logo

२१ बुँदे घोषणा–पत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिको भेला सम्पन्न

दिपक पराजुली
हेटौडा, असार १०
यही असार ६ बाट हेटौंडामा सुरु भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेला २१ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आगामी दिनमा कांग्रेस पार्टीको संगठन थप सबल, आधुनिक एव प्रभावकारी बनाई अगाडि बढ्ने निर्णय गरिएको नेपाली कांग्रेस मकवानपुर नगर सभापति आनन्दराम पराजुलीले बताए । पार्टीको विधानसम्बन्धी सुझावहरुलाई महासमिति बैठकबाटै संशोधन र परिमार्जित हुने विश्वास व्यक्त गर्दै आगामी चुनौतीको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले अगाडि बढ्ने पत्रमा भनिएको छ । विधान मस्यौदा समिति गठन गर्दा जिल्ला सभापतिहरुको समेत प्रतिनिधित्व गर्न केन्द्रीय समितिलाई अनुरोध गर्नुका साथै महासमिति बैठकको मिति र स्थान अविलम्ब तोक्न अनुरोध गर्ने भनिएको छ। पार्टीभित्र पारस्परिक एकता बलियो बनाउँदै संगठनलाई थप क्रियाशील बनाउन नेतृत्वसमक्ष अनुरोध गर्नुका साथै प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सभामा पार्टीको प्रस्तुति थप प्रभावकारी बनाइनुका साथै सबै तहको संरचना निर्माणको लागि केन्द्रीय समितिलाई आग्रह गरिएको छ । विभिन्न भ्रातृसंगठनहरुको समयमा नै अधिवेशन गर्न माग गर्नुका साथै लोकतन्त्रका स्थापित मूल्य/मान्यताको रक्षाको लागि नेपाली कांग्रेस दृढ रुपमा उभिने प्रण गरेको पत्रमा उल्लेख छ । यो सरकार बनेपछि भएको चर्को मूल्यवृद्धिलाई गम्भीरतापूर्वक लिँदै कांग्रेस जिल्ला सभापतिको जिल्ला कार्यालयमा भएको घटनाको भत्र्सना गरिएको छ ।
संविधानले दिएको प्रदेश र स्थानीय तहको अधिकारलाई हालै प्रस्तुत नीति कार्यक्रम र बजेट विनियोजनले कमजोर र केन्द्रमुखी बनाएको निष्कर्ष निकाल्दै वर्तमान सरकारले योजना छनौट र बजेट विनियोजनमा समेत विभेदपूर्ण व्यवहार देखिएको भनिएको छ। देशभरि फरक आस्था र विचारकै आधारमा अभियोग लगाउनेजस्तो गतिविधि भएको भन्दै यस्ता गतिविधि तत्काल बन्द नगरिए आन्दोलनमा उत्रिने बताइएको छ । द्वन्द्वकालमा कब्जा गरिएका जग्गा फिर्ता गर्नुपर्ने सम्झौताविपरीत त्यसैलाई वैधता दिन लागिएकोमा आपत्ति समेत जनाइएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विद्यालयको भवनमा बैंक, टहरोमा विद्यार्थी

दोलखाको मेलुङ गाउँपालिकाको एक विद्यालयले पक्की भवन बैंकलाई भाडामा दिएर जस्ताको टहरोमा विद्यार्थीलाई पठन–पाठन...

२७ वर्षको उमेरमा छैठौं विवाह ६६ वर्षका वृद्धसँग !

गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्ला दुवानेटाका बासिन्दाले अनौठो विवाह देख्न पाएका छन् । एक छोरी, तीन जिल्लाकी...

अर्थको पत्रविरुद्ध प्रहरीको पत्र

अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रले सुरक्षा निकायभित्र द्विविधा उत्पन्न गराइदिएको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै