logo

नेपाल वायुसेवा निगमको सङ्कट कसरी हटाउने ?

हरि गोपाल प्रधान
विक्रम सम्वत् २०१५ असार १७ गते (तदनुसार १ जुलाई १९५८) सरकारको पूर्ण स्वामित्व रहेको नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम)को स्थापना भएको हो । यसको प्रमुख उद्देश्य नेपालभित्र तथा विदेशमा सुरक्षित, कुशल, सुव्यवस्थित र किफायती हवाई यातायात सेवा पु-याउनु हो । देशको पहिलो हवाइ कम्पनी भएकाले यसप्रति आमनागरिकको ठूलो सरोकार र चासो रहेको छ । नेपाल वायुसेवा निगमको अधिकृत पुँजी ३० करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी १६ करोड २३ लाख र नेपाल सरकारको लगानी २१ करोड ७० लाख गरी निगमको कुल पुँजी ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । ठूलो पुँजी लगानी गर्नुपर्ने यस्तो व्यवसायका लागि यो पुँजी ज्यादै न्यून हो । निगमको अधिकृत पुँजी पाँचदेखि दश अर्बजति बढाउन अत्यावश्यक भइसकेको छ । पुँजीको अभाव पूरा गर्न निगमले आफ्नो पुँजीभन्दा बढी हुने गरी बाह्य ऋण र बैंकहरूसँग ओभरड्राफ्ट लिएर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ । यसले गर्दा निगमको ऋण लगानी ज्यादै उच्च हुन गएको छ । एकातिर ऋण लिएर व्यवसाय गरिरहनुपरेकाले सञ्चालन लागत उच्च रहेको छ ।
निगमको सञ्चालनमा रहेका विमानको हिसाब गर्दा प्रतिविमान ११० कर्मचारी पर्दछन् । विद्यमान विमानसङ्ख्या र कर्मचारीको यो अनुपात निकै बढी देखिन्छ । तर विमान थप हुन्सके वा मर्मतसम्भारपश्चात् थप विमान सञ्चालन गर्न सकिएमा यो अनुपातमा सुधार आउनसक्छ । निगममा आन्तरिकतर्फ चारवटा र अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा विमान थप गरिए पनि केही विमानचालक र विमान मर्मत गर्नसक्ने केही प्राविधिकहरू मात्र थपेर हालकै कर्मचारीहरूबाट पर्याप्त मात्रामा सेवा सञ्चालन गर्न सकिन्छ । बाह्य विमानसेवाहरूको हप्ताको सयौँ उडानलाई त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आएका कारण लोडर, हेल्परजस्ता जनशक्तिको यहाँ आधिक्य देखिएको छ । निगमले हाल आफ्ना बोइङ तथा एयरबस विमानबाट दिल्ली, मुम्वई, बैंगलोर, बैंकक, हङकङ, क्वालालम्पुर, दुवई र दोहामा सेवा सञ्चालन गर्दै आएको छ । आन्तरिक उडानतर्फ ट्विनअटर विमानबाट नेपालभित्र विभिन्न २५ स्थानहरूमा सेवा सञ्चालन गर्दै आएको छ । दशैँ–तिहारमा दुर्गम क्षेत्रमा आन्तरिक उडानहरू थप गरेर पनि यात्रुहरूलाई सेवा दिँदै आएको छ । दुर्गम क्षेत्रमा हवाई उडान गर्दा लागतभन्दा पनि कम मूल्य प्राप्त हुन्छ । यसलाई विचार गरी निजी क्षेत्रका विमानहरूलाई पनि त्यस्ता क्षेत्रमा उडान भर्नका लागि प्रोत्साहित गर्न दुर्गम क्षेत्र हवाइ विकास कोषको व्यवस्था भएको छ । तै पनि निजी क्षेत्रका कम्पनीहरूलाई उडानका लागि सरकारले त्यसतर्फ ध्यान दिएको छैन । तर निगमले भने आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ । सरकारले दुर्गम क्षेत्र हवाई विकास कोषसम्बन्धी नीति पनि कार्यान्वयन गर्न सकिरहेको छैन । यसबाट निगमलाई बर्सेनी करिब २० करोड रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ । अतः दुर्गम क्षेत्रमा उडान गरेबापत निगमलाई सरकारबाट विशेष सहुलियतको व्यवस्था हुनु आवश्यक देखिन्छ । निगमले सरकारलाई बुझाउने राजस्वमा छुट गर्न सकिन्छ । यसमा सरकारले ध्यान पु-याउनु जरुरी छ । निगमसँग भएका सम्पूर्ण जहाजहरू मर्मत गरी घाटा खाएरै नेपालभित्र जनसेवा गरे पनि निगमको छविमा थप सुधार आउने देखिँदैन । अर्कातिर २०४६ सालपछि सरकारले कहिल्यै निगमलाई रकम दिएको छैन । निगमले वर्षौदेखि दुर्गम क्षेत्रमा विमान चलाएर घाटा भएको रकम मात्र सरकारले दिने हो भने पनि त्यो रकमबाट विमान खरिद गर्न सक्छ । दुर्भाग्यको कुरा, निगमलाई हरेक किसिमको दबाब मात्रै दिने गरिएको छ र निगमको आम्दानी कम भएको छ ।
आन्तरिक सेवातर्फ निगमले निजी क्षेत्रसँग प्रतिस्पद्र्धा गर्नुपरेको छ । सामाजिक दायित्व निर्वाह गर्नुपरेकाले घाटामा भए पनि निजी कम्पनी नजाने दुर्गम क्षेत्रमा निगमले सेवा सञ्चालन गरिरहेको छ । जहाज पुराना भएका र प्रशासनिक र वित्तीय भार पनि बढी भएकाले निजी विमान कम्पनीहरूको तुलनामा निगमको सञ्चालन खर्च उच्च रहेको छ । निगमको ट्विनअटर विमानको प्रतिघण्टा सञ्चालन खर्चभन्दा निजी सेवाका विमानकम्पनीको खर्च निकै कम हुन्छ । यति हुँदाहुँदै पनि विश्वसनीयता र सामयिकता कायम राख्न सकेमा र पर्याप्त उडान दिन सकिएमा निगमले आफ्नो ऐतिहासिक गौरव पुनस्र्थापना गर्दै नयाँ र थप क्षेत्रहरूमा मुनाफादायक उडान गर्न सक्नेछ । निगमसँग रहेका पुराना बोइङ जहाज मर्मत–सम्भार गर्दा ज्यादा समय लाग्ने र मर्मतकार्य ज्यादै महँगो हुने गरेको छ । थोरै जहाज भएकाले एउटा जहाज मर्मत–सम्भारमा जाँदा सम्पूर्ण उडानतालिका नै प्रभावित हुने, उडान रद्द गर्नुपर्ने वा पुनः तालिकीकरण गर्नुपर्ने भएकाले सामयिकता र नियमिततामा असर पर्ने गरेको छ । यसबाट यात्रुहरूमा निगमप्रति नकारात्मक छाप परेको छ । आन्तरिक उडानमा प्रयोग भएका ट्विनअटर विमानहरू पनि धेरै वर्ष पुराना भएकाले मर्मत–सम्भारमा बढी लागत लाग्ने र समयमा उडान गर्न कठिन हुने गरेको छ । यी विमानका उत्पादक कम्पनीले समेत यस्ता विमानहरूको उत्पादन बन्द गरिसकेका छन् । यस्तो अवस्थामा सुधार गरी निगमलाई चुस्त र नाफामूलक संस्थामा परिणत गर्न र देशको पर्यटन–विकासमा सघाउ पु-याउन थप ७०–८० सिट क्षमताका र ठूला जेट विमानहरू दुई वटा एयरबस आएपश्चात् पनि निगमको सेवामा यथाशक्य चाँडो अन्य जहाजहरु थप गर्नुपर्ने आवश्यकता छ ।
देशकै प्रतिनिधित्व गर्ने राष्ट्रिय ध्वजावाहकका लागि हरेक देशले संरक्षण र विकासका लागि विशेष व्यवस्था गर्ने गरेका छन् । तर निगम त्यस्ता विशेष सुविधाबाट वञ्चित छ । उल्टै सामाजिक सेवाको दायित्व निर्वाह गरिरहेकाले यसले घाटा व्यहोरिरहेको छ । विमानको कमी यसको ठूलो कमजोरी हो । यसबाट निगमको सामयिकता र नियमिततामा नकारात्मक असर परेको छ । यसको निराकरणका लागि विमान थप गर्नु अत्यन्त जरुरी भएको छ । निगमको भविष्य सुनिश्चित गर्नका लागि व्यवस्थापनमा सुधार गर्नु, चाँडोभन्दा चाँडो विमान थप गर्नु र आवश्यक दक्ष जनशक्ति तयार गर्नुभन्दा निगमका लागि अन्य विकल्प छैन । साना ठूला जहाजहरू मर्मत गर्नका लागि त्रिभुवन विमानस्थलमा एउटा मात्र सानो ह्याङ्गर भएकोले निगमसँग हाल भइरहेका विमानहरु मर्मत–सम्भार गर्न कठिनाइ परिरहेको छ । निगमसँग रहेका ठूला जहाज र भविष्यमा खरिद गर्ने साना तथा ठूला विमानहरू मर्मत–सम्भार गर्न ठूलो र आधुनिक उपकरणबाट सुसज्जित ह्याङ्गर निर्माण गर्नु तत्काल आवश्यक छ । निगमले आफ्नै स्रोतसाधनबाट यो काम गर्न सम्भव नभएकाले वैदेशिक सहयोगका लागि सरकारबाट पहल हुने अपेक्षा राखिएको छ । हालको ह्याङ्गर र नयाँ बन्ने ह्याङ्गरलाई राम्रोे मर्मतशालामा परिणत गर्न सके निगमले स्वदेशी तथा विदेशी विमानसेवाहरूको जहाज नेपालमै मर्मत गरी थप आय आर्जन गर्न सक्ने थियो ।
निगमको टिकट बिक्री सम्बन्धमा पनि धेरै जनगुनासा सुनिएको छ । अन्तिम समयसम्म सिट रोक्ने गरिएकाले टिकट किन्न जाँदा उपलब्ध नहुने तर जहाज उड्दा सिट खाली रहने गरेको यथार्थलाई गम्भीरतापूर्वक लिनुपर्दछ । यसका लागि सिट रोकिराख्ने अवधिलाई अन्य अन्तर्राष्ट्रिय विमानसेवाले झैँ प्रभावकारी बनाइनुपर्दछ । निगमले बाह्य विमानसेवाका सयौँ उडानहरूलाई ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गरेर पनि आम्दानी गर्ने गरेको छ । आम्दानीको यो राम्रो स्रोतलाई चुस्त–दुरुस्त र प्रतिस्पद्र्धी बनाउन नयाँ यन्त्र, उपकरण र मानवस्रोतको उचित व्यवस्थापन आवश्यक छ । निगमलाई धराशायी अवस्थामा पु-याउन केही व्यक्तिहरू ह्यान्डलिङ सेवाका लागि निगमले लिँदै आएको रकम घटाउनेतर्फ लागेकाले निगमले यसतर्फ समयमै सतर्क रहनुपर्ने देखिन्छ । नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक लामो समयदेखि नेपाल र बाह्य मुलुकहरूमा उडान गरिरहेकाले यो नेपालको पर्यायका रूपमा परिचित र स्थापित छ । कहिलेकाहीँ बाह्य विमानसेवाका उडानहरू स्थगित हुने गरेकाले नेपालको पर्यटन–विकासमा असर पर्ने गरेको छ । जस्तोसुकै कठिनाइ पर्दा पनि निगमले चाहिँ आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ र अझै पनि बाह्य मुलुकबाट पर्यटक ल्याउनमा निगम अग्रणी रहेको छ । हालसम्म स्वदेशी वा विदेशी यात्रीबाट निगमले सद्भावना र माया पाइरहनुको कारण यही हो । नियमित र सामयिक उडान कायम राख्न सकिएमा नेपाल आवतजावत गर्ने हवाई यात्रुहरूका लागि निगम पहिलो प्राथमिकतामा अझै कायम रहन सक्नेछ । पर्यटकको आगमनमा हुने वृद्धि, विदेशमा आवतजावत गर्ने र वैदेशिक रोजगारीमा जाने नेपालीहरूको बढ्दो सङ्ख्या, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बढ्दो समावेशीकरण जस्ता विषयहरूले बढ्ने यात्रुहरू निगमको सेवाविस्तारका लागि उत्साहप्रद लक्षण हुन् । नेपालको पर्यटनक्षेत्रको विकासका नयाँ सम्भावनाहरू पनि उजागर हुँदैछन् । पर्यटकहरूको आगमनमा भएको विस्तारले यो सङ्गेत गरेको छ । निगमको भविष्यका लागि यो भरपर्दो आधार हो । पर्यटकहरूको बढ्दो आगमनले निगमलाई थप अवसर प्रदान गरेको छ । निगममा तालिमप्राप्त पाइलट, एयरक्राफ्ट इन्जिनियर र दक्ष कर्मचारीको ठूलो जनशक्ति छ । यसको पूर्तिको लागि निगमका वर्तमान कर्मचारीहरुका छोरा, छोरी, (परिवार)लाई नै तत्कालिन उचित तालिम तथा उच्च शिक्षाको अध्ययनको लागि निगमबाटै लगानी गर्ने वातावरण बनाए भविष्यका लागि दक्ष जनशक्ति उत्पादन हुनेछ ।
यसको सम्बन्ध विश्वका प्रमुख एयरलाइन्ससँग छ, धेरै मुलुकमा प्रतिनिधिहरू छन् र धेरै स्थानमा लामो समयदेखि सेवा सञ्चालन गरेकाले अन्तर्राष्ट्रिय बजारको राम्रो ज्ञान रहेको छ । निगमका आन्तरिक समस्या तथा अन्य हवाईसेवासँगको प्रतिस्पद्र्धा हुँदाहुँदै पनि नेपालको हवाईयात्रु ओसारपसारको ठूलो हिस्सा यसले ओगटेको छ । निगमको अर्को सबल पक्ष उडान–सुरक्षा पनि हो । निगमको उडान अरूको दाँजोमा सुरक्षित रहेको छ । निगमलाई सुधार, विकास र पुनरुत्थान गर्नु आजको आवश्यकता हो । नेपाल सरकार, निगमका कर्मचारी, गैरसरकारी निकाय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र आम उपभोक्ताको सद्भाव र सहयोगको आवश्यकता यसलाई परेको छ । अनि मात्र निगम सुदृढ, सक्षम र भरपर्दो हवाई कम्पनी बन्न सक्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...

नेपाली समाज र महिला

भनिन्छ, महिला यो धर्तीका सृष्टिकर्ता हुन् त्यतिमात्र होइन महिला वात्सल्यकी खानी हुन् । बालबालिकाको पहिलो...

विकासका लागि सञ्चार किन आवश्यक छ ?

साधारण बोलीचालीमा सञ्चार भन्नाले उस्तैउस्तै दुई व्यक्तिबीच भएको सूचना प्रवाह हो । सञ्चार भन्नाले कुनै...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै