logo

कोमात्सुद्वारा मोटर ग्रेडर जिडी पाँच सय ३५ दशमलव पाँचको बिक्री सुरु

काठमाण्डौं, असार ११
कन्टिलेन्टल ट्रेडिङ इन्टरप्राइजेस प्रालि कोमात्सु हेभी इक्वीपमेन्टको लागि नेपालको आधिकारिक राष्ट्रिय वितरकले मोटर ग्रेडर जिडी पाँच सय ३५ दशमलव पाँचको बिक्री सुरुवातको घोषणा गरेको छ । ग्रेडर जिडी पाँच सय ३५ दशमलवमा एक सय सात ई वानको इन्जिन रहेको छ भने यसको तीन सय ७१ मिटर ब्लेडले दुई हजार आरपीएम मा १५ सय चार हर्ष पावर उत्पन्न गर्छ । कम्पनीको अनुसार, यो मेसिनसँगै टर्बो चार्जर एअर–टु–एअर आफ्टर–कुल्ड इन्जिन हुने भएकोले उच्च गतिशीलता प्रदान गर्नुका साथै तेल खपत पनि कम हुन्छ । यो मेसिनको कमन रेल इन्जेक्सन सिस्टमले गतिलो थ्रोटल नियन्त्रण गर्छ जसले उच्च हर्षपावरको साथ उच्च वर्क स्पिड दिन्छ । यसको दुईवटा ‘पि’ र ‘ई’ मोडले इन्जिनको आउटपुटलाई अनुकुलित बनाउँछ र तेल खपत कम गराउँछ । सुपरियर ट्रान्समिसन अटो मोडको संयोजनसहित (टर्क कन्भर्टर ड्राइभ) र म्यानुअल मोड (डाइरेक्ट ड्राइभ) यो वर्गको अद्वितीय विशेषता हुन् जसले इन्जिन राखिएको स्थानलाई सुरक्षित गर्दछ ।
बिक्री शुभारम्भ कार्यक्रमलाई कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुरिद घिमिरे र कोमात्सु इन्डिया प्रालिका सहअध्यक्ष काजुमा नाकानिशीले संयुक्तरुपमा गरेका थिए । यो मेसिनलाई कोमट्रयाक्स सिस्टममा बनाइएको छ जसले ग्राहकको इक्वीपमेन्ट व्यवस्थापनमा मद्दत गर्दछ र तेलमा लाग्ने लागतलाई घटाउँदछ । कम्पनीका अनुसार कोमट्रयाक्स टर्मिनलले मेसिनको लोकेसन, कामको रेकर्ड, मेसिनको कन्डिसन आदि जानकारी दिन्छ जुन ताररहित कम्युनिकेसनले काम गर्दछ । ग्राहकहरुले अनलाइन माध्यमबाट पनि कोमट्रयाक्सको डाटा हेर्न सक्दछन् । नेपालमा २०औं वर्षदेखि ‘कोमात्सु’ हेभी इक्वीपमेन्टको क्षेत्रमा अग्रणीरुपमा उभिएको छ । कोमात्सु प्रोडक्टको प्राविधिक सपोर्ट ग्राहकहरुको सेवा पुग्नेगरी डिजाइन गरिएको छ । आफ्ना ग्राहकहरुलाई कसरी मेन्टिनेन्स र सपोर्ट गर्ने भनेर कोमात्सु डिष्ट्रिब्युटरले विभिन्न प्रभावशाली सेवाहरुको अफर गरेको छ । देशको विभिन्न भागमा बिक्रीपश्चात्को सेवा प्रदायक सेन्टरहरु भएकोले कोमात्सु मेसिनको नेपालमा सबैभन्दा कम डाउन टाइम भएको मानिन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सीआईआई कन्म्याक’ बिहीबारदेखि

भारतीय उद्योग परिसंघ (सीआईआई) नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सीआईआई कन्म्याक २०१८ को आयोजनाको...

नेपाल–बंगलादेशको व्यापार व्यवसायबारे छलफल

मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा नेपालका लागि बंगलादेशकी राजदूत महमस्फी विन्ट साम्स संग...

नेपाल मेडिसिटी र नेपाल विज्ञापन संघबीच सम्झौता

नेपाल मेडिसिटी अस्पताल र नेपाल विज्ञापन संघबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पताल, भैँसेपाटीमा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै