logo

नेपाल वायुसेवा निगमको वाइडबडी विमान नेपाल आइपुग्यो

काठमाडौं, असार १५
नेपाल वायुसेवा निगमको वाइडबडी विमान नेपाल आइपुगेको छ । निगमले युरोपेली कम्पनीएयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात् २१ अर्ब ९० करोड रूपैयाँ रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । नेपाल सरकारको ‘ग्यारेन्टी’मा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिइएको ऋणबाट दुईवटा विमान खरिद गरिएको हो । २०७४ वैशाख ७ गते नेपाल सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदको लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । २०७४ जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो । जहाज प्रतिथान मूल्य १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । नयाँ विमानको नाम ‘अन्नपूर्ण’ राखिएको निगमले बताएको छ । नयाँ जहाजमा बिजनेस क्लासका १८ र इकोनोमी क्लासका दुई सय ५६ सिट रहेका छन् । प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । स्मार्ट इन्फोटेन्मेन्ट सिस्टममा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिने बताइएको छ ।
अन्नपूर्णले आगामी साउन १५ अर्थात् अगस्ट १ बाट व्यावसायिक उडान सुरु गर्ने पर्यटनमन्त्री रविन्द्र अधिकारीले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएपछि व्यावसायिक उडानमा लगाइनेछ । वाइडबडी विमान पहिलो चरणमा दुवई–दोहा उडान गरिनेछ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया, साउदी अरेबियाको रियादमा उडान गरिने नेपाल वायुसेवा निगमले जनाएको छ । निगमको अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै आइपुग्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । निगमले दुईवटा वाइडबडी जहाज किन्ने निर्णय गरेअनुसार पहिलो जहाज बिहीबार आइपुगेको हो । निगमले बोइङमार्फत अन्तर्राष्ट्रिय उडान यसअघि पनि गर्दै आए पनि वाइडबडी जहाज भने थिएन । निगमको अन्तर्राष्ट्रिय उडान हाल दुईवटा विमानले मात्रै भर्दै आइरहेका छन् । ती सबै न्यारोबडी विमान रहेको निगमले जनाएको छ । वाइडबडीलाई खाडी मुलुकको उडानमा केन्द्रित गरेपछि ए३२० लाई भारतको बैंगलोर, दिल्ली, थाइल्यान्डको बैंककलगायतका सहरमा उडान संख्या थपेर उडाउने योजना निगमको छ । वाइडबडी उडाउने जिम्मेवारी नेपाल एयरलाइन्समा कार्यरत वरिष्ठ पाइलटहरुलाई दिने कंसाकारले बताए ।
नयाँ विमान लिन नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, निगमका कर्पोरेट डाइरेक्टर रविन्द्रश्रेष्ठ र दुई जना नेपाली पाइलट फ्रान्स पुगेका थिए । तर, यो विमानलाई दुई जना विदेशी पाइलटले उडाएर ८ घण्टाको यात्रा तय गर्दै काठमाडौं ल्याइपु¥याएका हुन् ।फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानको पूजाआजासमेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्न्याप अन ब्राण्डका ग्यारेज उपकरण नेपाली बजारमा

स्न्यापअन ब्राण्डका ग्यारेज उपकरणको आधिकारिक बिक्रेताको रुपमा श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ्ग कन्सर्न रहेको...

शिखर शुजले ल्यायो सयभन्दा बढी मोडलका जुत्ता

जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छठलगायतका चाडबाडलाई लक्षित गरेर एक...

‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेता पुरस्कृत

ओप्पोले नेपाली चाड तीजका अवसरमा आयोजित ‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै