logo

‘कुनै पनि यातायात संस्था नवीकरण हुँदैनन्’

दीपक पराजुली
हेटौंडा, असार १४
सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार भएको सिण्डिकेट खारेजीसँगै देशकै यातायात क्षेत्रको अग्रणी संस्था नारायणी यातायात व्यवसायी संघ पनि नवीकरण नहुने पक्का भएको छ । राज्यकै केन्द्रीय नीतिअनुसार मकवानपुरमा रहेका कुनै पनि यातायातसम्बन्धी संस्थाहरु नवीकरण नहुने प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले बताए । उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा नवीकरण हुँदैन, त्यसैले कोही अलमलमा नपर्नुस् । पहिला संस्थाहरुले व्यवस्थापन गरेर सवारीसाधन चलाउँदा व्यवस्थित थियो तर अहिले यात्रुहरुले बढी दुःख पाएको देखिन्छ ।’ सिण्डिकेट भएको ठाउमा कारबाही गर्नु राम्रो कार्य भए पनि संस्था नरहँदा भने व्यवसायी के हुने हो भनेर अन्योलमा रहेका छन् । पहिला केही समस्या आए पनि संस्थाले नै सबै समस्या जिम्मा लिने कारणले व्यवसायी ढुक्क थिए । दुर्घटना हुँदा बीमाले दिने जम्मा तीन लाख हो, त्यो पनि कहिले आउने ठेगान हुँदैन तर उपचारमा ५५ लाखसम्म खर्च भएको रेकर्ड छ । समस्या यही नै हो । राज्यले यो क्षेत्रमा सूक्ष्म विश्लेषण गर्न नसकेको केही व्यवसायीको ठम्याइ छ । ‘हाम्रो दुर्घटनालगायतको जिम्मा सरकारले वातावरण बनाए संस्थाको कुनै आवश्यकता पर्दैन’, एक व्यवसायीले भने, ‘अब कम्पनी वा प्रालिमा जानुको विकल्प रहेन । जे भए पनि दुर्घटना हुँदा के गर्ने भन्ने विषयमा सरकारले ठोस योजना ल्याउनसकेको छैन ।’ सुधार गर्न खोज्नु स्वागतयोग्य कुरा हो तर विकल्प नदिई काम हुनु गलत छ । अहिले यातायात क्षेत्रको लथालिंगजस्तै अवस्था छ । ‘यात्रुहरुले झन् दुःख पाएको कुराहरु आइरहेका छन्’, उनले थपे । असारपछि संस्था नरहने भएपछि यो विषयमा के गर्ने भन्ने कहीँ कतै ठोस छलफल भएको पाइदैन । यसले भयावह अवस्था आउने देखिएको छ । देशभर तीन लाख भाडाका सवारीसाधन रहेकोमा नारायणी यातायातमा मात्र १० हजार हाराहारीमा व्यवसायी अबद्ध छन् । देशभर यातायात आबद्ध २ सय ४५ संस्थाहरु छन् भने जसमध्ये मालवाहक ढुवानीका २६ संस्था छन् । संस्था दर्ता ऐन ३४ को दफा १४ अनुसार संस्था विघटन भएपछि सम्पूर्ण जायजेथा सरकारको हुने भन्ने प्रस्ट कानुनमै उल्लेख भएकोले संस्था विघटनपछि के हुने भन्ने अन्योल नरहने प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सीआईआई कन्म्याक’ बिहीबारदेखि

भारतीय उद्योग परिसंघ (सीआईआई) नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सीआईआई कन्म्याक २०१८ को आयोजनाको...

नेपाल–बंगलादेशको व्यापार व्यवसायबारे छलफल

मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा नेपालका लागि बंगलादेशकी राजदूत महमस्फी विन्ट साम्स संग...

नेपाल मेडिसिटी र नेपाल विज्ञापन संघबीच सम्झौता

नेपाल मेडिसिटी अस्पताल र नेपाल विज्ञापन संघबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पताल, भैँसेपाटीमा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै