logo

सामसुङका ग्यालेक्सी ए६ र ए६–प्लस बजारमा

काठमाण्डौं, असार १२
सामसुङ नेपालले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरु – ग्यालेक्सी ए६ तथा ए६–प्लस नेपाली बजारमा ल्याएको छ । नयाँ स्मार्टफोन प्रभावशाली रहेको कम्पनीले दाबी गरेको छ । ए सिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लिक डिजाइनको साथ बजारमा ल्याइएको छ । ए६– प्लसमा ६ इन्च एफएचडी प्लस एस ए मोलेड डिस्प्ले रहेको छ भने ग्यालेक्सी ए ६५ दशमलव छ इन्च एचडी प्लस एसए मोलेड डिस्प्लेको साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ । त्यसै गरी ए६ तथा ए६ प्लसमा स्लिक कभ्र्स रहेको छ । यो आकर्षक स्टाइल तथा सहज रुपमा हातमा अटाउने खालको एरोनोमिक डिजाइन रहेको छ । ग्यालेक्सी ए६ तथा ए६ प्लसको इन्फिनिटी डिजाइनले ठूलो डिस्प्ले एरिया प्रदान गर्ने बताइएको छ । पातलो, हलुका तथा होम बटनको सट्टा सफ्टवेयर पावर्ड इन डिस्प्ले होम बटन हुनु यसको विशेषता रहेको छ । सहजताको लागि फिंगर सेन्सर बटनलाई पछाडिको भागमा लगिएको छ  । डिस्प्ले हार्डवेयरमा गरिएको परिवर्तनले १८ दशमलव पाँच इस्टु नौको एसपेक्ट रेसियो प्रदान गरेको छ । यसले प्रयोगकर्ताहरुलाई विशेष दृश्यको अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । आइएम विजका प्रमुख प्रणयरत्न स्थापितले ग्यालेक्सी ए६ तथा ए६ प्लस अहिलेका युवा पिंढीलाई विशेष ध्यानमा राखेर तयार पारिएको बताए । ग्यालेक्सी ए६ तथा ए६ प्लसमा सामसुङको नयाँ प्रविधि प्रयोग भएको कम्पनीले जनाएको छ । यस फोनको माध्यमबाट प्रयोगकर्ताले एकदमै राम्रो फोटो र सेल्फी खिच्नसक्ने बताइएको छ । ए६ प्लसमा डुअल रियर क्यामरा रहेको छ । प्राइमरी रियर क्यामरा १६ मेगापिक्सल तथा एफ/१.७ अपर्चरको साथ तथा रियर क्यामरा ५ मेगापिक्सल तथा एफ /१.९ को अपर्चरको साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ । सामसुङका आकर्षक फिचरहरु लाइभ फोकसको साथ ब्याकग्राउन्ड ब्लर गर्न सकिने सुविधा रहेको छ । साथै फोटो खिचिसकेपछि पनि यसमा ब्याक ग्राउन्डलाई संशोधन एवं परिवर्तन गर्न सकिन्छ । यसमा सबैभन्दा लो अपर्चर लेन्स रहेको छ ।
ग्योलेक्सी ए६ तथा ए६ प्लसमा केवल इन्फिनिटी डिस्प्ले, स्टाइलिस डिजाइन एवं उत्कृष्ट क्यामराका साथै अक्टाकोर प्रोसेसर पनि रहेको छ । ए६ तथा ए६ प्लसमा ४ जीबी -याम र ६४ जीबी रोम रहेको छ । यसमा एडभान्स मेमोरी म्यानेन्टमेन्ट फिचर पनि रहेको छ । ए६ प्लसमा तीन हजार पाँच सय मेगा तथा ए६मा तीन हजार मेगा ब्याट्री रहेको छ । साथै सबै सेटहरुमा आधुनिक एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको कम्पनीले बताएको छ । ग्यालेक्सी ए६ तथा ए६ प्लसको नेपाली मूल्य क्रमशः ४४ हजार तीन सय ९० तथा ३९ हजार आठ सय ९० तोकिएको कम्पनीले जनाएको छ । यो फोन नेपाल अधिराज्यभरका रिटेलहरुमार्फत यही असार ६ गतेदेखि उपलब्ध रहेको छ । ग्राहकहरुकोे लागि दुवै स्मार्टफोनमा छ महिनाको ब्रेकेज इन्स्योरेन्स प्रदान गरिएको छ । ए६ तथा ए६ प्लसमा छ हजार एमबीको डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता पाँच सय एमबीका दरले १२ हप्तासम्म एनसेलको डाटा प्याक पनि निःशुल्क प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महानगरको निर्णयविरुद्ध मजदुर

भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि तीन पांग्रे अटो र ई–रिक्सालाई राजमार्गमा चलाउन रोक लगाउने निर्णय...

ओप्पोद्वारा यूके प्रवेशको घोषणा

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओप्पोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने...

टम्बो मोबाइल ब्राण्ड नेपाली बजारमा

नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो प्रवेश गर्ने तयारीमा रहेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो नेपाली...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै