logo

तातोपानी नाका सञ्चालनको पहल गर्न माग

काठमाण्डौं, असार ३
तातोपानी नाका सञ्चालनको लागि चीन सरकारसँग पहल गर्न स्थानीय सरोकारवालाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र बाह्रबीसे नगरपालिकाको संयुक्त प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री ओलीलाई भेटी नाका सञ्चालन गर्न पहल गर्न आग्रह गरेका हुन् । भूकम्प, बाढीपहिरोको कारण तातोपानी नाकामा पर्ने लार्चा पुलमा क्षति पुगेपछि तातोपानी नाका सञ्चालन बन्द भएको छ । तातोपानी नाका बन्द हुँदा राज्यले वार्षिक छ सय करोडको राजस्व गुमाउनुपरेको छ । राजस्वसँगै नाकामा निर्भर रहेका स्थानीयको जनजीवन समेत प्रभावित बनेको सरोकारवालाहरुको भनाइ छ । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा उक्त नाका सञ्चालनबारे कुरा उठाउन उनीहरुले प्रधानमन्त्री ओलीसँग माग गरेका हुन् । चिनियाँ सरकारको तर्फबाट सुख्खा बन्दरगाह निर्माणले तीव्रता पाइसकेको र चिनियाँ सरकारले तातोपानी नाकामा रहेको मितेरी पुल निर्माण गर्ने समेत बताइसकेको अवस्थामा नेपाल सरकारको तर्फबाट पनि अरनिको राजमार्गको स्तरोन्नति गराउने विषयलाई प्राथमिकताको साथमा राख्न प्रतिनिधिमण्डलले सरकारसँग माग समेत गरेको छ ।
प्रतिनिधिमण्डलले नाकाको मितेरी पुल निर्माणसम्पन्न गर्न दुई वर्ष लाग्ने भएकोले अस्थायी पुल निर्माण गरी नाका सञ्चालन गर्न माग गरेको हो । उनीहरुले सिन्धुपाल्चोक जिल्लामा कृषिजन्य वस्तुको उत्पादन वृद्धि हुँदै गएकोले उक्त उत्पादित वस्तुहरु चिनियाँ बजारमा निर्यातको व्यवस्था मिलाउन सहयोग गरिदिन सरकारसँग आग्रह गरेका छन् । रसुवा–केरुङ नाकाबाट सञ्चालन भइरहेका व्यावसायिक कार्यहरुका विभिन्न कठिनाइ भएको भन्दै उनीहरुले उक्त समस्या समाधान गर्नको लागि सवारीधनी तथा चालक प्रवेश पासको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जुवा खेल्नेहरु प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यलयले जुवा खेल्दै गरेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । सदरमुकाम चैनपुरमा रहेको...

तेल बोक्ने ट्यांकर चालक र हेल्परले आजदेखि काम नगर्ने

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै आज आइतबारदेखि आन्दोलनलाई...

दुई हजार तीन सय ४५ भूकम्पपीडित थपिए

भूकम्पपीडितको संख्या फेरि थप भएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मङ्सिर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै