logo

राससकर्मी दर्नाललाई ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौँ, जेठ ३१
पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित हुन सफल पत्रकार दर्नालले बालबालिकाको क्षेत्रमा पु-याएको अतुलनीय योगदानको कदरस्वरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यहाँ आज आयोजित एक समारोहमा सो पुरस्कार प्रदान गरिन । पत्रकार दर्नाल विगत नौ वर्षदेखि राष्ट्रिय समाचार समिति राससमा आबद्ध छन् । पुरस्कार छनोटका लागि गठित छनोट समितिले बालबालिका सम्बन्धी सामग्रीको प्रस्तुति, भाषा, विषयवस्तु छनोट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई आधार बनाएर मूल्याङ्कन गरी छापामाध्यमतर्फ राष्ट्रिय समाचार समितिमा रासस कर्मी दर्नाल रासस–उपत्यका लाई छनोट गरी सो पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गरिएको सो पुरस्कारको राशि रु २५ हजार रहेको छ । त्यसैगरी पुरस्कार रेडियोतर्फ रमेश दुलाल रेडियो कान्तिपुर–उपत्यका र मनकुमारी पुलामी रेडियो सिद्धबाबा–मोफसल, सिन्धुली, छापामाध्यमतर्फ निमेन्द्र शाही राजधानी दैनिक–मोफसल, बाजुरालाई प्रदान गरिएको छ । टेलिभिजनतर्फ रेणुका आचार्य नेपाल वातावरण पत्रकार समूह–उपत्यका र अमृता अनमोल कान्तिपुर मिडिया–मोफसल, रुपन्देही र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की नेपाल वातावरण पत्रकार समूह र गीता चिमोरिया सिआइएन लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । त्यसैगरी यो वर्षको ‘साहसिक पत्रकार महिला पुरस्कार’ सगरमाथा आरोही राससकर्मी रोशा बस्नेत र पत्रकारहरु प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य, डोल्मा शेर्पा, पूर्णिमा श्रेष्ठ र देउराली चाम्लिङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एकमुस्ट रु एक लाख २० हजार रहेको छ ।
सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजमा पछाडि पारिएका समुदायको विषयमा प्राथमिकताका साथ आमसञ्चारमाध्यममा प्रकाशन/प्रसारण गर्नुपर्नेमा जोड दिइन् । मन्त्री थापाले भनिन, “समाजमा महिला, बालबालिका र ज्येष्ठ नागरिकलगायत समाजका कमजोर वर्गका बारेमा कलम चलाउनु आजको आवश्यकता हो ।” नेपाल पत्रकार महासंघका अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक गोविन्द आचार्यले विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारितालगायतका विषयलाई प्राथमिकतामा राखेर निष्पक्षरुपमा पुरस्कारको छनोट गरिएको बताए । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले निरन्तररुपमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा कमल चलाउने पत्रकारहरुलाई परस्कारका लागि छनोट गरिएको जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उपयुक्त समयमा नेपाल भ्रमण – चिनियाँ राष्ट्रपति

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी...

न्यून आय भएका दलित तथा एकल महिलालाई तालीम

पछिल्लो समय काठमाडौँ महानगरपालिकाले न्यून आय भएका, दलित महिलालाई सशक्त बनाउन विभिन्न किसिमका उद्यमशील तालीम...

सप्तकोशीमा ट्रक खस्दा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै