logo

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

काठमाडौं, असार ८
नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको आयोजनामा सूचना सञ्चार प्रविधिमा रोजगारी ः अवसर र चुनौती विषयक कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
नेपालका लागि इजरायलका राजदूत एक्सलेन्सी बेनी ओमेरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यशालामा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. सुधा त्रिपाठीको विशेष उपस्थिति रहेको थियो । हिमालय कलेज अफ इन्जिनियरिङका प्रबन्धनिर्देशक रामेश्वर अर्यालले नेपाल समृद्धिका चरणमा प्रवेश गरेकाले यसका लागि सूचना र सञ्चारको विकास र राष्ट्रनिर्माणमा यसको प्रयोग अपरिहार्य रहेकाले यसैअनुसारको जनशक्ति उत्पादन गरी देश विकासमा टेवा पु¥याउने ध्येयले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रमका इजरायली राजदूत ओमेरले आजको विश्वलाई सूचना र सञ्चारले नेतृत्व गरेको र इजरायल पनि यस मार्गमा अगाडि बढी सकेको बताउँदै नेपालसँग सहकार्य गरी स्तरीय शिक्षा प्रदान गर्न तयार रहेको बताए । कार्यक्रमा उपस्थित त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले त्रि.वि. गुणस्तीय र व्यवहारिक शिक्षा प्रदान गराउने र विश्वविद्यालय शिक्षाको संरचना परिवर्तन गर्ने तयारीमा रहेको बताउँदै हिमालय कलेज अफ इन्जिनियरिङले आजको विश्व सुहाउँदो शिक्षा प्रदान गर्ने त्रि.वि.को लक्ष्य हासिल गर्नमा निकै ठूलो भूमिका खेलेको बताइन् । उनले यस कार्यशालामा प्रस्तुत भएका विचारहरु नेपालको शैक्षिक पुनर्संरचनाका लागि निकै महत्वपूर्ण भएको बताइन् । आगामी दिनमा यस्ता कार्यमा त्रि.वि.को सधैँ साथ र सहयोग रहने बताएकी छिन् । उनले त्रि.वि.का आङ्गिक र सम्बन्धन प्राप्त कलेजहरुमध्ये हिमालय कलेज अफ इन्जिनियङ एक उत्कृष्ट कलेज रहेको बताइन् ।
इन्जिनियरिङ अध्ययन संस्थानका सुवर्ण शाक्यले कलेजले नेपालको इन्जिनियरिङ क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्नमा कलेजले अझै महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा उपस्थित भएका सम्पूर्ण आमन्त्रित व्यक्तिहरुलाई कलेजकातर्फबाट मायाको चिनो प्रदान गर्दै कलेजका चेयरमेन विष्णुप्रसाद शर्माले गुणस्तरीय र विश्व सुहाउँदो शिक्षा नेपालमै प्रदान गर्ने उद्देश्यले हिमालय कलेज अफ इन्जिनियरिङको स्थापना भएको बताए । कार्विका थापाले सहजकर्ताको भूमिका निर्वाह गरेको कार्यक्रममा लिफगका प्रतिनिधि कृषि, क्यानका उपाध्यक्ष रोमकान्त पाण्डेय, नेपाल टेलिकमका सुनिल पोखरेल, विभुषण विष्ट र हिमालय कलेज अफ इन्जिनियरिङका विभागीय प्रमुख अशोक जीएमले विज्ञ समूहको भूमिका निभाएका थिए ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै