logo

न्यायाधीशप्रति कानुनमन्त्री तामाङ असन्तुष्ट

काठमाण्डौं, असार १
बेरोजगारीको मौका छोप्दै अत्याधिक शुल्क असुली गरी ठगी धन्दा चलाउँदै आएका म्यानपावर सञ्चालक राम श्रेष्ठलाई धरौटीमा अदालतले छुटाएपछि कानुनमन्त्री शेरबहादुर तामाङले असन्तुष्टि व्यक्त गरेका छन् । विदेश जाने नेपाली कामदारबाट अवैध रुपमा तीन अर्ब रुपैयाँभन्दाबढी ठगी गरेको अभियोगमा मुद्दा खेपिरहेका अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले १० लाख धरौटीमा रिहा गरेपछि कानुनमन्त्री तामाङले चासो व्यक्त गर्दै सोबारे छानबिन समेत गर्ने तयारी मन्त्रालयले गरेको छ । अवैध रुपमा कामदारबाट रकम असुल गर्ने भीएलएन नेपालका राम श्रेष्ठविरुद्ध दुई अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो र सोहीबराबरको जरिवाना तथा पाँच वर्ष कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । न्यायाधीश अमृतबहादुर बस्नेतको एकल इजलासमा दुई दिनको बहसपछि १० लाख धरौटीमा छाड्न आदेश दिइएसँगै श्रेष्ठलाई छोडिएको थियो । धरौटी बुझाएर छुटेलगत्तै प्रहरीले अर्को मुद्दामा उनलाई पक्राउ गरेको छ । श्रेष्ठविरुद्ध ललितपुर प्रहरीमा पनि ठगीको उजुरी दर्ता भएको थियो । न्यायाधीश बस्नेतको आदेश अस्वाभाविक देखिएको भन्दै कानुनमन्त्री तामाङले चासो व्यक्त गरेकाहुन् । सरकार आफैंले पहल लिएको मुद्दामा जिल्ला न्यायाधीशले उन्मुक्ति दिन खोजेको आरोप लाग्दै आएको छ । यसअघि बायोमेट्रिक सञ्चालक देवान राईविरुद्ध दुई करोड १४ लाख बिगो दाबी गरिएकोमा अदालतले ५१ लाख रुपैयाँ धरौटी मागेको थियो । तर, करिब तीन अर्ब ठगीका अभियुक्तलाई १० लाख धरौटीमा छाड्न आदेश दिनु शंकास्पद भएको मन्त्री तामाङको भनाइ रहेको छ । भीएलएनका सञ्चालक श्रेष्ठको पक्षमा प्रधानन्यायाधीशमा सिफारिस भएका दिपकराज जोशीका छोरासहित केही बिचौलिया सक्रिय भएका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या

आवश्यक जनशक्ति नहुँदा स्थानीय तहका न्यायिक समितिले उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनन् । नयाँ...

निःशुल्क आँखा शिविर

एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण...

एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै