र होइन औद्योगिक क्षेत्रमा लगानी अभिवृद्धि गरी औद्योगिक उत्पादन वृद्धि तथा लक्ष्यअनुसारका आर्थिक वृद्धिदर कायम गर्नु सम्पूर्ण जिम्मेवार निकायले पूर्ण प्रतिबद्धताका साथ इमानदारीपूर्वक कार्य गर्नु जरुरी छ । त्यति मात्र होइन सबै दलका युवाशक्ति र अन्य युवाशक्ति एकजुट भएर आफ्नो अधिकारको लागि एक ढिक्का हुनु आजको आवश्यकता हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न पाएका...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै