logo

बलियो प्रतिद्धन्दी मक्सिकोको सामना गर्दै ब्राजिल

काठमाडौ असार १८
रसियामा जारी विश्वकपमा बलियो प्रतिद्धन्दी मक्सिकोको सोमबार ब्राजिल सामना गर्दैछ । उपाधिको बलियो दाबेदार मानिएको दक्षिण अमेरिकी टोली ब्राजिलले सोमबार हुने प्रिक्वार्टफाइनल खेलमा मेक्सिकोको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार ८ः४५ मा शुरु हुनेछ ।
पाँच पटकको विश्वकप विजेता ब्राजिल यसपटक उपाधिको संख्या बढाएर ६ र्पुयाउने धुनमा छ । चार वर्षअघि आफ्नै घरेलु मैदानमा खेलिएको विश्वकपमा जर्मनीसंग नराम्रो पराजय भोगेको ब्राजिल यसपटक उपाधि जित्ने धुनमा रहेको छ । प्रतिभाशाली युवा खेलाडीको बाहुल्य रहेकाले पनि ब्राजिल उपाधिप्रति बढी नै आशावादी देखिएको हो तर, जतिसुकै शक्तिशाली टोली भए पनि मैदानमा खेलाडीबीच हुने घम्साघम्सीले निकाल्ने नतिजा भने सधैं आफूले चाहेजस्तो हुँदैन । जारी विश्वकपमा पनि मेक्सिकोको तुलनामा ब्राजिल केही बलियो नै देखिएको छ । प्रारम्भिक चरणको खेलमा अपराजित रहेको ब्राजिल ७ अंकसहित समूह ‘ई’ को विजेताका रूपमा नकआउट चरणमा पुगेको हो । समूहगत चरणको आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डसँग १—१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोस्टा रिकालाई २—० र तेस्रो खेलमा सर्बियालाई २—० गोलले हराएको थियो ।
यसको विपरीत मेक्सिको भने पहिलो चरण एउटा खेल हार्दै ६ अंकसहित समूह ‘एफ’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । तर, आफ्नो पहिलो खेलमै साबिक विजेता जर्मनी जस्तो बलियो प्रतिद्वन्द्वीलाई १—० गोलले हराएपछि मेक्सिकोको मनोबल भने निकै उच्च बनेको छ । दोस्रो खेलमा एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई २—० गोलले हराएको मेक्सिको समूहगत चरणको अन्तिम खेलमा भने स्विडेनसँग ०—३ गोलले पराजित भएको थियो । यसअघिका विश्वकपमा यी दुई टोलीबीच खेलिएका खेलको नतिजाले पनि ब्राजिललाई नै बलियो देखाउँछ । हालसम्म यी दुई टोलीबीच विश्वकपमा चार पटक भिडन्त भएकोमा तीन खेलमा ब्राजिल विजयी भएको छ । एक खेल भने गोलरहित बराबरीमा सकिएको छ । विश्वकपमा भएको भिडन्तमा हालसम्म ब्राजिलले मेक्सिकोविरुद्घ ११ गोल गरेको छ भने मेक्सिकोले एक गोल पनि गर्न सकेको छैन ।
घाइते खेलाडी ड्यानिलोको टोलीमा आगमन पनि ब्राजिलका लागि अर्को सुखद पक्ष बनेको छ । नितम्बको मांसपेसीमा समस्या देखिएका ड्यानिलो स्वस्थ्य भएर अभ्यासमा फर्किएका छन् । ब्राजिलियन अधिकारीले पनि उनी खेल्नका लागि तयार रहेको जानकारी दिएका छन् । अर्का घाइते खेलाडी डगलस कोस्टाले भने मेक्सिकोसँगको खेल खेल्न सक्ने छैनन् । त्यस्तै सविर्या विरुद्धको खेलमा घाईते भएका मार्सोलो पनि मेक्सिको विरुद्धको खेलमा मैदानमा उत्रिने सम्भावना कम छ । ब्राजिल र मेक्सिकोबीच सन् १९५० को विश्वकपको उद्घाटन खेलमा पहिलो पटक भेट भएको थियो । उक्त खेलमा ब्राजिलले मेक्सिकोलाई ४—० गोलले हराएको थियो । पछिल्लो पटक भने यी दुई टोलीबीच सन् २०१४ को विश्वकपको समूहगत चरणमा भेट भएको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यतिबेला समूह ‘ए’ बाट ब्राजिल विजेता र मेक्सिको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका थिए । यसैगरी यी दुई टोली पछिल्लो पटक सन् २०१५ को जुनमा एकअर्का्विरुद्घ मैदानमा ओर्लिएका थिए । साओ पाउलोमा खेलिएको उक्त मैत्रीपूर्ण खेलमा ब्राजिलले मेक्सिकोलाई २—० गोलले हराएको थियो । सन् १९९० को विश्वकपपछि ब्राजिल हालसम्म प्रिक्वार्टरफाइनल खेलमा पराजित भएको छैन । सन् १९९० को विश्वकपको प्रिक्वार्टरफाइनलमा अर्जे्न्टिनाले ब्राजिललाई १—० गोलले हराएको थियो । त्यसयताको विश्वकपमा ब्राजिल कम्तीमा क्वार्टरफाइनलसम्म पुगेको छ । पछिल्लो समय ब्राजिलका लागि नेमार, ग्याब्रियल जिसस, फिलिप कोउटिन्हो र विलियनबीच उत्कृष्ट तालमेल देखिएको छ ।
यसैगरी बलियो रक्षापंक्तिका कारण ब्राजिलले पछिल्ला १४ खेलमा तीन गोलमात्र खाएको छ । समूहगत चरणमै साबिक विजेता जर्मनीलाई हराएर सनसनी मच्चाएको मेक्सिको हेक्टर हेरेरा, जोनाथन डस सान्तोष, आन्द्रेस ग्वार्डाडो, कार्लोस भेला, जाभियर हर्नान्डेज, हिर्भिङ लोजानोजस्ता प्रतिभाशाली खेलाडीबाट सुसज्जित भएर उच्च मनोबलसहित मैदानमा ओर्लने तयारीमा छ । यी दुई टोलीबीच खेल हुने दिन जुन २ तारिखसँग भने ब्राजिलको रमाइलो संयोग जोडिन पुगेको छ । सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उपाधि जितेर जुन २ तारिखको दिन नै ब्राजिलियन टोली जापानबाट आफ्नो देश प्रस्थान गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

एसियाली खेलकूदमा नेपालको सहभागिता

एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ...

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट...

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटबल मेला’ अफर

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटबल मेला अफर सम्पन्न भएको छ । यहि जुन १४ देखि सञ्चालन भएको हिमस्टार...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै