logo

बलियो बेल्जियमको सामाना गर्दै जापान

काठमाडौ असार १८
रसियामा मस्को जारी विश्वकपमा जापानले बलियो टिम बेल्जियमको सामाना गर्दैछ । सोमबार हुने प्रिक्वार्टर फाइनल खेलमा एसियाली टोली जापानले बेल्जियमको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार ११ः ४५ बजे हुनेछ । 
समूह ‘एच’मा रहेको एसियाली टिम जापान चार अंकसहित समुह उपविजेताका रूपमा प्रिक्वार्टर फाइनलमा स्थान बनाएको हो । समूहगत चरणको आफ्नो पहिलो खेलमा बलियो कोेलम्बियालाई २–१ गोलले हराएको जापान दोस्रो खेलमा भने सेनगलसँग २–२ को बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा पोल्यान्डसँग १–० गोलले पराजित भएपछि जापान र सेनेगलको चार÷चार अंक भएको थियो । अंक बराबर भएपछि जापान सेनेगल भन्दा कम पहेलो कार्ड पाएको आधारमा अघिल्लो चरणको लागी छनौट भएको थियो । जापानले चार र सेनेगलले ६ वटा कार्ड पाएका थिए ।
यता समूह ‘जी’ बाट विजेताका रूपमा नकआउट चरणमा पुगेको बेल्जियमले आफ्नो पहिलो खेलमा पानामालाई ३–० गोलले हराएको थियो । दोस्रो खेलमा ट्युनिसियामाथि ५–२ गोलको जित हात पारेको बेल्जियमले तेस्रो खेलमा भने बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १–० गोलले हराएको थियो । विश्वकपमा एसियाली टोलीहरूविरुद्घ बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बेल्जियमले विश्वकपमा हालसम्म एसियाली टोलीहरूविरुद्घ खेलेका ६ मध्ये तीन खेलमा जित हात पारेको छ । एक खेल बराबरीमा सकिएको छ भने एक खेलमा मात्र एसियाली टोलीले जित हात पार्न सकेको छ । जापान यसअघि सन् २०१० को विश्वकपमा दोस्रो चरणमा पुगेको थियो । त्यतिबेला जापानलाई प्रिक्वार्टरफाइनलमा पाराग्वेले पेनाल्टी सुटआउटमा ५–३ गोलले हराएको थियो । सन् २०१४ को विश्वकपमा भने जापान समूहगत चरणबाटै बाहिरिएको थियो । बेल्जियम भने सन् २०१४ को विश्वकपमा पनि समूह विजेताकै रूपमा नकआउट चरणमा पुगेको थियो । उक्त विश्वकपमा बेल्जियमलाई क्वार्टरफाइनलमा अर्जे्न्टिनाले १–० गोलले हराएको थियो । पछिल्लो पटक बेल्जियम र जापानबीच सात महिनाअघि विश्वकपकै अभ्यास खेलका क्रममा भिडन्त भएको थियो । उक्त खेलमा रामेलु लुकाकुको गोलमा बेल्जियम १–० ले विजयी भएको थियो । विश्वकपमा भने यसअघि बेल्जियम र जापानबीच एक पटक खेल भएको छ । उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो । जारी विश्वकपमा एसियाको प्रतिनिधित्व गरेका पाँच टोलीमध्ये जापान मात्र नकआउट चरणमा पुग्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने भएको छ । तेस्रो चरणको...

छात्रा भलिबलमा इर्खू प्रथम

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाको इर्खूमा भएको जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनलमा...

विमलले लिगका बाँकी खेल नखेल्ने

नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै