logo

दशरथ रगंशाला फागुनभित्र बनिसक्ने

काठमाडौँ, असार १३
मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन । विस २०१३ सालमा दशरथ रंगशाला निर्माण भएको हो । रंगशाला नबन्दा नजिकिँदै गरेको १३ औँ दक्षिण एसियाली खेलकुद साग र एशियन खेलको तयारीका लागि खेलाडीलाई अभ्यास गर्न पर्याप्त खेल मैदान छैन । त्यसैले जतिसक्दो चाँडो दशरथ रंगशाला पुनःनिर्माण गरिसक्नुपर्ने बाध्यता छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार सो रंगशालाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको र आगामी फागुन महिनाभित्र निर्माण कार्य सम्पन्न हुने बताए । “नेपालमै हुने ते¥हौं दक्षिण एसियाली खेलकूद प्रतियोगिता र उद्घाटन सत्र सोही मैदानमा हुने भएकाले हरहालतमा हामी रंगशालाको पुनःनिर्माण निर्धारित समयमै सक्ने पक्षमा छौं,” उनले रासससँग भने । सन् २०१९ को मार्चमा दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजना गर्ने जिम्मा नेपालले पाएको छ । राष्ट्रिय खेलकूद परिषद् राखेप अन्र्तगत पूर्वाधार पुनःनिर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले रंगशालाको पुनःनिर्माण कार्य अघि बढाउन समयमै बजेट नआएको गुनासो गरे । अर्थमन्त्रालयले बजेट निकासा नगर्दा काम गर्ने जिम्मेवारी पाएका निर्माण व्यवसायीलाई समेत समयमै पैसा उपलब्ध गराउन नसकेको शाखाको भनाइ छ ।
सबै पक्षको सहयोग भएमा आगामी सन् २०१९ फेबु्रअरीभित्रै भिआइपी प्यारापिटसहित सम्पूर्ण प्यारापिटमा कुर्सी जडान गरी निर्माण कार्य सम्पन्न गरिसक्ने राखेपको दाबी छ । “हामी छिटो निर्माण कार्य सक्ने पक्षमा छौं, बजेट बेलैमा नआउँदा कसरी हुन्छ त समयमै काम” – निर्माण शाखा प्रमुख उपाध्याय प्रश्न गर्छन । अहिले पुनःनिर्माण गर्न लागिएको रंगशाला साधारण र भिआइपी प्यारापिट गरी १५ हजार दर्शक अट्ने क्षमताको हुनेछ । पहिलेको तुलनामा अहिले केही कम क्षमताको बन्न लागेको हो । बजेटको विषयमा प्रश्न गर्दा खेलकूद मन्त्री सुनारले केही समयभित्र अर्थमन्त्रालयबाट बजेट निकासा हुने जानकारी दिए । खेलकूद मन्त्रालयले रंगशाला पुनःनिर्माण गर्न रु ५५ करोड ४२ लाख छुट्याएको छ । यसअन्तर्गत रंगशालासहित पौडी पोखरी र राखेपको एउटा भवन पनि बन्नेछ । रंगशाला बनाउन भ्याट बाहेक रु १६ करोड ५० लाख खर्च लाग्ने बताइएको छ । भत्काउन र निर्माण शुरु गर्न अहिलेसम्म रु ५ करोड खर्च भइसकेको छ । रंगशाला बनाउन अझै साढे ११ करोड रुपैयाँ आवश्यक छ । क्षतिग्रस्त रगंशालाको ‘फ्लड लाइट’, ‘स्कोर कार्ड’ र ‘सिन्थेटिक ट्रयाक’ बनाउन चीनले सहयोग गर्नेछ । यस अघि पनि ती संरचना चीनले बनाइदिएको हो । रंगशाला निर्माणको जिम्मेवारी लिनुभएका निर्माण व्यवसायी सनकसिह राईले भत्काउने काम सकिएको र बनाउने काम एक महिना अघिदेखि शुरु भएको बताए । ढलान र फलामलगायतको काम करीब २० प्रतिशत सकिँदासम्म पैसा नपाएको गुनासो निर्माण व्यवसायीको छ । “समयमै पैसा उपलब्ध गराए पो काम तीव्र गतिमा बढ्छ, नभए त काम गर्न नै गाह्रो हुन्छ,” निर्माण व्यवसायी राईले भने । समयमै भुक्तानी पाए सरकारको लक्ष्यअनुरुप निर्माण कार्य सम्पन्न गर्न सकिने उनको दावी छ । हाल निर्माणाधीन यस रगंशाला क्षेत्रफल १३६ रोपनी जमीनमा फैलिएको छ ।
दशरथ रंगशालाको इतिहास :- पहिले खाली मैदान रहेको यो स्थानमा विस २०१३ सालमा रंगशाला बनाइएको हो । त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो । राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथ्लेटिक्स र व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो । त्यसका लागि खेल मैदानको खाँचो महसुस गरी किरण शम्शेरलाई रंगशाला बनाउने कामको जिम्मा दिइएको थियो । त्यतिबेला रंगशालाको पूर्वपट्टि सेनाको छावनी थियो । उत्तरतर्फ बाँसको झयाङ थियो भने दक्षिणतर्फ खुला थियो । पश्चिमतर्फ राष्ट्रका केही विशिष्ट व्यक्ति आउँदा बसेर खेल हेर्ने घर बनाइयो । रंगशालाको पहिलोे संरचना त्यही बेला बनेको हो । राखेप सदस्यसचिवका रुपमा विस २०३४ मा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय भयो । विसं २०३५ मा शुरु गरिएको निर्माण कार्य २०३७ मा सम्पन्न भयो । रंगशालाको अहिलेको स्वरूप २०५५ सालमा तयार भएको थियो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो ।
रंगशाला काण्ड :- अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच प्रतिस्पर्धा भइरहेको थियो । विस २०४४ फागुन २९ गतेको त्यो दिन अचानक हावाहुरीसहितको वर्षा हुँदा रंगशालामा भएको भागदौड मच्चियो र ७१ खेलप्रेमीले ज्यान गुमाए । सोही घटनामा नैतिक जिम्मेवारी स्वीकार्दै तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले राजीनामा दिए । यो घटनालाई नेपाली खेलकूदको इतिहासमा कालो दिनका रुपमा सम्झने गरिन्छ । खेल क्षेत्रलाई माथि उठाउने उद्देश्यका साथ सरकारको नीति तथा कार्यक्रममा यसपटक सातै प्रदेशमा रंगशाला बनाउने योजना पारिएको छ । यसवर्ष प्रदेश नं २, ६ र ७ गरी तीन ठाउँमा रंगशाला बनाउने योजना रहेको राखेपले जनाएको छ । यसका लागि सरकारले रु सात करोड ५० लाख छुट्याएको छ । रंगशाला निर्माणका लागि सरकारले यसअघि कायम भएका ७५ मध्ये ७३ जिल्लामा जग्गा छुट्याएको भएपनि अधिकांश जिल्लामा रंगशाला निर्माण प्रक्रिया शुरु पनि हुन सकेको छैन । राखेपका अनुसार अहिलेसम्म मुगु र रौतहटमा खेल मैदान बनाउन जग्गाको जोहो गर्न सकिएको छैन । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने भएको छ । तेस्रो चरणको...

छात्रा भलिबलमा इर्खू प्रथम

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाको इर्खूमा भएको जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनलमा...

विमलले लिगका बाँकी खेल नखेल्ने

नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै