logo
565 x 90 pixel-01.png

हाइब्रिड धानमा समस्या

ललितपुर, जेठ ३१
धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानमा विभिन्न समस्या आउँदा किसान हैरान छन् । छिमेकी मुलुकबाट भित्रने हाइब्रिड धानको बीउ यहाँको हावापानी र माटो अनुकूल नहुँदा बर्षेनी फरक–फरक समस्या आउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको कृषि विज्ञान महाशाखाले जनाएको छ । एक वर्ष बोट राम्रो भएर उत्पादन दिएको जात किसानले अर्को वर्ष पनि एग्रोभेटबाट किन्ने गरेका छन् । एक वर्ष पर्याप्त उत्पादन दिने धानको जातले अर्को वर्ष नदिन सक्ने महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउछन् । “अरू मुलुकबाट आयातित धानको बीउ यहाँका लागि सुहाउँदो नहुन सक्छ,” उनले भने, “समस्या आउन नदिन किसानले राम्रोसँग बुझेर मात्रै धानको बीउ खरिद गर्नुपर्छ ।” नार्क अन्तर्गतको धान अनुसन्धान कार्यक्रम, हर्दिनाथ र महाशाखाले धानका विभिन्न जातको अनुसन्धान गरेर पर्याप्त उत्पादन लिन सकिने बीउ सिफारिश गरिरेहको छ । हर्दिनाथले तराईका लागि एक/दुई वटा हाइब्रिड जात सिफारिश गरेको छ । उन्नत बीउभन्दा हाइब्रिड चार/पाँच गुणासम्म महँगो पर्छ । पराजुली भन्छन्, “पर्याप्त उत्पादन लिनका लागि महँगो तिर्ने तर उत्पादन कम हुँदा किसान हैरान हुन्छन् ।” हाइब्रिड जात वर्षेनी फेरिरहनुपर्ने हुँदा किसानले बुझेर मात्रै किन्नुपर्ने उनको सुझाव छ । केही वर्षयता उन्नत र हाइब्रिडको प्रयोग बढ्दा स्थानीय जात लोप हुँदै गएका छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याउ बगैँचा व्यवस्थापनमा कृषक

जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्न थालिएको छ । यहाँ हिउ परेपछि पुस अन्तिम सातादेखि...

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

नेपाली भूमिमा आमदानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा...

मकवानपुरमा दूध कारोबार बढ्दै

मकवानपुरमा वर्षेनी दूधको उत्पादनमा वृद्धि हुँदै गएको छ । कृषकले पशुपालन व्यवसायलाई जोड दिन थालेपछि दूध...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै