logo

विवाहको भोलिपल्ट बिहानै बेहुलाको रहस्यमय मृत्यु

प्रेम सुनार
रुपन्देही, असार ३
प्रदेश ५ अन्तर्गत रुपन्देहीमा केही दिनअघि एक युवा जबर्जस्ती विवाहको अर्को दिन बिहान मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर–७ अमुवा हिरागञ्जका ३२ वर्षीय कर्णबहादुर बुढाथोकीलाई स्थानीय अन्दाजी ३२ वर्षीया रुक्मणी खवाससँग माया प्रेम रहेको भन्दै उनको समुदायले जेठ २४ गते विवाह गराएका थिए । त्यस विवाहलाई बुढाथोकीका परिवारजनले जबर्जस्ती भनेका छन् । लामो समयदेखि उनीहरुबीच प्रेम सम्बन्ध रहेको भन्दै ती युवतीका परिवारजनले बुढाथोकीको छिमेकमै आई उनलाई विवाह नगरे ज्यान मार्नेसम्मको धम्की दिई जबर्जस्ती विवाह गराइदिएको बुढाथोकीका आफन्त नैनबहादुर लोकचनले बताए । ‘केटा र उनका परिवारले उनलाई विवाह गर्नै मानेका थिएनन्’, उनले भने, ‘केटी पक्षको ठूलो जमात आई ज्यान मार्नेसम्मको धम्की दिएपछि विवाह गर्न बाध्य भएका थिए ।’
जबर्जस्ती विवाह भएका कारण घरमा बस्न नचाहेर बुटवलको दोस्ती रेष्टुरेन्ट एण्ड लजमा उनीहरु दुवै जना बस्न गएका थिए त्यस रात । त्यस लजका सञ्चालक किरण पाण्डेसँग सम्पर्क राख्दा उनले भने, ‘उनीहरु त्यस्तै साँझ ६ बजेतिर आएका थिए । १०८ नम्बर रुम बुक गरेका थिए । उनीहरुसँग एक महिलासहित ८/९ जना मानिसहरु पनि आएका थिए । अरु मानिसहरु राति साढे १० बजेसम्म मादक पदार्थ सेवन गर्दै बसेका थिए । केही विवादजस्तो पनि पाइन्थ्यो तर हामी त्यतापट्टि लागेनौँ । उनीहरु सबै जना राति हिँडेपछि उनीहरु दुई जना त्यस रुममा सुत्न गएका थिए । बिहान साढे ६ बजेतिर उनीहरु दुवै जना कोठाबाट निस्केर ढोका खोल्न लगाए । हाम्रो स्टाफले ढोका खोलेपछि नवदुलही सामान किन्न भन्दै बाहिर निस्किइन् । त्यसपछि बेहुला कोठाभित्र गए । उनी करिब २० मिनेटमा फर्किइन् । कोठामा जाँदा चुक्कुल लगाएको देखेपछि स्टाफलाई बोलाएर ढोका हानेर खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई फोन हानेर बोलाएका हौँ ।’
मृतक बुढाथोकीका परिवारजन उनको मृत्युलाई रहस्यमय भन्दै छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन् । झुण्डिएको कोठाको ढोका खाल्दा चुक्कुल अडाउने किलाहरु नभाँचिनु, सेतो तन्नाको डोरी बनाएर पंखाको हुपमा नभई त्यसको पातामा डोरी थियो भनिनु, मृतकका परिवारजनलाई पहिला थाहा नदिई केटी पक्षका मानिसहरुलाई बोलाई शव उठाउन, करिब डेढ घण्टा पनि लुम्बिनी अञ्चल अस्पतालमा शव पु-याएपछि मात्र आफूहरुलाई खबर गरिनुले उनको मृत्यु घटना रहस्यमय रहेको मृतकका परिवाजनको भनाइ छ ।
रोई रोई जोडेको नाता पाइयो : डीएसपी भट्टराई :- घटनाका सम्बन्धमा बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी केशव भट्टराईसँग सम्पर्क राख्दा उनले परिवारजनले जबर्जस्ती विवाहको दाबी गरे पनि अनुसन्धानको क्रममा त्यस्तो नखुलेको बताए । उनले भने, ‘ती महिलासँग बुझ्दा राजीखुसी विवाह गरेको खुलेको छ । २४ गते दिउँसो छिमेकी ती युवतीका आफन्तले स्थानीयको एक घरमा ती युवासँग भेट गराएको उनले बताएकी छिन् । उनले भनेकी छन्, ‘हामी दुई जनासँगै एक्लै कोठामा बस्यौं । विगतको माया प्रेमको कुरा सम्झेर दुवै जना धेरै बेरसम्म रोयौं । दुवैले बिहे गरेर सँगै बस्ने हामीले निर्णय गरेपछि सबैले ताली बजाएर स्वागत गरे । त्यहाँबाट हामी सिद्धबाबातिर आएर साँझसम्म बस्यौँ र होटलमा सुहागरात मनाउन भन्दै गएका थियौं ।’ डीएसपी भट्टराईका अनुसार ती दुई जना होटलमा गइसकेपछि मात्र चार/पाँच जना उनका आफन्त त्यस होटलमा पुगेका थिए । घटनाको गम्भीर ढंगसँग अनुसन्धान भइरहेको र ती होटलमा पुगेकाहरुसँग सोधपुछ हुँदै गरेको डीएसपी भट्टराईले बताए ।
विवाहपछि हाँसीखुसी थिए : प्रत्यक्षदर्शी :- विवाहको साँझ होटलमा पुगेका बुढाथोकीका साथी कमल भट्टराईले त्यस दिन साँझ उनीहरु हाँसीखुसी रहेको बताए । उनले भने, ‘उनी र म २२ वर्षदेखि निर्माणक्षेत्रमा सँगै काम गर्दै आएका थियौं । ऊ मेरो मुटु थियो । ती केटी थारु समुदायकी हुन् । १२–१५ वर्षदेखि उनीसँग माया प्रेम थियो । तर गत एक वर्षदेखि उनीहरुको सम्बन्ध टाढिएपछि त्यहाँको समुदायले पटक–पटक उनीहरुलाई भेट गराउन खोजे । केटीले समुदायले भेट गराउने आशा मारेर आफैँ केटाको छिमेकमा आएर विवाह गरेका हुन् । त्यो समुदायले हामी नजिकको साथी भएकोले मलाई पनि विवाहका लागि सकारात्मक बनाउन खोजेका थिए । होटलमा हाँसीखुसी कुराकानी गरियो । भन्न त उसले भनेको थियो, त्यहाँका दिदीबहिनीहरुले विवाहका लागि दबाब दिए भनेर । मृतक पक्षका नैनबहादुर लोकचन भन्छन्, ‘भट्टराई र मृतक पहिलेदेखिका मिलनसार साथी र निर्माण सेवा कम्पनीमा समेत पार्टनर थिए । तर पहिलाजस्तो उनीहरुको सम्बन्ध राम्रो थिएन ।
पहिला ती युवतीसँग विवाह नगर्न सुझाउने मान्छे भट्टराई थिए । तर पछि विवाह गर्न दबाब दिनेमध्येका उनै हुन पुगे । यस विषयमा हामीलाई थुप्रैखाले आशंका छ । मृतककी आमा हिमकुमारी बुढाथोकीले विवाहका लागि पटक–पटक दबाब दिँदै आएको बताइन् । उनले भनिन्, ‘विवाह नगरे मेरो छोरालाई ज्यान मार्ने सम्मको धम्की दिएको थियो । त्यसका बाबजुद पनि छोराले बिहे गर्न मानेकै थिएन । उनले थपिन्, ‘मेरो छोराले आफैँ ज्यान हालेकै होइन, कसैले ज्यान लिएको हामीलाई आशंका छ ।’ उनीसहित मृतकको आफन्तले यतिका दिनदेखि सञ्चारमाध्यममा समेत यो घटना गुपचुप पारिएको गुनासो गरे । बुढाथोकी र भट्टराई सुशीला निर्माण सेवा प्रा.लि. संयुक्त रुपमा सञ्चालन गरी ठेक्कापट्टा गर्दै आइरहेका थिए । मृतक बुढाथोकीको पुख्र्यौली घर बाग्लुङ्गको बुर्तिबाङ्ग हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जुवा खेल्नेहरु प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यलयले जुवा खेल्दै गरेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । सदरमुकाम चैनपुरमा रहेको...

तेल बोक्ने ट्यांकर चालक र हेल्परले आजदेखि काम नगर्ने

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै आज आइतबारदेखि आन्दोलनलाई...

दुई हजार तीन सय ४५ भूकम्पपीडित थपिए

भूकम्पपीडितको संख्या फेरि थप भएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मङ्सिर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै