logo

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

कञ्चनपुर, असार १६
आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ ।

इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उहाँको आम्दानी तीन गुणाले बढेको हो ।

आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उहाँले प्रति बिगहा रु छ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । यसअघि परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रति बिगहा रु दुई लाखसम्म आम्दानी हुँदै आएको वडायकले बताए ।

परम्परागत तरिकाबाट उखुखेती गर्दा मुस्किलले प्रतिबिगाह ३०० देखि ५०० क्विण्टल उखु उत्पादन हुन्थ्यो, उहाँले भने, “चिपवड प्रविधिको प्रयोग गरी उखु रोप्न थालेपछि चार गुणाभन्दा बढी उत्पादन हुन थाल्यो ।”

“चिपवड प्रविधिबाट उखुखेती गर्दा प्रतिबिगाह दुई हजार क्विण्टल उत्पादन हुन थालेको छ,” वडायकले भन्नुभयो, “परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रतिबिगाह १०० क्विण्टल बीउ बढी लाग्ने गर्दछ ।

आधुनिक तरिकाबाट नर्सरीमा तयार गरिएको उखुका बिरुवा रोप्दा प्रतिबिगाह तीन क्विण्टल मात्रै लाग्ने गर्छ । तर परम्परागत तरिकाबाट उखु रोप्दा प्रतिबिगाह चार क्विण्टल लाग्ने गरेको वडायकले बताए ।

नर्सरीमा तयार गरिएका बिरुवा प्रतिबिगाह एक हजार ३०० देखि एक हजार ६०० सम्म लाग्ने गरेको उहाँले जानकारी दिए । चिपवड प्रविधिमा उखुको आँखला मेशिनको सहायताले निकाली पोलिथिन ब्यागमा बिरुवा उत्पादन गर्ने गरिन्छ ।

इन्टरनेटको माध्यमबाट भिडियोमा हेरेर आफूले उखु लगाउने यो आधुनिक तरिका सिँके, वडायकले भने, “चार वर्ष अघि पहिलो पटक उखुका आँखा निकालेर बिरुवा तयार गरी उखुको नर्सरी तयार गर्न थालेपछि घरकै परिवारले नै विश्वास गरेनन्, खेती बिगार्न थाल्यो भनेर उल्टै गाली गर्न थाले तर गालीको प्रवाह नगरी आफूले नर्सरीमा बिरुवा तयार पारेर खेतमा रोपेरै छाडे ।”

पहिलो पटक परीक्षणका रुपमा दुई कठ्ठा क्षेत्रफलमा आधुनिक तरिकाले उखुखेती गर्दा उत्पादन ११० क्विण्टल बढी भयो, खुसी हुँदै उहाँले भन्नुभयो, “थोरै जग्गामा यति बढी उत्पादन भएपछि अहिले चार बिगाह क्षेत्रफलमा यो प्रविधिबाट उखुखेती गरेका छौं ।”

स्वस्फुर्तरुपमा उखुखेती गरी उत्पादन बढाएपछि नगरपालिकाको कृषि शाखाले उहाँलाई सिँचाइका लागि बोरिङ, स्प्रे मेशिन, विद्युतीय मोटर, पावर टिलर, मिनी टिलर, ट्रे, चिपकटर मेशिन अनुदानमा उपलब्ध गराएको छ ।

विद्युतीय र डिजल इञ्जनबाट सिँचाइ गर्दा बढी लागत आउन थालेपछि सिँचाइका लागि उहाँले सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीसमेत जडान गरेको छ । उखु खेतीलाई रोग किराबाट जोगाउनका लागि एकै पटक ट्र्याक्टरको सहायताले खेतमा स्प्रे गर्नका लागि भारतबाट मेशिनसमेत उहाँले भित्र्याउनुभएको छ । उखुको बीउमा लाग्ने रकम जोगाएर रु दुई लाख खर्च गरी मेशिन खरिद गरिएको वडायकले बताए ।

प्रविधिमा आधारित भएर खेती गर्नोस् उहाँ भन्नुहुन्छ, “नोक्सान हँुदैन, आम्दानी बढ्छ ।” वडायक सिर्जनशील किसान भएकाले उहाँको अनुशरण गर्दै अन्य किसानसमेत उखु उत्पादन बढाउने कार्यमा लागेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताए ।
उखुसँगै वडायकले मौसमी बेमौसमी तरकारीखेती गरेरसमेत आम्दानी लिँदै आएका छन् । उहाँ यस वर्ष उत्कृष्ट किसानका रुपमा छनोटमा परी पुरस्कारका लागिसमेत चयन भएका छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै