logo

कसरी हुन्छन् भैंसी व्यापारी सुन तस्करजत्तिकै धनी ?

प्रेम सुनार
गुल्मी, असार १८
छिमेकी जिल्ला अर्घाखाँचीमा ब्राह्मणको छोराले मरेको भैँसी ट्रकमा राखेर बेच्न हिँडेको बेला पक्राउ परेपछि उनीजस्ता भैँसी व्यापारीहरुबारे खोज अनुसन्धान गर्न जरुरी देखिएको छ । गुल्मी जिल्लामा एक समयका कुनै सुनचाँदी व्यवसायीले सुनको भन्दा भैसीको व्यापार ठूलो ठान्दै गाउँमा भैँसी खरिदबिक्री गर्नथाले । पछिल्लो एक दशकमा उनको कमाइ उनका पुर्खाले सुनचाँदी व्यवसायबाट गरेको आम्दानीभन्दा कैयौैँ गुणा बढी देखियो  । नाम नबताउने शर्तमा उनीसँग त्यस भैँसी व्यापारमा संग्लग्न भएका जनाले भने, ‘पाँच वटा भैँसी खरिदमध्ये एउटा मोटो र अरु मरेको वा मर्नै लागेको भए पनि खाँटी सुकुटी बन्ने गरेका कारण भैँसी व्यापारीको आम्दानी सुनचाँदी बालाहरुभन्दा बढी हुन्छ । मुख्य भैंसी व्यापारी जिल्लाभित्र बस्दैनन् । उसले जिल्लाका दुई÷चार जनालाई एजेण्ट बनाउँछन् । ती एजेण्टहरुले टोल स्तरसम्म सञ्जाल बनाउँछन् । ठाउँ ठाउँमा ती सञ्जालले ठूला खालका फ्रिजहरु राख्ने गर्दछन् । त्यस्ता फ्रिजहरुमा गाउँ टोलमा मरेका भैँसीको मासु समेत खाँदिन्छ । स्थानीय एजेण्टले पाँचवटा भैँसीमध्ये एक/दुईवटा मोटा र अरु दुब्ला किन्न सक्यो भने एउटा भैँसीबराबरको कमिसन पाउँछन् । एक हप्तामा त्यति गर्न सकेपछि २५ देखि ३५ हजारसम्म कमाउँछन् । यसरी एक महिनामै एक लाखभन्दा बढी कमाउन पाइने भएपछि राजनैतिक दलका केही नेताहरु समेत भैँसी व्यवसायमा संलग्न रहेका छन् ।’ स्रोत थप्छ, ‘उनीहरुको पहुँच प्रहरी र पशु सेवा कार्यालयका ठूलाबडाहरुसँग रहेको हुन्छ । स्थानीय एजेण्टले मासु वा भैँसी एक ट्रिप बनाएको जानकारी पाउनासाथ मध्यरातमा गाडी पुग्छ । जुन गाडीले एकदेखि अर्को जिल्ला पास गर्छ भने उताबाट अर्को गाडी लिन आएको हुन्छ । यसरी भैँसी कारोबार बढी मात्रमा रातमा हुने गर्दछ । एक स्थानको प्रहरी चौकीबाट अर्को स्थानसम्मको प्रहरी चौकी पास गराउने जिम्मा ‘सेटिङ्गवाला’ प्रहरीले लिन्छन् ।
कहिलेकाहीँ सेटिङ्गवाला प्रहरीलाई अर्को घुमुवा प्रहरीबाट जोखिम हुने पाइए जहाँ फ्रिजवाला सेटिङ्ग छ । त्यहाँ भैँसी कटान हुन्छ र प्लाष्टिकमा सुरक्षित गरेर पास गरिन्छ । गाउँस्तरमा सुरुमा दलित समुदायलाई एजेण्टको रुपमा प्रयोग गरिन्थ्यो । तर पछि गाउँमा स्त्री जातका पशु सकिँदै जानथालेको चिन्तन र समाचारहरु आउनथाले, तब काट्नलाई भैँसी नदिने गर्नथाले  । तब पाल्ने नाममा नखाने भैँसीको मासु नखाने जातका ब्राह्मण क्षेत्रीहरुलाई एजेण्ट बनाउन सुरु गर्न थालियो । जसलाई पाल्ने भैँसी भनेर सजिलै पत्याउनथाले मानिसहरुले । तिनैमध्येका एक पात्र हुन् आज अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर २ प्रगतिबजारका २१ वर्षीय दिपक भुसाल । जसले ट्रकमा राखेर मरेका भैँसी बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले आइतबार पक्राउ ग-यो । प्रहरीले उनीबाट थुप्रै गिरोहहरुको खोजी गर्न जरुरी छ । पश्चिम भेगमध्ये, स्याङ्जा, पर्वत, बाग्लुङ्ग, गुल्मी, म्याग्दीलगायतका जिल्लाका भैँसीहरु पोखरा जान्छन् । त्यहाँको विमानस्थल नजिकैका स्टोरहरुमा मासु कटान र सुकुटी बनाउने काम हुन्छ । अनि सुनजस्तै सुकुटी जहाजमा राखेर विश्वका विभिन्न मुलुकमा तस्करी गरिन्छ । ती मुलुकहरुमा पुग्दा ठूला व्यापारीहरुको कमाइ सुनभन्दा बढी हुनपुग्छ । देशभित्रका पसलहरुमा खाइने ममः बढी मात्रमा फोक्सो र बोसोबाट बनाइन्छ । सुकुटीहरु खाँदा निकै ख्याल गर्न जरुरी भएको छ । खाने मान्छेले ज्युँदो र मरेको भैँसीको ख्याल गर्न सक्दैन । सुन भर्सेज सुकुटी अर्थात् उनीहरुको सुकुटीको कोड भाषा सुन हुने गरेको छ । पोखरातर्फका केही ठूला भैँसी व्यापारीहरु एक डेढ दशक अघिसम्म आर्थिक रुपले टाट परेको र अहिले अर्बपतिको हाराहारीमा पुगेका केही पात्रहरु पनि रहेको स्रोतले बताएको छ । कतिपय साना मासु व्यवसायीहरुले पाडाको भनेर पाडीको मासु बेच्ने गरेको समेत आशंका गर्न थालिएको छ ।
जिल्लाको सदरमुकाममा त्यस्तो नपाइए पनि अन्य केही स्थानमा त्यसरी झुक्याएर बेच्ने गरिएको छ । सदरमुकाम नजिकैका गाउँबाट भैँसी तस्करी हुँदा त समातिन नसकेको अवस्थामा विकट गाउँहरुमा स्त्रीजन्य पशुहरुको गोठ रित्तिँदै गएका छन् । परम्परादेखि भैँसी पाडाको मासु खाने समुदायले स्थानीय तहमा पाउनसकेका छैनन् । थारा भैँसीको मूल्य लैनो भैँसीजत्तिकै पर्न थालेपछि बाहिरी व्यापारीहरुलाई बेच्न थालिएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या

आवश्यक जनशक्ति नहुँदा स्थानीय तहका न्यायिक समितिले उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनन् । नयाँ...

निःशुल्क आँखा शिविर

एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण...

एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै