logo

पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’

काठमाडौं, असार १५
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटरचालकहरुलाई रोमाञ्चक ‘राइड एन्ड रिट्रिट’को आयोजना गरेको छ ।
गण्डकी अञ्चलका २५ जना यामाहा स्कुटरचालकलाई पोखराको यामाहा डिलर विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै अतिथि रिसोर्ट लगिएको थियो जहाँ उनीहरुले एउटा सुखद र रमाइलो दिनको अनुभव गरे । पाँच समूहमा विभाजन गरिएका २५ जना स्कुटरचालकलाई ‘पिलो फाइटिङ’, ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, जस्ता खेल खेलाइएको थियो । विश्वकर्मा अटोवक्र्सका प्रबन्धनिर्देशक सरोज श्रेष्ठले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा सहभागीमध्ये एक कृति ढुंगानाले यामाहाको यो सुरुवात प्रशंसायोग्य भएको र यसले निरन्तरता पाउने अपेक्षा गरिन् । यामाहाले यसअघि काठमाडौं र नारायणघाटमा ‘राइड एन्ड रिट्रिट’को आयोजना गरिसकेको छ । केही महिनाअघि भएको एक स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फर्टका लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको थियो । एमएडब्लुले विगत ६ वर्षदेखि नेपालमा स्कुटर भित्र्याउँदै आएको छ । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नवीनतम प्रयोगले गर्दा विश्वबजारमा नै यामाहाको स्कुटर चर्चित छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सीआईआई कन्म्याक’ बिहीबारदेखि

भारतीय उद्योग परिसंघ (सीआईआई) नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सीआईआई कन्म्याक २०१८ को आयोजनाको...

नेपाल–बंगलादेशको व्यापार व्यवसायबारे छलफल

मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा नेपालका लागि बंगलादेशकी राजदूत महमस्फी विन्ट साम्स संग...

नेपाल मेडिसिटी र नेपाल विज्ञापन संघबीच सम्झौता

नेपाल मेडिसिटी अस्पताल र नेपाल विज्ञापन संघबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पताल, भैँसेपाटीमा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै