logo

सिप्रदी र टाटा मोटर्सले मनाए अन्तर्राष्ट्रिय योग दिवस

काठमाण्डौं, असार १०
सिप्रदी ट्रेडिङ प्रा.लि. सिप्रदीयन सहायता संस्था र टाटा मोटर्सले देशका नवौं प्रमुख सहरहरुमा अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को अगुवाइमा आयोजना गरिएको यस कार्यक्रमलाई सिप्रदीयन सहायता संस्था तथा टाटा मोटर्सले संयुक्त रुपमा सहयोग गरेको हो । कार्यक्रममा सिप्रदी तथा टाटा मोटर्सका प्रतिनिधिहरु सबै कर्मचारीहरु क्षेत्रीय प्रमुखहरु तथा ग्राहकहरु सहभागी थिए । हजारौं वर्ष पुरानो योग अनुशासनबाट शारीरिक मानसिक तथा आध्यात्मिक विकास हुन्छ । केही वर्षपहिले संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त यस योग दिवसलाई संसारभर मनाइन्छ र सिप्रदीले पनि यस विश्वव्यापी अभियानमा आफ्नो आबद्धता देखाउँदै हरेक वर्ष मनाउँदै आइरहेको बताएको छ । सिप्रदी ट्रेडिङ प्रा.लि.का निर्देशक शम्भु प्रसाद दाहालले शरीर र मनलाई शान्त राख्ने योग आध्यात्मिक तथा यौगिक अनुशासनको लागि गरिने व्यायाम भएको बताए । त्यस्तै सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले विगत दुई वर्षदेखि सिप्रदीले आफ्नो कर्पाेरेट सामाजिक दायित्व वहन गर्ने संस्था सिप्रदीयन सहायता संस्थासँगै मिलेर यो अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘सीआईआई कन्म्याक’ बिहीबारदेखि

भारतीय उद्योग परिसंघ (सीआईआई) नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सीआईआई कन्म्याक २०१८ को आयोजनाको...

नेपाल–बंगलादेशको व्यापार व्यवसायबारे छलफल

मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा नेपालका लागि बंगलादेशकी राजदूत महमस्फी विन्ट साम्स संग...

नेपाल मेडिसिटी र नेपाल विज्ञापन संघबीच सम्झौता

नेपाल मेडिसिटी अस्पताल र नेपाल विज्ञापन संघबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पताल, भैँसेपाटीमा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै