logo

विमानस्थल निर्माणका लागि सामान आउन थाल्यो

पोखरा, जेठ ३१
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ ।निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेकामा १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङतर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले बताए । उनका अनुसार अन्य १२ वटा टिपर र दुईवटा पानी ट्याङ्कर चिनियाँ भन्सार कार्यालयबाट नेपाल आउने प्रक्रियामा छन् । विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारीसाधन केरुङ आइसकेको बताउँदै उनले ती सामग्री पनि केही दिनमा नै प्रक्रिया पु-याएर नेपाल ल्याइने बताए । चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट एक्जिम बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेकामा सन् २०२१ जुलाई १० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोे छ । चिनियाँ निर्माण कम्पनीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आठ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको विमानस्थल निर्माण आयोजना कार्यालयका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । चिनियाँ निर्माण कम्पनीमार्फत निर्माणको काम अघि बढिरहेको जानकारी दिँदै कम्पनीका इन्जिनियर अभिषेक उलकले निर्माण सामग्री नेपाल चीनबीचको नाका रसुवागढीबाट आउने क्रममा रहेको जानकारी दिँदै सामान केही दिनमा पोखरा आइसक्ने बताए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेकोे विमानस्थल २०७३ वैशाख १ गते शिलान्यास गरिएको थियो । चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान बीचको सम्झौताअनुसार इपिसी इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।
चार दशकअघि पोखरा लेखनाथ महानगरपालिकाको १४, १५ र १८ वडा को तीन हजार १०६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएकामा त्यसले नपुगेपछि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पोखरेली जनताले लामो समयदेखि गरेको संघर्षको उपलब्धिस्वरुप निर्माण प्रक्रिया अघि बढेकामा विज्ञ समूहको नाममा पोखरा विमानस्थल निर्माणमा हालै जारी प्रतिवेदनले विमानस्थल निर्माण सम्बन्धमा अन्योल सिर्जना गरेको थियो । प्रतिवेदनका सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघसहित विभिन्न राजनीतिक दलबाट त्यसको विरोध गरिएको थियो । विमानस्थल निर्माणको काम नै सञ्चालन भइरहेको बताउने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे सरकार आफैँले ऋण लिएर काम गरेको र धेरै काम बढिसकेका अवस्थामा निर्माण प्रभावित हुन्छ कि भनेर अलमलमा पर्न नहुने बताए । निर्माणको काम बढिरहेको र निर्माण सामग्री आउने क्रम पनि बढिरहेको उल्लेख गर्दै उनले निर्माण कार्य समयमा नै सकिने धारणा व्यक्त गरे । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पोखरासहित समग्र प्रदेश नं ४ र राष्ट्रकै समृद्धिका लागि महत्वपूर्ण बन्ने विश्वास गरिएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कागेश्वरी मनोहरालाई स्वच्छ बनाउन वृक्षरोपण अभियान

‘स्वच्छ, सफा, हराभरा, बनाऔँ कागेश्वरी मनोहरा’ भन्ने नाराका साथ कागेश्वरी मनोहरा नगरपालिकाको तीन वडामा बिरुवा...

सञ्चार सम्बन्धी अभ्यास : सम्पन्न

नेपाली सेना र मित्र राष्ट्र अमेरिकी सेनाकोे संयुक्त आयोजनामा मिति २०७५/४/२१ गतेबाट होटल याक एण्ड यतिमा २० (बीस)...

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

नेपाल कम्युनिष्ट पार्टी नेकपा को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै