logo

पैसा बचाउने योजनामा रिनल्ट–मित्सुबिसी सम्झौता

पेरिस, जेठ ३१
रिलन्ट र मित्सुबिसीको बीचमा भएको सम्झौतापछि उनीहरुको आर्थिक अवस्थामा एक वर्षको अवधिमा उल्लेख्य सुधार आएको विवरणले देखाएको छ । कारको उत्पादन तथा व्यापारमा विस्तारको लागि संयुक्तरुपमा व्यापारिक कारोबार सुरु गरेका कम्पनीहरुले आफ्नो आर्थिक क्षेत्रमा अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतको महत्वपूर्ण सुधारको नतिजा हासिल गरेका हुन् । दुई कम्पनीहरुले सन् २०१७ मा छ अर्ब ६९ करोड अमेरिकी डलरबराबरको रकम बचत गरेको विवरणमा देखिएको हो । यो नतिजा अघिल्लो वर्ष केही कमजोर अवस्थामा रहेको थियो । बुधबार सार्वजनिक गरिएको विवरणले उक्त दुई कम्पनीहरु आर्थिक हिसाबमा पनि बलियो अवस्थामा रहेको देखिएको हो । दुई कम्पनीहरुले आफूहरुको बीचको आर्थिक सुधारको लागि सन् २०२२ सम्मको एक महत्वपूर्ण मार्ग तय गरेका थिए । सोही मार्गअनुसार नै कम्पनीहरुले आर्थिक बचतको काम पनि गरिरहेका छन् । संयुक्त कम्पनीले दिएको जानकारीअनुसार अहिले कम्पनीको आर्थिक लय पनि सम्झौताअनुसारको लक्ष्य हासिलमा उन्मुख रहेको छ । सन् २०२२ सम्मको अवधिमा उनीहरुको बीचमा १० अर्ब युरोबराबरको रकम बचत हुनुपर्नेछ । अहिलेको नतिजाले भने कम्पनीहरुले सो अवधिभन्दा पनि केही अगाडि नै यो लक्ष्य हासिल गर्नसक्ने देखिएको हो ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिंगापुरको आन्तरिक व्यापार बढ्यो

सिंगापुरको तेलबाहेकको आन्तरिक व्यापारमा उल्लेख्य सुधार आएको विवरण सार्वजनिक भएको छ...

विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित : संयुक्त राष्ट्रसंघ

विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति...

तेलको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सोमबार केही गिरावट आएको विवरण सार्वजनिक भएको छ । पछिल्लो समय...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै