logo

‘सिधा प्रश्न’ कार्यक्रममा प्रश्न सोधेकै आधारमा थापालाई हटाएकोमा महासंघको ध्यानाकर्षण

काठमाण्डौं, जेठ ३१
नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक अन्तर्वार्तामूलक कार्यक्रममा कार्यक्रम प्रस्तोता राजु थापाले प्रश्न सोधेकै आधारमा कार्यक्रम नै बन्द गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।हरेक शनिबार राति ८ः४५ मा प्रसारण हुने उक्त कार्यक्रमअन्तर्गत गत शनिबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रस्तोता थापाले मन्त्रीसँग सम्पत्ति विवरणका सम्बन्धमा प्रश्न सोधेपछि मन्त्रीकै प्रत्यक्ष निर्देशनमा उक्त कार्यक्रम बन्द गराइएको छ । प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ । महासंघ सरकारले नीति तथा कार्यक्रममा आफूले सञ्चारमाध्यम सञ्चालन नगर्ने प्रतिबद्धता गरेको स्मरण गराउन चाहेको भन्दै महासंघले लोकतन्त्रमा प्रश्न सोध्ने र आफ्नो कुरा राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको बताएको छ । ‘सञ्चारजगत्को हकहितको जिम्मेवारी लिनुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाटै प्रेसलाई हतोत्साहित बनाउने गरी भएको घटनाप्रति महासंघ खेद व्यक्त गर्दछ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘तत्काल कार्यक्रम सुचारु गराई संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विद्यालयको भवनमा बैंक, टहरोमा विद्यार्थी

दोलखाको मेलुङ गाउँपालिकाको एक विद्यालयले पक्की भवन बैंकलाई भाडामा दिएर जस्ताको टहरोमा विद्यार्थीलाई पठन–पाठन...

२७ वर्षको उमेरमा छैठौं विवाह ६६ वर्षका वृद्धसँग !

गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्ला दुवानेटाका बासिन्दाले अनौठो विवाह देख्न पाएका छन् । एक छोरी, तीन जिल्लाकी...

अर्थको पत्रविरुद्ध प्रहरीको पत्र

अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रले सुरक्षा निकायभित्र द्विविधा उत्पन्न गराइदिएको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै