logo

रैथाने जातका अन्नबाली लोप हुँदै

आशिष बहादुर सिंह
बझाड.,असार १८
जयपृथ्वी नगरपालिका १ कैलासका रमेर बिष्टले ७/८ अघि वर्षमा १० क्विन्टलसम्म जौ फलाउँथे । आफूले उपभोग गरेर बचेको बिक्री गर्दा वर्षमा २०/२५ हजार आम्दानी पनि हुन्थ्यो । तर, आजकाल मुस्किलले उनको बारीमा ४०/५० किलोसम्म जौ उत्पादन हुने गर्छ । जौको उत्पादन घट्नुको कारणबारे बिष्ट भन्छन्, ‘पहिले जौ कै रोटी खाने चलन थियो । विकासे (तराईबाट आएको) चामल आएपछि सबैले जौ खान छोडे, खेती गर्न पनि छोडे’ उनले आफूले गाई भैंसीलाई खोले पकाउनका लागि मात्र थोरै मात्रामा जौको खेती गरिरहेको बताए । जौ मात्र होइन उनको गाउँका अधिकांशले परम्परादेखि खेती गर्दै आएको फापर, उवा, कागुनोजस्ता रैथाने बालीको खेती गर्न थालिसकेका छन् । खाद्य संस्थानको चामल जिल्लामा भित्रिनुभन्दा पहिला जिल्लाको दोस्रो मुख्य बालीको रुपमा रहेको कोदोको खेती गर्नेहरु पनि पछिल्लो समय निकै घटिसकेका छन् । जौ र फापरको खेती घट्नुको कारणबारे बताउँदै कैलासकै झिल्के खड्काले भने, ‘कोदो, जौ र फापर खानेलाई हेप्ने चलन अहिले पनि छ । चार/पाँच वर्ष पहिलासम्म भात खानेहरुको सानै बेग्लै हुन्थ्यो । त्यै कारणले पनि चामल पाइन थालेपछि धेरैले यस्ता बालीहरुको खेती गर्न छोडे । उवा र फापर त पाइँदै पाइँदैन । पूजाको लागि चाहिन्छ भनेर कसै कसैले अलिकति जौको खेती गर्ने गरेका छन् ।’ कैलासमा मात्र हैन । जौ, उवा, कोदो, फापर, चिनो, कागुनोको लागि प्रख्यात मानिने जिल्लाका उत्तरी भेगका सुर्मा, दौलिचौर, काँडा, दहवगर, रिलु, मष्टा, दाँतोला, मेलबिसौना, गडराय र दंगाजीलगायतका गाउँमा पनि यी बालीको खेती गर्ने प्रचलन हराउँदै गएको छ । ‘आजभोलि घर–घरमा मसिनो चामल पुगेको छ । जौ फापर खाने दिन त गएका हुन् ।’ दौलिचौरका गणेश बोहराले भने, ‘खेती गर्न सबैले छोडिसके । हाम्रोतिर त बीउ खोजे पनि पाइँदैन ।’ कोदो, फापर, कागुनो मात्र नभएर कुनै बेला यहाँको खाद्य सुरक्षामा राम्रै योगदान पु¥याएका झुमरो, जुनेलो, मारस्या, तेगुनोलगायतका बालीहरु पनि करिब–करिब हराइसकेको स्थानीयको भनाइ छ ।
मालुमेलाका ८४ वर्षीय प्रमानन्द जोशी भन्छन् । ‘यस्ता बालीको खेतीपाती त अचेल कसले गर्छ र ? सायद धेरैले नामैसमेत बिर्सिसकेका होलान् ।’ स्थानीयहरुको खाने बानी (फुड ह्याविट) परिर्वतन हुनु, कोदो कागुनो, जौजस्ता अन्नबाली खानेहरुलाई हेलाको दृष्टिले हेरिनु, हिमाली क्षेत्रका बासिन्दाहरु खेतीपातीभन्दा जडीबुटीको व्यापारतिर बढी आर्कषित हुनु र आयातित खाद्यान्नको उपलब्धता बढ्नु रैथाने बाली लोप हुनुको प्रमुख कारण रहेको कृषि क्षेत्रका जानकारहरु बताउँछन् । यसको अर्काे कारण भनेको यस्ता बालीमा आयातित बालीमा भन्दा धेरै पौष्टिक तत्व पाइन्छ भन्ने जानकारी पनि यहाँका स्थानीयहरुलाई छैन । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत गंगादत्त अवस्थी भन्छन्, ‘रैथाने बालीको उत्पादन उन्नत जातका बालीको भन्दा कम हुने भएका कारणले पनि मानिसहरु यतातिर आकर्षित भएका हुन् ।’ स्थानीयरुपमा अपहेलित भनिएका रैथाने बालीहरु विभिन्न कारणले लोप हुँदै जान थाले पनि यस्ता बालीको महत्वको तुलना आयातित बालीसँग गर्न नमिल्ने अवस्थीको भनाइ छ । ‘औषधीय गुणसमेत भएका यी बालीहरुको पौष्टिक महत्व त छँदैछ,’ उनले भने, ‘परिर्वतन हुँदै गएको जलवायुमा अनुकूलन हुन सक्ने क्षमता पनि उन्नत जातको बालीभन्दा रैथाने बालीहरुमा निकै नै बढी हुन्छ ।’ पछिल्लो समय हाइब्रिड बीउको प्रचलन बढ्दै गएका कारण बीउ संरक्षणका हिसाबले पनि रैथाने बाली नै उत्तम भएको उनले बताए । ‘उन्नत र हाइब्रिड बीउ उत्पादन गर्न सबैले सक्दैनन् तर रैथाने बालीको बीउ सामान्य किसानले पनि सजिलै उत्पादन गर्न सक्छ ।’
रैथाने बालीको संरक्षण र प्रवद्र्धनको गर्न सरकारी क्षेत्र नै उदासीन भएको कारण धेरै जसो बाली लोप भइसकेको र केही लोप हुने क्रममा रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजेश कुमार केसीको भनाइ छ । ‘किसानले त बिर्से बिर्से राज्यले पनि यस्ता बालीको संरक्षण गर्न चासो दिएको छैन,’ केसीले भने, ‘अन्यबालीमा जस्तो अनुदान छैन, अनुसन्धान छैन । सरकारले पनि बेवास्ता गरेका कारणले पनि रैथाने बाली छिटो लोप हुन थालेका हुन्’ उनले तत्कालै विशेष संरक्षित क्षेत्र घोषणा गरेर यस्ता बालीको संरक्षण र प्रवद्र्धन नगरिएमा बीउसमेत लोप हुने बताए । विश्वका विकसित देशको बीउको अर्थराजनितिक रणनीति बेलैमा बुझ्न नसके देश नै पछुताउनुपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै