logo

जेसीबीका ग्राहक पुनेस्थित प्लान्ट भ्रमणमा

काठमाण्डौं, असार १९
नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्नो ग्राहकहरुका लागि चारदिने जेसीबी प्लान्ट भ्रमणको आयोजना गरेको छ । विश्वमै सबैभन्दा बढी विश्वास गरिएको जेसीबीका मेसिनहरु कसरी बन्छन् भन्ने अवलोकन गर्न नेपाली ग्राहकको टोलीलाई पुनेस्थित जेसीबी प्लान्टको भ्रमण गराइएको हो । भ्रमणका क्रममा जेसीबीका ग्राहकले कसरी स्टिलबाट मेसिन बनाइन्छ ?, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ ? भन्ने निरीक्षण गरेका थिए । उनीहरुले जेसीबी एस्काभेटरको रेन्जको निर्माण प्रक्रियाको पनि अवलोकन गरेका थिए । जेसीबीले तीनदेखि ३८ टनसम्मको एस्काभेटरको उत्पादन गर्दै आएको छ । ग्राहकले पुने प्लान्टसहित खन्डला र मुम्बईको समुद्र क्षेत्रको पनि अवलोकन गरेका थिए । भ्रमणमा सहभागी ग्राहकले जेसीबीको प्लान्टको भ्रमण निकै फलदायी र स्मरणीय भएको बताए । उनीहरुले संसारकै प्रतिष्ठित ब्रान्डसँग आबद्ध हुन पाउनु र देशविकासमा सहभागी हुनपाउनुमा गौरव महसुस गरेको पनि बताए । भक्तपुर इटाभटा संघका अध्यक्ष तथा जेसीबीका ग्राहक नातिकाजी ह्योम्बाले प्लान्टमा कसरी ठूल्ठूला मेसिन उत्पादन गरिन्छ भन्ने हेरेर दंग परेको बताए । ‘यहाँको प्रविधि देखेर नेपालमा मैले प्रयोग गरेका जेसीबी मेसिनमाथि झन् विश्वास बढेको छ । मलाई खुसी लागेको छ कि मैले जेसीबीलाई रोजेँ ,’ उनले भने ।
जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विपमेन्ट निर्माता कम्पनीमध्ये पर्छ । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आवद्ध छन् । जेसीबीका मेसिनहरु दुई हजार डिलरमार्फत एक सय ५० देशमा बिक्रीवितरण हुने गर्छ । हाल जेसीबीले तीनसयभन्दा बढी प्रकारका मेसिनको उत्पादन गर्छ भने अतुलनीय ग्राहक सेवाले गर्दा यसप्रतिको विश्वास विश्वव्यापी रुपमा फैलिएको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरशिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । विक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएका कारण जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सीआईआई कन्म्याक’ बिहीबारदेखि

भारतीय उद्योग परिसंघ (सीआईआई) नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सीआईआई कन्म्याक २०१८ को आयोजनाको...

नेपाल–बंगलादेशको व्यापार व्यवसायबारे छलफल

मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा नेपालका लागि बंगलादेशकी राजदूत महमस्फी विन्ट साम्स संग...

नेपाल मेडिसिटी र नेपाल विज्ञापन संघबीच सम्झौता

नेपाल मेडिसिटी अस्पताल र नेपाल विज्ञापन संघबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पताल, भैँसेपाटीमा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै