logo

मनोरञ्जन क्षेत्र लक्ष्यित सडक नाटक

काठमाडौँ, असार १६
‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले डान्स तथा क्याबिन रेष्टुराँलगायत मनोरञ्जन क्षेत्रमा कार्यरत महिलामाथि हुने दुव्र्यवहारविरुद्ध चेतनामूलक सडक नाटक ‘हामी चेली’ प्रदर्शन शुक्रबार सम्पन्न भएको छ ।

बिहीबारदेखि दुईदिनसम्म आयोजित नाटक चाबहिल, गौशाला, चक्रपथ, गँगबु, ठमेल, सोह्रखुट्टे, कालोपुल, सुन्धारा, बालाजु र कलंकीमा देखाइएको थियो । त्यस क्षेत्रमा कार्यरत महिला कर्मचारीलाई व्यवस्थापन तथा सञ्चालकले श्रम सम्झौता गरी त्यसका आधारमा काम र पारिश्रमिक व्यवस्था गर्नुपर्ने सन्देश नाटकमा पाइन्छ । त्यस्तै उक्त व्यवसाय सञ्चालन गर्ने व्यवसायी तथा संस्थालाई पनि सरकारले निर्दिष्ट गरेका श्रम सम्झौतालगायत पालना गरी कुनै पनि बहानामा हिंसालाई प्रश्रय नदिन नाटकमा सुझाइएको छ ।

बालबालिका प्रयोग नगर्ने, कार्यरत कर्मचारीको नागरिकता र ठेगाना प्रष्ट राख्नुपर्ने, जीवन बीमा व्यवस्था गर्नुपर्ने, तोकिएको समयभन्दा धेरै काममा लगाउन परेमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्नुपर्नेजस्ता पक्षलाई समावेश गरिएको सो नाटकमा महिलाविरुद्ध हुने विभेद तथा शारीरिक र मानसिक हिंसाका कारण समाजमा पर्ने प्रभावको विश्लेषण गरिएको छ ।

हिंसा न्यूनीकरण तथा यौन हिंसाविरुद्ध देखाइएको नाटकमा नयाँ बसपार्क तथा त्यस आसपास क्षेत्रका रेष्टुराँबाट १८ वर्षभन्दा कम उमेरका बालिका र किशोरी फेला परेको समाचार प्रस्तुत गरिएको छ ।

संस्थाका अध्यक्ष तारा भण्डारीले पछिल्लो समय मानव बेचबिखनको क्षेत्र मानिउका डान्स, दोहोरी, क्याबिन रेष्टुराँलगायत मनोरञ्जन क्षेत्र विकसित हुँदै गएकामा चिन्ता व्यक्त गरे । यस्ता कार्य निरुत्साहन गर्न नाटक सशक्त माध्यम हुन सक्ने बताउँदै उहाँले हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारले निगरानी बढाउनपुर्नेमा जोड दिनुए ।

मनोरञ्जन क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका पत्रकार नेहा शर्माले गर्नुभएका विभिन्न अनुसन्धानका क्रममा राजनीतिक संरक्षणका आधारमा केही बिचौलिया तथा खराब गिरोहले ग्रामीण भेगका किशोरीलाई रोजगारीको प्रलोभन तथा विवाह गर्ने आश देखाएर डान्स तथा क्याबिनमा काम लगाउने गरेको अनुभव सुनाए ।

आगामी दिनमा काठमाडौँ उपत्यका तथा त्यस बाहिरका अन्य जिल्लामा समेत नाटक प्रदर्शन गरिनेछ । उक्त संस्थाको पहलमा प्रहरीको सहयोगमा वैदेशिक रोजगारीका बहानामा बेचबिखन तथा हिंसामा परेका बालबालिका तथा महिलालाई विभिन्न पुनःस्थापना केन्द्र तथा व्यावसायिक सीप केन्द्रमा तालीमको व्यवस्था गरी सम्बन्धित जिल्लामा फर्काउन सहयोग भएको छ । भूकम्पपछि बालबालिका तथा किशोरी बढी जोखिममा रहेको सो संस्थाको अध्ययनले देखाएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

नितिनले ‘गीत गजल’ निर्देशन गर्ने

जोनी जेन्टलम्यान निर्देशक नितिन चन्दले नयाँ सिनेमा ‘गीत गजल’ निर्देशन गर्ने भएका छन्...

‘आर्या’को डबिङ सप्पन्न

तिमिल्सिना फिल्म प्रडक्सनद्वारा निर्माण भएको नेपाली कथानक चलचित्र ‘आर्या’को डबिङ सप्पन्न भएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै