logo

सूचना अधिकारी र सञ्चारकर्मीबीच समन्वय हुनुपर्छ

पोखरा, असार १५
मुलुकमा सुशासन र पारदर्शिताका लागि सूचना अधिकारी र सञ्चारकर्मीबीच समन्वय हुनुपर्नेमा सहभागी वक्ताले जोड दिइएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रादेशिक मन्त्रालयका सूचना अधिकारी एवं प्रवक्ता र सञ्चारकर्मीबीचको छालफल एवं अन्तक्र्रियामा उहाँहरुले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि र पारदर्शिताका लागि भइरहेका सेवा प्रवाह जनतासमक्ष पुग्नुपर्ने बताए ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणीन्द्रमणि पोख्रेलले सामाजिक सरोकारका विभिन्न विषयलाई जनतामाझ पु¥याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

वन तथा वातावरण, जलवायु परिवर्तन, नदीजन्य वस्तुको दोहनलगायतका विषय अहिलेको प्रमुख समस्याका रुपमा देखिएको उल्लेख गर्दै उहाँले यी क्षेत्रलाई प्राथमिकतामा राखी समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेलले प्रदेशभित्रका समाचार सम्प्रेषण र पत्रकारका दक्षता अभिवृद्धिका लागि प्रदेश सरकार एवं प्रादेशिक मन्त्रालयको सहयोगी भूमिका हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सूचना अधिकारीहरु सम्बन्धित निकायका गतिविधि एवं सेवा प्रवाहको अवस्थामा जानकार हुनुपर्नेमा जोड दिँदै उनीहरुको व्यवहार सञ्चारकर्मी मैत्री हुनुपर्ने खाँचो औल्याए ।

कार्यक्रममा प्रदेशअन्तर्गत मन्त्रालयका सूचना अधिकारी एवं प्रवक्ता, प्रदेश सरकारका मुख्य महान्याधिवक्ता र प्रदेश प्रमुख कार्यालयका प्रवक्ता तथा सञ्चारकर्मीको सहभागिता थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सीआईआई कन्म्याक’ बिहीबारदेखि

भारतीय उद्योग परिसंघ (सीआईआई) नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सीआईआई कन्म्याक २०१८ को आयोजनाको...

नेपाल–बंगलादेशको व्यापार व्यवसायबारे छलफल

मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा नेपालका लागि बंगलादेशकी राजदूत महमस्फी विन्ट साम्स संग...

नेपाल मेडिसिटी र नेपाल विज्ञापन संघबीच सम्झौता

नेपाल मेडिसिटी अस्पताल र नेपाल विज्ञापन संघबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पताल, भैँसेपाटीमा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै