logo

तङ्ग्रिदै पहिरो प्रभावित विद्यालय

आशिष बहादुर सिंह
बझाड., असार ४
पहिरोले स्कुलको भवनहरु बगाउँदा झण्डै एक वर्षसम्म सात सय विद्यार्थीको पढाइ र विद्यालयको प्रशासनिक कामसमेत प्रभावित भएको बझाङको दुर्गम गाउँको एक विद्यालय स्थानीयहरु ,अभिभावकको मिहिनेत र दाताहरुको सहयोगमा तङ्ग्रिन थालेको छ । गत वर्ष असार २५ गते राति बुगङल नगरपालिका वडा नं ६ सिमालीमा रहेको दुर्गा भवानी उच्च माध्यमिक विद्यालयको २२ वटा कोठा रहेको दुई वटा भवन पहिरोले बगाएको थियो । भवनहरु बगेपछि कार्यालयमा रहेका विद्यालयका दस्तावेज, कम्प्युटर ल्याब, फर्निचर, सौर्य ऊर्जा प्रणाली, छात्रवास र शौचालयसहित दुई करोड ७२ लाख बराबरको क्षति भएको थियो । २०३३ सालमा स्थापना भएको यो स्कुलमा पहिरो गएपछि यहाँका शिक्षक, अभिभावक र विद्यार्थीहरुले झण्डै एक वर्षसम्म ठूलै हैरानी व्यहोर्नुप-यो । पहिरोपश्चात् बचेको एउटा भवनको बरण्डा, ग्यालरी र पालमा १ देखि १२ कक्षासम्मको पढाइ सञ्चालन गरिएको थियो । ‘पहिरो गएपछि एक डेढ महिना त स्कुल नै बन्द भयो’ कक्षा १० की छात्रा इन्दिरा धामीले भनिन्,’ ‘पछि पाल टाँगेर कक्षा चलाइयो । कुनै कक्षाको पढाइ बरण्डामा हुन्थ्यो , निकै दुःख भयो ।’
विद्यालयमा शौचालय नभएका कारण छात्राहरु करिब २० मिनेट हिंडेर तल खोलामा गएर शौच गर्नुपर्ने अवस्था थियो । उनले विद्यालयमा शौचालय नभएका कारण महिनावारी भएका बेला छात्राहरु स्कुल नै नआउने गरेको बताइन् । वर्षात् र हिउँदको समयमा चिसो पालमा चप्पल ओच्छयाएर पढ्नु परेकोले थुप्रै विद्यार्थीहरु बिरामी हुने गरेको बताउँदै कक्षा ९ का विद्यार्थी जगतलाल देवारले भने, ‘कुनैकुनै दिन त कक्षामा चार/पाँच जना विद्यार्थी मात्र हुन्थे । चिसो लागेर कसैको पेट दुख्थ्यो । पखाला, रुघाखोकी लागेर बिरामी नभएको त सायद कोही विद्यार्थी पनि छैन होला ।’ विद्यालय पहिरोले बगाएपछि विद्यार्थी मात्र हैन यहाँका शिक्षक र अभिभावकहरुले पनि पाउनु दुःख पाए । करिब दुई सय ५० परिवारको प्रत्येक घरको एक जनाले १० दिन लगाएर पहिरोमा पुरिएका विद्यालयमा दस्तावेज खोजे  । काम लाग्ने खालको काठ, र ढुंगाहरु तह लगाए । ‘प्रत्येक परिवारले दुई/दुई हजार नगदसमेत सङ्कलन गरे ।’ शिक्षक अभिभावक संघका अध्यक्ष पठान धामीले भने,’ ‘विद्यालय बगाएदेखि अहिलेसम्म एक परिवारले २५ दिनभन्दा बढी श्रमदान गरेका छन् । अभिभावकको यत्रो साथ नपाएको भए यति छिट्टै विद्यालय तङ्ग्रिने थिएन ।’ यता विद्यालयका प्राचार्य र व्यवस्थापन समितिका केही पदाधिकारीहरु सहयोग सङ्कलनको लागि जुटे । उनीहरुले सहयोगको याचना गर्दै सदरमुकामका होटल र पसलदेखि सिंहदरबारका मन्त्रालय र गैरसरकारी संस्थाहरु धाए । ‘कसैलाई कुर्सी माग्यौं, कसैले रजिष्टर दिए । कसैले नगद सहयोग गरे’ विद्यालयका प्राचार्य हिक्मत ऐरीले भने,’ ‘अभिभावकहरुले विदेशमा रहेका आफ्ना छोराछोरीलाई सहयोग जुटाउन अपिल गरे । कोरियामा रहेका बझाङ्गीहरु पनि एक लाख ९० हजार सहयोग गरे ।’
तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले दुई लाख ५० हजार रकम विद्यालय भवनको लागि दियो । उनीहरुले कोरियाबाट उठेको सहयोगसमेत त्यसैमा लगानी गरे । बाँकी श्रमदान गरेर १२ लाख बराबरको पक्की भवन बनाए । यसले केही राहत भयो । पहिरोबाट बचेको भवनमा तला थप्नका लागि स्कुलमा कार्यरत शिक्षकहरुले दुई/दुई महिनाको तलब उठाए । त्यसबाट निर्माण सामग्री खरिद गरियो बाँकी काम स्थानीयले श्रमदान गरे । जिल्ला समन्वय समितिको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले छात्रछात्रामैत्री शौचालय निर्माणका लागि केही रकम दियो । बाँकी स्थानीयले नै श्रमदान गरे । त्यसपछि प्राचार्यसहितको टोली ग्रामीण पुनस्र्थापना तथा पुनर्निर्माण नेपाल (आरआरएन) को केन्द्रीय कार्यालय काठमाडौंमा माग्न पुग्यो । आरआरएनले ३५ लाख १० हजार रकम दियो । अभिभावकहरुले पनि श्रम दान गरेर दुई वटा भवन निर्माण थाले । यी दुई भवन निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ । आरआरएनका कार्यक्रम संयोजक गोपीसिंङ नेपाली भन्छन्, ‘सिमालीका अभिभावकको मिहिनेत देखेर प्रभावित नहुने कमै होलान्’ उनले अभिभावकहरुको लगनको प्रशंसा गर्दै भने,’ ‘सबै ठाउँका जनता यसरी नै समाजको विकासमा लागे भने सबैले भनेको नयाँ नेपाल बनाउन बेर लाग्दैनथ्यो ।’
अहिले बनेका सबै भवनहरु भूकम्प प्रतिरोधी भएको र पहिरोबाट विद्यालयलाई जोगाउनका लागि सम्भावित पहिरो लाग्ने ठाउँमा ग्याबिन जालीसहितको पर्खाल बनाइएको आरआरएनका सव इन्जिनियर सुशील बोहराले बताए । शिक्षक, अभिभावकले यति धेरै मिहिनेत गरेर पनि विद्यालय पूर्णरुपमा तंग्रिन भने अझै सकेको छैन । विद्यालय निर्माण समितिका अध्यक्ष हरसिंह देवारले भने हरेस खाएका छैनन् । उनी भन्छन, ‘कतैबाट निर्माण सामग्री किन्ने र दक्ष मिस्त्रीको ज्यालासम्म दिने रकम सहयोग पायो भने बाँकी काम श्रमदानमै गर्न हामी तयार छौं । यो वर्षभित्रै विद्यालयलाई पहिलाको भन्दा राम्रो र सुरक्षित विद्यालय बनाउनका लागिरहेका छौं ।
(आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जुवा खेल्नेहरु प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यलयले जुवा खेल्दै गरेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । सदरमुकाम चैनपुरमा रहेको...

तेल बोक्ने ट्यांकर चालक र हेल्परले आजदेखि काम नगर्ने

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै आज आइतबारदेखि आन्दोलनलाई...

दुई हजार तीन सय ४५ भूकम्पपीडित थपिए

भूकम्पपीडितको संख्या फेरि थप भएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मङ्सिर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै