logo

एटीएण्डटीको सम्झौता पारित

वासिड.टन, जेठ ३१
अमेरिकाको एक जिल्ला अदालतले टेलिकम सेवा प्रदायक कम्पनी एटीएण्डटी र मिडिया कम्पनी टाइम वार्नरको बीचको सम्झौता पारित गरिदिएको छ । यसअघि सरकारी नियामकहरुले कम्पनीको यो सम्झौतामा केही खराबीहरु रहेको देखाएका भए पनि अदालतले यो सम्झौता पारित गरिदिएको हो । यसअघि एटीएण्डटी कम्पनीको यो सम्झौताले टेलिभिजनको बजारमा प्रतिस्पर्धाको नियमको उल्लंघन गर्नसक्ने भन्दै मुद्दा दायर गरिएको थियो । यो सम्झौतामा कुनै किसिमको खराबी नरहेको भन्दै अदतलले कुनै पनि अवरोध नराखी सम्झौता पारित गराउनको लागि अदालतले निर्देशन दिएको हो । अहिलेको निर्देशनले अन्य मर्जर तथा खरिदको कार्यमा पनि असर गर्नसक्ने अधिकारीहरुको भनाइ रहेको छ । अहिले बसेको नजिरले अन्य सम्झौताहरुलाई पन काम गर्नसक्ने बताइएको हो । अमेरिकामा डोनाल्ड ट्रम्प आएसँगै यस किसिमका योजनाहरुमा पर्याप्त मात्रामा बहसहरु पनि भइरहेका छन् । साथै व्यापारिक सम्झौताहरु रोकिएका पनि छन् । ट्रम्पको आगमनले अमेरिकाका प्रमुख व्यापारिक सम्झौताहरु रोकिने तथा बाहिरी कम्पनीहरुलाई मुलुकमा कडाइ गर्ने गरिएसँगै यो सम्झौता पनि केही मात्रामा प्रभावित बन्न पुगेको थियो । अघिल्लो वर्ष फक्स र डिस्ने कम्पनीको बीचमा भएको सम्झौता अमेरिकाले रोकेको थियो । अमेरिकाले सुरक्षाको कारण देखाउँदै सो सम्झौता रोकेको थियो । यो सम्झौता रोकिएसँगै एटी एण्ड टी कम्पनीको सम्झौता पनि सोही अनुसार नै रोकिने अनुमान भने गरिएको थियो ।
अमेरिकाको अदालतले निर्णय १८ महिनाभन्दा पनि लामो समयपछि आएको हो । यो सम्झौता सन् २०१६ मा घोषणा गरिएको थियो । उक्त समयमा यो सम्झौताको समग्र मूल्य ८५ अर्ब अमेरिकी डलरबराबरको रहेको थियो । एटी एण्ड टीका लागि अहिले अघि सारिएको योजना वायरलेस सेवा, टेलिभिजन र इन्टरनेट विस्तारको लागि महत्वपूर्ण हुने विश्लेषकहरुले बताएका थिए । एटी एण्ड टी का अधिकारीहरुले दिएको जानकारीअनुसार यो प्रक्रिया अबको केही समयमा नै पूरा हुनेछ । यो सम्झौता पारित हुनको लागि लामो समय लागेको भए पनि अबको दिनमा भने धेरै समय यो सम्झौताले नलिने उनीहरुले बताएका हुन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिंगापुरको आन्तरिक व्यापार बढ्यो

सिंगापुरको तेलबाहेकको आन्तरिक व्यापारमा उल्लेख्य सुधार आएको विवरण सार्वजनिक भएको छ...

विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित : संयुक्त राष्ट्रसंघ

विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति...

तेलको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सोमबार केही गिरावट आएको विवरण सार्वजनिक भएको छ । पछिल्लो समय...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै