logo
565 x 90 pixel-01.png

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

काठमाडौं, असार ६
आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ सम्पन्न भएको छ । स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारासहित ललितपुरको हिमालय होटलमा आइतबारदेखि सुरु भएको सम्मेलन सोमबार सम्पन्न भएको हो ।
सम्मेलनमा स्थानीय तहहरुलाई स्मार्टपालिका बनाउन सबै किसिमका विकासका पूर्वाधारका साथै सरकारी सेवालाई डिजिटलाइज्ड गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । सम्मेलनको दोस्रो दिन सोमबार पूर्वाधार र डिजिटल सेक्युरिटीसम्बन्धी विषयगत विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा इयरिज इन्डियाका अध्यक्ष ऋषि भट्नागर, इसिमोडका स्ट्राटेजिक कोअपरेसन डाइरेक्टर वसन्त श्रेष्ठ, नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल र बीआई सलुसन्स एन्ड एक्सन सिस्टमका संस्थापक रवि भट्टराईसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । त्यस्तै डिजिटल सेक्युरिटीका विषयमा सूचना प्रविधिविज्ञहरु सुयस नेपाल, प्रमोद पराजुली, राजनराज पन्त, विजय सेनिहाङ र अभिजित गुप्ताले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनको अन्तिम सत्रमा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थितिमा स्मार्टपालिका (स्मार्ट स्थानीयतह) विषयक प्यानल डिस्कसन गरिएको थियो । प्यानल डिस्कसनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्र शर्मा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति जीवराज पोखरेल, यूएनडीपी नेपालका कन्ट्री डाइरेक्टर रिनाउद मेयर, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य सुनिलबाबु श्रेष्ठलगायतको सहभागिता थियो । स्मार्टपालिका विषयक डिस्कसनमा भक्तपुरको चाँगुनारायण नगरपालिका, प्युठान नगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काभ्रेको भोटेचौर गाउँपालिकालगायत देशभरका २० भन्दा बढी स्थानीय तहका प्रमुखको उपस्थिति थियो ।
सम्मेलनमा डिजिटल इकोनोमी, स्मार्ट सर्भिसेस, डिजास्टर रिस्क रिडक्सन, पूर्वाधार, डिजिटल सेक्युरिटी र स्मार्टपालिकासम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो । सम्मेलनपछि अवधारणापत्र तयार गरी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने क्यान महासंघले जनाएको छ । साथै, सहरी विकास मन्त्रालयअन्तर्गत स्मार्ट सिटीको मास्टर प्लानबनाउने कार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सूचनाप्रविधिको क्षेत्रसँग सम्बन्धित योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने योजनासमेत छ ।
सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नास्ट, यूएनडीपी, नेपाल पर्यटन बोर्ड, सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था, क्यान यूएसए र माइक्रोसफ्टको सहयोग थियो । कार्यक्रमको मुख्य प्रायोजक सुविसु केबल नेट प्रालि हो भने सह–प्रायोजनमा मोटोरोला नेपालको आधिकारिक विक्रेता लाइफकम प्रालि रहेको थियो । त्यस्तै, सम्मेलनलाई योमरी, इ–सेवा, हुवावे, वल्र्ड लिंक, भायनेट, मर्कन्टायल, म्याक्स कनेक्ट प्रालि, डिजिकम, इन्फो डेभलपर्स, नेपालकलेज अफइन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी), शास्त्र नेटवर्क, एक्सेस वल्र्ड, लर्डबुद्ध एजुकसेन फाउन्डेसन र सारथिको प्रत्यक्ष सहयोग थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिमा नागरिकको पहुँच बढाउन काम तीव्र

सरकारले सूचना र प्रविधिमा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सूचना र...

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै