logo

यातायात व्यवस्था कार्यालय लुम्बिनीमा ११ महिनामा १२ करोड राजस्व सङ्कलन

पोसकान्त पोखरेल
बुटवल, असार १७
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्यालय लुम्बिनीमा चालू आर्थिक वर्ष २०७४/०७५ को ११ महिनामा १२ करोड ८१ लाख ८२ हजार दुई सय राजस्व संकलन भएको छ । कार्यालयले उक्त राजस्व नयाँ लाइसेन्सको फर्म दर्ता, नयाँ लाइसेन्स थपको फर्म दर्ता, नयाँ लाइसेन्स वितरण, नयाँ लाइसेन्स थप वितरण, नवीकरण, प्रतिलिपि नवीकरण र प्रतिलिपिबाट राजस्व संकलन भएको जनाएको छ । कार्यालय प्रमुख वेद प्रसाद अर्यालले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको जेठ २८ गते सम्म नयाँ लाइसेन्सको लागि ४७ हजार आठ सय २९ फर्म दर्ताबाट दुई करोड ३९ लाख १५ हजार पाँच सय, नयाँ लाइसेन्स थपको लागि सात हजार एक सय ३१ फर्म दर्ताबाट ३५ लाख ६५ हजार पाँच सय, २२ हजार ९७ नयाँ लाइसेन्सको लागि लाइसेन्स फिबाट तीन करोड ५९ लाख ४२ हजार, दुई हजार एक सय ८२ नयाँ लाइसेन्स थपको लाइसेन्स फिबाट १२ लाख ४८ हजार पाँच सय, २९ हजार सात सय २२ नवीकरणबाट आठ करोड ७२ लाख ८७ हजार पाँच सय, २८ सय ६८ प्रतिलिपि नवीकरणबाट ६९ लाख ९७ हजार पाँच सय र तीन हजार एक सय ४७ प्रतिलिपिबाट १५ लाख ७३ हजार पाँच सय राजस्व संकलन भएको छ ।
राजस्व संकलनमा उल्लेखनीय वृद्धि हुने भए पनि जनशक्तिको अभावले गर्दा समयमै आवेदन दिनेजति सबैलाई लाइसेन्सको लागि परीक्षा लिन नसकिएको बताउँदै कार्यालय प्रमुख अर्यालले भने, ‘जनशक्ति अभाव त छँदै छ । त्यसमा पनि व्यवस्थित कार्यालय, प्रयोगात्मक परीक्षाको लागि आफ्नै मैदानको अभावले गर्दा थप समस्याहरु उत्पन्न भएका छन् । प्रयोगात्मक परीक्षा दिन दिनै भएका छन् तर पनि जनताको लाइसेन्सको मागलाई थेग्न सक्ने अवस्था छैन । राज्यले आवश्यक जनशक्तिको व्यवस्था गर्न नसक्दा जनताले तिर्न चाहने लाइसेन्सबापतको कर पनि उठ्नसकेको छैन भने विज्ञताले लाइसेन्स समयमै दिन नसक्दा जनताहरु लाइसेन्सविना नै सवारीसाधन चलाउन बाध्य छन् । जसले गर्दा नियमन निकाय देख्दा चालकहरुमा लाइसेन्स नहुँदा एक प्रकारको डर पैदा भई आत्तिएर सवारीसाधन चलाउँदा त्यसले सडक दुर्घटना पनि बढ्ने देखिन्छ । लाइसेन्स लागि जनताको माग बढ्दै जानु, अनुत्तीर्ण भएकाहरुलाई रिट्रायलको व्यवस्था सीमित जनशक्तिका बाबजुद निश्चित समयमा गर्नुपर्ने बाध्यात्मक स्थिति भए पनि गर्दै जाँदा कठिनाइहरु उत्पन्न भएकोले प्रयोगात्मक परीक्षा हुने मैदान मेलाजस्तै देखिनथालेको प्राविधिक द्रोण खनालले बताए । उनले भीड थेग्न कठिन हुँदै गएकोले नियन्त्रणको लागि सुरक्षा निकायको सहयोग लिनुपर्ने अवस्था सृजना हुँदै गएको पनि उल्लेख गरे । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सीआईआई कन्म्याक’ बिहीबारदेखि

भारतीय उद्योग परिसंघ (सीआईआई) नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सीआईआई कन्म्याक २०१८ को आयोजनाको...

नेपाल–बंगलादेशको व्यापार व्यवसायबारे छलफल

मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा नेपालका लागि बंगलादेशकी राजदूत महमस्फी विन्ट साम्स संग...

नेपाल मेडिसिटी र नेपाल विज्ञापन संघबीच सम्झौता

नेपाल मेडिसिटी अस्पताल र नेपाल विज्ञापन संघबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पताल, भैँसेपाटीमा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै